Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर गरियो पूजा आराधना

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर गरियो पूजा आराधना
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २९ । छठ पर्वको अवसरमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा आराधना गरिएको छ। काठमाडौं उपत्यकासहित तराई–मधेसका विभिन्न जिल्लाका घाट, नदी तथा तलाउमा व्रतालु र श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति रहेको थियो। छठ पर्वको मुख्य दिन आइतबार व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी विधिपूर्वक पूजा आराधना गरेका हुन्। यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल पनि काठमाडौंको गौरीघाट पुगेर छठी माताको पूजा आराधना गर्नुभएको छ। रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ लगायतका नेताहरूले मधेस झरेर पूजा गर्नु भएको छ । सूर्यदेव र छठी माताको उपासना गरी मनाइने यस पर्वको सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् समापन हुनेछ। चार दिनसम्म मनाइने छठ पर्वमा सूर्यलाई अर्घ्य अर्पण गर्दै परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्ने धार्मिक परम्परा छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा
PoliticsJust now

उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा

ललितपुर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वको मुख्य दिन आज साँझ ललितपुरको कुपोन्डोल र सानेपास्थित राम मन्दिर राजतीर्थ पुगेर अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिएका छन् । उपराष्ट्रपति यादवले पहिले कुपोन्डोलमा पुगेर र त्यसपछि सानेपास्थित राम मन्दिर राजतीर्थ फुटबल खेल मैदान अगाडि बागमती खोला किनारमा छठको पूजा गरेका हुन् । राजतीर्थमा छठ पूजामा सहभागी हुन […] ...

मकालु खबर
चार खेल मात्र खेलेर एनपिएलको सर्वाधिक रनकर्ता बने पोखराका युवराज
PoliticsJust now

चार खेल मात्र खेलेर एनपिएलको सर्वाधिक रनकर्ता बने पोखराका युवराज

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ मा पोखरा एभेन्जर्सका युवराज सम्राले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।  उनले मात्र चार खेलमा २ सय ९४ रन बनाउँदै प्रतियोगिताको सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष स्थान कब्जा गरेका छन् । आइतबार काठमाडौं गोर्खाजविरुद्ध ८९ रनको उत्कृष्ट पारी खेलेसँगै युवराज शीर्ष स्थानमा उक्लिएका हुन् । यस सिजन युवराजको नाममा एक शतकसमेत रहेको छ । उनले चार खेलमा उत्कृष्ट निरन्तरता ...

फरकधार
विगतका अभिव्यक्ति जोडेर फैलाइएको भ्रमप्रति डा सुनील शर्माको आपत्ति
PoliticsJust now

विगतका अभिव्यक्ति जोडेर फैलाइएको भ्रमप्रति डा सुनील शर्माको आपत्ति

फरक प्रसंगमा व्यक्त गरेका अभिव्यक्तिलाई सन्दर्भबाट अलग गरेर जोडजाड गर्दै अतिरञ्जित रूपमा प्रचार गरिएकोप्रति खेद व्यक्त गर्दै गम्भीर आपत्ति ...

हाम्राकुरा
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल
PoliticsJust now

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल

छलफलका क्रममा मन्त्री पोखरेलले जलवायु सङ्कटका कारण शैक्षिक क्षेत्र दोहोरो मारमा परेको विश्लेषण प्रस्तुत गरेको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ । ...

मकालु खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play