जनकपुरदेखि अयोध्यासम्म चल्ने भयो विशेष रेल, प्रधानमन्त्रीको भारत भ्रमणमा उद्घाटनको तयारी

जनकपुरधाम । जनकपुरधामदेखि भारतको धार्मिक नगरी अयोध्यासम्म विशेष रेल सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्ने तयारी गरिएको छ। नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार रेल सेवा सञ्चालनका लागि दुवै देशका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच विभिन्न चरणमा छलफल भइरहेको छ। प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा रेल सेवा उद्घाटन गर्ने गरी तयारी भइरहेको भए पनि मिति भने तय भइसकेको छैन। प्रधानमन्त्री शाहले मंसिर ६ गतेदेखि भारत भ्रमण गर्ने तयारी छ। रामायण सर्किटअन्तर्गत जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल सेवा सञ्चालन गर्न आवश्यक पूर्वतयारीबारे छलफल भइरहेको प्रबन्ध सञ्चालक पराजुलीले बताए। उनका अनुसार नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु तथा रेलको सुरक्षाको जिम्मेवारी लिने विषयमा सैद्धान्तिक सहमति भएको छ। केही दिनअघि नेपाल र भारतका रेल्वे सेवा, सुरक्षा, भन्सार तथा अध्यागमन अधिकारीहरूको टोलीले विशेष निरीक्षण यानमार्फत जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षणसमेत गरेको थियो। जनकपुरधाम र अयोध्यालाई प्रत्यक्ष रेल सेवामार्फत जोड्दा दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ हुनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्याबीच रेल सेवा सञ्चालन हुँदा रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमन सहज हुने जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जीतेन्द्र महासेठले बताए। उनका अनुसार यसले नेपाल र भारतका धार्मिक तथा सांस्कृतिक गन्तव्यबीच पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउनसमेत सहयोग पुर्याउनेछ। हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

एनप्याब्सनलाई सरकारले गर्यो निलम्बन
सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)लाई निलम्बन गरेको छ। शुक्रबार गृह मन्त्रालयले सूचना जारी गरी एनप्याब्सनलाई निलम्बन गरिएको जनाएको छ। गृहले भनेको छ, ‘राष्ट्रिय निर्देशन ऐन, २०१८ दफा ५ बमोजिमको निर्देशन पालना नगरेकाले ऐ. ऐनको दफा ६ को उपदफा (२) बमोजिम राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाललाई अर्को निर्णय ... ...

सरकारी निर्देशन अवज्ञा गरेको भन्दै सरकारले एनप्याब्सनलाई गर्यो निलम्बन
काठमाण्डु– सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ । गृह मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम दिएको निर्देशन पटक–पटक पालना नगरेको भन्दै एनप्याब्सनलाई निलम्बन गरेको जनाएको छ । मन्त्रालयका अनुसार एनप्याब्सनका पदाधिकारीबाट नेपाल सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीतका गतिविधिसमेत भएको देखिएको छ । […] ...

नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घट्यो
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घटेर दुई हजार ६९० दशमलव १५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५४ अङ्कले घटेर ४८७ दशमलव ६६ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ३६ अङ्कले ...

बजारमा ७ महिनायताकै उच्च कारोबार, विकास बैंक समूहको परिसूचक सर्वाधिक १.६१ प्रतिशतले बढ्यो
• नेप्से परिसूचक ५.४५ अंकले घटेर २,६९०.१५ विन्दुमा पुगेको छ, जसमा १०२ कम्पनीको शेयर मूल्य बढेको र १६९ कम्पनीको घटेको छ। • विकास बैंक समूहको परिसूचक १.६१ प्रतिशतले बढेको छ, जबकि बैंकिङ, फाइनान्स र अन्य समूहका परिसूचक घटेका छन्। • लुम्बिनी विकास बैंकको ५५० रूपैयाँमा ३८ करोड ४८ लाखको कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा ७ प्रतिशतले बढेको हो। ...


