जडीबुटी उद्यान अवलोकन गर्न तनहुँको झांगाझोली

दमौली (तनहुँ) । शान्त वातावरण, परिवारको साथ अनि रमाइलो वातावरण, यी सबै एकै ठाउँमा खोज्दै हुनुहुन्छ? त्यसो हो भने तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झांगाझोली तपाईँको घुमफिरको सूचीमा पर्न सक्छ । प्राकृतिक सौन्दर्य, बाल उद्यान, जडीबुटीको अवलोकन, स्वादिला परिकार र आरामदायी बसाइको सुविधाले झांगाझोली पारिवारिक घुमफिरको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ । बालबालिकालाई खेलाउने, प्रकृतिसँग रमाउने र परिवारका सदस्यसँग अविस्मरणीय समय बिताउने चाहना राख्नेहरूका लागि झांगाझोली उपयुक्त विकल्प बन्न सक्छ । पृथ्वीराजमार्गको खैरेनीटार बजारबाट तीनखोलेदेवी मन्दिर जाने बाटोतर्फ साढे किलोमिटर अगाडि पुगेपछि यहाँ पुग्न सकिन्छ । कालोपत्रे सडक र पार्किङ सुविधाका कारण निजी सवारीसाधनमा परिवारसहित यात्रा गर्न सहज छ । घुमफिरसँगै ज्ञान र मनोरञ्जनझाङ्गाझोलीको मुख्य आकर्षणमध्ये ‘गौरादेवी प्राकृतिक जडीबुटी उद्यान’ एक हो । करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको उद्यानमा दुई सयभन्दा बढी प्रजातिका जडीबुटीका बिरुवा रोपिएका छन् । रुद्राक्ष, तेजपात, श्रीखण्ड, अश्वगन्धा, तुलसी, नीम, टिमुर, कुरिलोलगायत वनस्पतिको अवलोकन गर्न सकिन्छ । बिरुवाको नाम र विवरणसहितका नेमप्लेट राखिएकाले बालबालिकाले घुम्दै नयाँ कुरा सिक्न सक्छन् । जनावरका आकर्षक मूर्ति, ५० भन्दा बढी प्रजातिका फलफूलका बिरुवा, बाल उद्यान र हरियालीले यहाँको आकर्षण थपेका छन् । खोलाको आसपासको शान्त वातावरणमा परिवारसँग बसेर समय बिताउन र तस्बिर खिच्न पनि सकिन्छ । स्थानीय परिकारदेखि पारिवारिक जमघटसम्मघुमफिरसँगै स्वादिलो खानाको आनन्द लिन चाहनेहरूका लागि यहाँ लोकल कुखुरा र कालिजका परिकार उपलब्ध छन् । परिवार तथा आफन्तसँग बसेर खानपिन गर्ने, कुराकानी गर्ने र खुसी साट्ने वातावरणले यहाँको बसाइलाई थप रमाइलो बनाउन सक्ने सञ्चालक उज्वल पौडेलले बताए। जन्मदिन, वैवाहिक वर्षगाँठ तथा अन्य पारिवारिक कार्यक्रमका लागि क्याम्प फायर र कार्यक्रम हलको सुविधा पनि उपलब्ध छ । एकै दिन घुमेर फर्किन वा रात बिताउन चाहनेका लागि वातानुकुलित कोठासमेत छन् । कोठाको शुल्क प्रतिरात दुई हजारदेखि तीन हजार पाँच सय रुपैयाँसम्म रहेको छ । ‘परिवारसँग रमाउन झाङ्गाझोली उपयुक्त गन्तव्य’झाङ्गाझोली एग्रो टुरिजम प्रालिका सञ्चालक पौडेलका अनुसार परिवारसहित घुम्न आउनेहरूका लागि झाङ्गाझोलीमा मनोरञ्जन, प्राकृतिक वातावरण र खानपिनको सुविधा एकै ठाउँमा उपलब्ध छ । उनी भन्छन्, “परिवारका सबै सदस्यसँग समय बिताउने, बालबालिकालाई रमाइलो गराउने र प्रकृतिको आनन्द लिने चाहना सबैको हुन्छ । झाङ्गाझोलीमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मले आ–आफ्नै तरिकाले रमाउन सक्ने वातावरण छ । टाढा जान नभ्याउनेहरूका लागि पनि परिवारसँग एक दिन बिताउन वा रात बसेर रमाइलो गर्न यो राम्रो गन्तव्य बन्न सक्छ ।” उद्यानका सञ्चालक बासुराज दाहालका अनुसार बिदाका दिन यहाँ पाँच सयभन्दा बढी र अन्य दिनमा करिब दुई सय आन्तरिक पर्यटक आउने गरेका छन् । करिब रु एक करोड ५० लाखको लागतमा निर्माण गरिएको जडीबुटी उद्यान तथा अन्य भौतिक संरचनाले क्षेत्रको आकर्षण बढाएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–३, झाँगाझोली निवासी ८९ वर्षीया गौरादेवी दाहालको नाममा स्थापना गरिएको उद्यानलाई जडीबुटी तथा वनस्पति संरक्षणसँगै शैक्षिक अध्ययन र अनुसन्धानको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

