Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सो विशेष रेल सेवाको उद्घाटन गर्नेगरी तयारी भइरहेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए । “प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा उक्त विशेष रेल सेवाको उद्घाटन गर्ने गरी हामी तयारीमा जुटेका छौँ”, प्रबन्ध सञ्चालक पराजुलीले भने, “यस विषयमा नेपाल र भारतका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच विभिन्न चरणमा छलफल भइरहेको छ ।” उद्घाटनको मिति तय नभए पनि प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा रेल सेवा उद्घाटन गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्री शाहले मङ्सिर ६ गतेदेखि भारत भ्रमण गर्ने तयारी छ । जनकपुरधामबाट अयोध्यासम्म रामायण सर्किटअन्तर्गत विशेष रेल सेवा सञ्चालन गर्न आवश्यक पूर्वतयारीका विषयमा छलफल भइरहेको प्रबन्ध सञ्चालक पराजुलीले बताए। नेपालतर्फको रेलखण्डमा नेपाली सुरक्षा निकाय तथा भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु र रेल सुरक्षाको जिम्मेवारी लिने विषयमा सैद्धान्तिक सहमति भएको छ । केही दिनअघि नेपाल र भारतका रेल्वे सेवा, सुरक्षा, भन्सार तथा अध्यागमनका अधिकारीको टोलीले विशेष निरीक्षण यानमार्फत जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षण गरेका थिए । जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालनमा आएपछि दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ हुनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्यालाई प्रत्यक्ष रेल सेवामार्फत जोडिएपछि रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमन थप सहज हुने विश्वास गरिएको जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जीतेन्द्र महासेठले बताए। विशेष रेल सेवा सञ्चालनले नेपाल र भारतका धार्मिक तथा सांस्कृतिक गन्तव्यबीचको पर्यटन प्रवर्द्धनसँगै स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने छ । हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

जनकपुर बोल्ट्सका विकेट र छक्काले छात्राको शिक्षाका लागि जुट्यो २८ हजार
ताजा खबरJust now

जनकपुर बोल्ट्सका विकेट र छक्काले छात्राको शिक्षाका लागि जुट्यो २८ हजार

काठमाडौं । क्रिकेटको मैदानमा प्राप्त हुने उपलब्धिलाई छात्राहरूको शैक्षिक भविष्यसँग जोड्ने उद्देश्यसहित सञ्चालनमा आएको ‘सिक्सेस फर हर फ्युचर’ अभियानले जनकपुर बोल्ट्सको पहिलो खेलबाटै २८ हजार रुपैयाँ संकलन गरेको छ। जनकपुर बोल्ट्सकी युवा एम्बेसडर डा. सरीषा श्रेष्ठको नेतृत्वमा अघि बढाइएको यस अभियानमा आर्क्स ग्रुप सहयोगी प्रायोजकका रूपमा जोडिएको छ। आर्क्स ग्रुपको तर्फबाट अभियानका लागि प्रारम्भिक १ लाख ५० हजार रुपैयाँको शैक्षिक सहयोग ...

कर्पोरट खबर
मधेसमा मिर्गौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु
ताजा खबरJust now

मधेसमा मिर्गौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मधेश प्रदेशमा मिर्गौला उपचार केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरमा केन्द्र निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन शहरी विकास तथा भवन निर्माण विभागलाई पत्राचार गरेको हो। चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत एकीकृत स्वास्थ्य पूर्वा... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play