Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

जग्गा प्रशासनका सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट सञ्चालन गर्ने प्रधानमन्त्री साहको घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
जग्गा प्रशासनका सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट सञ्चालन गर्ने प्रधानमन्त्री साहको घोषणा
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक १६ । प्रधानमन्त्री बालेन्द्र साहले आगामी एक महिनाभित्र देशका सबै स्थानीय तहबाट जग्गा प्रशासनसम्बन्धी सेवा अनिवार्य रूपमा सञ्चालन गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री साहले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म राज्य र नागरिकबीचको दूरी घटाउनु रहेको बताउनुभएको छ । उहाँले फेसबुक स्ट्याटसमा लेख्नुभएको छ, “संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म भनेकै राज्य र नागरिकबिचको दुरी घटाउनु हो । राज्यका सेवा सुविधा पाउन टाढाका कार्यालयहरूसम्म पुग्नु नभई आवश्यक कार्यालय र तिनका सेवाहरू नागरिकसँग पुग्नु यसको अन्तिम लक्ष्य हो ।” प्रधानमन्त्री साहका अनुसार यही अवधारणालाई आत्मसात् गर्दै सरकारले शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको अभिन्न अङ्गका रूपमा भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने कार्यलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन लागेको हो । नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ ले गरेका व्यवस्थाबमोजिम भूमि प्रशासनका सेवाहरू स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभएको छ । हालसम्म देशका विभिन्न ३३ वटा स्थानीय तहबाट उक्त सेवा सफलतापूर्वक सञ्चालन भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री साहले बाँकी रहेका सम्पूर्ण स्थानीय तहबाट समेत आगामी एक महिनाभित्र अनिवार्य रूपमा भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने निर्णय गरिएको बताउनुभएको छ । उहाँले फेसबुकमा लेख्नुभएको छ, “यस प्रक्रियालाई थप गति दिँदै बाँकी रहेका सम्पूर्ण स्थानीय तहहरूबाट समेत आगामी एक महिनाभित्र भूमि प्रशासनसम्बन्धी सेवा अनिवार्य रूपमा सञ्चालन गर्ने गरी व्यवस्था मिलाउने निर्णय गरिएको छ । यस कार्यमा स्थानीय तहलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउन नेपाल सरकार प्रतिबद्ध छ ।” प्रधानमन्त्री साहले यस पहलबाट स्थानीय तहले भूमि प्रशासनसम्बन्धी आफ्नो संवैधानिक तथा कानुनी अधिकारको पूर्ण प्रयोग गर्न पाउने विश्वास व्यक्त गर्नुभएको छ । त्यस्तै, जग्गासम्बन्धी सेवा लिन नागरिकले टाढा पुग्नुपर्ने बाध्यता अन्त्य हुँदै भूमि प्रशासन तथा नापी कार्यालयका सेवाहरू नागरिकको थप निकट, सरल र सहज हुने उहाँको भनाइ छ । “नागरिकलाई जग्गासम्बन्धी सेवा दिने भूमि प्रशासन तथा नापी कार्यालयहरू नागरिकको थप निकट, सरल र सहज हुनेछन् भने अधिकारलाई केन्द्रमा सीमित गर्ने कानुनी प्रावधानहरू खुकुला हुँदै जानेछन् भन्ने नेपाल सरकारको विश्वास छ,” प्रधानमन्त्री साहले आफ्नो फेसबुक स्ट्याटसमा उल्लेख गर्नुभएको छ । सरकारको यो निर्णय कार्यान्वयनमा आएमा जग्गा नामसारी, दर्ता तथा अन्य भूमि प्रशासनसम्बन्धी सेवा लिन जिल्ला सदरमुकाम वा केन्द्रका कार्यालय धाउनुपर्ने नागरिकको बाध्यता हट्ने छ । ‘गाउँ गाउँमा सिंहदरबार’ भन्ने सङ्घीयताको मूल अवधारणालाई व्यवहारमै उतार्ने सरकारको यो घोषणाको वास्तविक प्रभाव भने आगामी एक महिनाभित्र सबै स्थानीय तहमा सेवा सञ्चालन हुन सके–नसकेको आधारमा मूल्याङ्कन हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बालेनलाई गगनको जवाफ, ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’
PoliticsJust now

बालेनलाई गगनको जवाफ, ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’

काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहलाई लक्षित गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्। प्रधानमन्त्री शाहले राति सामाजिक सञ्जालमार्फत दिएको चेतावनीपूर्ण अभिव्यक्तिपछि थापाले जवाफ फर्काएका हुन्। थापाले बालेनको नाम नलिई साँझ ६ बजेको समय उल्लेख गर्दै ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’, उनले लेखेका छन्। थापाको यो अभिव्यक्तिलाई कांग्रेसको आधिकारिकता विवादसँग जोडेर हेरिएको […] ...

काठमाण्डुपाटी
एनपिएल खेल्न मिलर नोभेम्बर ४ मा नेपाल आउँदै
PoliticsJust now

एनपिएल खेल्न मिलर नोभेम्बर ४ मा नेपाल आउँदै

दक्षिण अफ्रिकाका स्टार ब्याटर डेविड मिलर नेपाल आउने भएका छन् । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ मा कर्णाली याक्सबाट खेल्न उनी नोभेम्बर ४ मा नेपाल आइपुग्ने भएका हुन् । विश्व क्रिकेटका चर्चित तथा विस्फोटक ब्याटर मिलरको आगमनसँगै जारी एनपिएलमा विदेशी स्टार खेलाडीहरूको आकर्षण थप बढ्ने भएको छ । दबाबपूर्ण परिस्थितिमा उत्कृष्ट ब्याटिङ गर्न सक्ने क्षमताका कारण मिलर विश्व क्रिकेटमा एक प्रभावशाली ...

फरकधार
आफ्नै कार्यशैलीका कारण संकटमा पर्न सक्छन् बालेन
PoliticsJust now

आफ्नै कार्यशैलीका कारण संकटमा पर्न सक्छन् बालेन

काठमाण्डु- राजनीतिक यात्राको छोटो अवधिमै देशको कार्यकारी नेतृत्वमा पुगेका प्रधानमन्त्री वालेन्द्र शाह आफ्नै कार्यशैलीका कारण संकटमा पर्न सक्ने विश्लेषण हुन थालेको छ। अपरिपक्व व्यवहार, एकलौटी निर्णय र पार्टीलाई बेवास्ता र नीति-सिद्धान्तलाई नस्वीकार्ने प्रवृत्तिले उनलाई जुनसुकै बेला अप्ठ्यारोमा पर्न सक्ने देखिएको छ। सामाजिक सञ्जालसँगै जनमानसमा लोकप्रिय व्यक्तित्वका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिनाशर्त प्रधानमन्त्री बनाएका बालेनमाथि […] ...

काठमाण्डुपाटी
बालेनको भारत भ्रमणको तयारीका लागि विदेश सचिव मिश्री पर्सि नेपाल आउँदै
PoliticsJust now

बालेनको भारत भ्रमणको तयारीका लागि विदेश सचिव मिश्री पर्सि नेपाल आउँदै

काठमाण्डु– भारतका विदेश सचिव विक्रम मिश्री कात्तिक १८ गते (नोभेम्बर ४) नेपालको दुईदिने औपचारिक भ्रमणमा आउने भएका छन् । नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री नेपाल भ्रमणमा आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उनको भ्रमणबारे जानकारी दिएको हो । भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play