पाकिस्तानी खेलाडीलाई नरोक्न पीसीबीसँग एनपीएल कमिटिले थाल्यो पहल
नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) का कारण नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानी खेलाडीहरूको सहभागीता अनिश्चित बनेपछि एनपीएल कमिटिले पहल थालेको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीबीसी) ले पहिल्यै एनओसी दिइसकेका र लिन बाँकी खेलाडीहरुलाई पनि एनपीएलमा सहभागी हुन रोकेपछि नेपाल प्रिमियर लिग कमिटिले पहल गरिरहेको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपा... ...

दशैँ बिदापछि लयमा फर्किँदै काठमाडौंको जनजीवन, सडकमा बढ्यो चहलपहल
काठमाडाैं । दशैँको लामो बिदापछि सरकारी कार्यालय र संस्थाहरू सुचारु भएसँगै काठमाडौं उपत्यकाको जनजीवन फेरि आफ्नो पुरानै लयमा फर्किएको छ । दशैँ मनाउन गाउँ गएका सर्वसाधारणको फिर्ती र सेवाग्राहीहरूको आवतजावतका कारण बिहीबार बिहानैदेखि बानेश्वर, माईतीघर, सिंहदरबार लगायतका प्रमुख चोक र सडकहरूमा सवारीसाधनको चाप बढेको हो । दशैँको टीका र बिदाको अवधिभर सुनसान देखिएका काठमाडौंका सडकहरूमा आज बिहानैदेखि सवारी साधनको लर्को देखिन थालेको ...

खुकुरी प्रहार गरी ४ जनालाई गम्भीर घाइते बनाउने पक्राउ
च्यास्मिटारमा गएराति चार जनालाई खुकुरी प्रहार गर्ने ४३ वर्षीय नइन्द्रकुमार राई सोमबार बिहान पक्राउ परेका छन्। ...

ससुरालीमा धारिलो हतियार प्रहार गर्दा श्रीमतीसहित चारजना घाइते
काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा धारिलो हतियार प्रहारबाट चारजना घाइते भएका छन् ।घाइते हुनेमा तुवाचुङ नगरपालिका–३ की ४० वर्षीया अन्जना राई, ६२ वर्षीया स्यामाउन राई, २५ वर्षीया तेनिना राई र नरेन्द्र राई रहेका छन् । दशैं मान्न ससुराली आएका ४३ वर्षीय नइन्द्रकुमार राईले उनीहरूमाथि आक्रमण गरेको खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले अनलाइनखबरलाई जानकारी दिए । बस्नेतका ...


