काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ११.९६ प्रतिशत बोनस सेयर र करसहित १३.०३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ । राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीले उक्त दरमा लाभांश पाउनेछन् ।

छिमेक लघुवित्तले घोषणा गर्यो २५ प्रतिशत लाभांश, बोनस र नगद कति ?

Read Complete Original Article
Published originally on आर्थिक न्यूज