जनकपुरको राजदेवी माताको भाकल पूरा गर्न १४ हजार ८९१ बोका बलि

जनकपुरधाम । जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा बोका बलि चढाइएको छ । बडादसैँ पर्वअन्तर्गत महाअष्टमीको अवसरमा आइतबार रातिदेखि आज बिहानसम्म १४ हजार ८९१ वटा बोका बलि दिएको हो । महावीर युवा कमिटी जनकपुरधामका अध्यक्ष दीपककुमार साहका अनुसार राजदेवी माताप्रति आस्था राख्ने श्रद्धालु भक्तजनले धार्मिक परम्पराअनुसार एवं भाकल गरेकाहरूले बोका बलि प्रदान गरेका हुन् । बोका बलि दिने कामलाई व्यवस्थित बनाउन सो युवा कमिटीले मन्दिर परिसरमा चार स्थानमा बलि दिन सकिने व्यवस्था मिलाएको थियो । अघिल्लो वर्ष २०८२ सालको विजयादशमीमा १४ हजार ९०३ वटा बोका बलि प्रदान गरिएको थियो । बोका बलि सुरु हुनुअघि राममन्दिरका पुजारी महन्तराम गिरीले निशा पूजा गरेका थिए । महाअष्टमीको रात राजदेवी मन्दिर माताको दर्शन तथा पूजाआजाका लागि भारतबाट पनि श्रद्धालुहरु आउने गरेको अध्यक्ष साहले जानकारी दिए । मन्दिरमा दर्शनार्थीको चाप बढ्ने भएकाले भक्तजनलाई सहज रूपमा पूजाआजा र दर्शन गर्ने वातावरण मिलाउन आवश्यक तयारी गरिएको अध्यक्ष साहले बताए । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले चाडपर्वका बेला हुने भीडभाड व्यवस्थापन तथा सुरक्षा अवस्थालाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिए । उनका अनुसार चाडपर्वलाई ध्यानमा राखेर लामो दूरीका सवारीसाधनमा जाँच, नियमित गस्ती तथा बैङ्क एवं वित्तीय संस्था, सुनचाँदी पसल र मोटरसाइकल चोरी नियन्त्रणका लागि जिल्लाभर विशेष सुरक्षा कार्ययोजना लागू गरिएको छ । यस वर्षको बडादसैँमा धनुषा जिल्लामा ७० वटा पिकेट, ४६ वटा पैदल गस्ती, सातवटा बजार अनुगमन टोली, सातवटा विशेष अपरेसन टोली, १५ वटा विपद् प्रतिकार्य टोली तथा १३ वटा गाडी र मोबाइल टोली परिचालन गरिएको प्रहरी प्रमुख खड्काले जानकारी दिए ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

बाढीले झनै अन्योलमा धकेलियो बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया
२०४० सालमै पूर्वसम्भाव्यता अध्ययन सकिएको बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अझै अघि बढ्न सकेको छैन । स्रोत अभावले रोकिएको आयोजनामा असोज २५ गतेको बाढीले थप अन्योल सिर्जना गरेको छ । ...

महानवमीमा मात्र खुला हुने तलेजु भवानी मन्दिर, भोलि बिहान ५ बजेदेखि दर्शन गर्न पाइने
काठमाण्डु – विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर कात्तिक ३ गते मंगलबार बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिने भएको छ । मन्दिर प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र सर्वसाधारण भक्तजनका लागि खुला गरिने परम्परा रही आएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाले सोमबार आयोजना गरेको सरोकार भएका […] ...

दसैं बिदा नलिई सेवामा सक्रिय दमकल, एम्बुलेन्स र स्वास्थ्य क्षेत्रका कर्मचारी
दसैंमा सरकारी कार्यालय बन्द भए पनि आगलागी, दुर्घटना र बिरामीको उपचारजस्ता अत्यावश्यक सेवा नियमित सञ्चालनमा छन् । परिवारसँग चाडपर्व मनाउने रहर थाती राखेर दमकल, एम्बुलेन्स, रक्तसञ्चार सेवा र अस्पतालका कर्मचारी सेवामा खटिएका छन् । ...

ओमानविरुद्ध नेपाल १० रनले विजयी
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत ओमानविरुद्ध नेपालले १० रनको जित निकालेको छ। जारी शृङ्खलामा नेपालको यो तेस्रो जित हो। ओमानको अल अमेरतस्थित क्रिकेट मैदान (मिनिस्ट्री टर्फ १) मा टस जितेर ब्याटिङ रोजेको नेपालले दिएको ओमान सामू २८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। ओमानले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो। ओम... ...


