Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

कांग्रेसको मुख्य चिन्ता देशले दुःख नपाओस् भन्ने हो : गगन थापा

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेसको मुख्य चिन्ता देशले दुःख नपाओस् भन्ने हो : गगन थापा
Photo / Coverage: पर्दाफास

नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार सञ्चालन गर्ने जिम्मेवारी पाए पनि सरकार सही ढंगले सञ्चालन नभए देशले दुःख पाउने बताएका छन् । छठ पर्व मनाउन सर्लाही पुगेका सभापति थापाले कांग्रेसले प्रतिपक्षको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने बताए । उनले सरकार सञ्चालनमा कमजोरी देखिए कांग्रेसको पनि विशेष जिम्मेवारी हुने उल्लेख गरे । उनले भने, ‘नेपाली कांग्रेसको राष्ट्रिय जिम्मेवारी छ । अघिल्लो निर्वाचनबाट नागरिकले हामीलाई प्रतिपक्षमा बस्ने जिम्मेवारी दिएपछि हामीले त्यही जिम्मेवारी निर्वाह गर्ने हो । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार चलाउने जिम्मेवारी पाएको छ । उहाँहरूले सरकार चलाउने हो । तर सरकार ढंगले चलेन भने देशले दुःख पाउँछ । ढंगले नचलिरहेको बेलामा हाम्रो पनि विशेष जिम्मेवारी छ ।’ थापाले कांग्रेसलाई घेराबन्दी र षड्यन्त्रले कमजोर बनाउन नसक्ने दाबी गरे । यस्ता चुनौती विगतमा पनि सामना गरेको भन्दै उनले त्यसलाई चिरेर अघि बढ्ने बताए । उनले भने, ‘तपाईंले बाहिर सुन्नुहुन्छ, घेराबन्दी हुन्छ, षड्यन्त्र हुन्छ । हामी ती सबैलाई चिरेर गइहाल्छौँ, कुनै ठूलो कुरा छैन । त्यो आउँछ, जान्छ । त्यसको तागत राख्छौँ हामी । धेरै पटक आए, गए । हामी चिरेर जान्छौँ, त्यो ठूलो कुरा छैन ।’ उनले कांग्रेसको मुख्य चिन्ता देशको समय खेर नजाओस् र जनताले दुःख पाउन नपरोस् भन्ने रहेको बताए । आगामी पाँच वर्षको समय सदुपयोग हुनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘हाम्रो मुख्य चिन्ता फेरि देशले दुःख नपाओस् भन्ने हो । फेरि देशको समय खेर नजाओस् भन्ने चिन्ता हाम्रो हो । चार वर्षपछि फेरि चुनाव आउँछ, फेरि जाउँला । कहिले सरकारमा भइन्छ, कहिले बाहिर भइन्छ, केही छैन । तर देशको समय खेर नजाओस्, देशले दुःख नपाओस् । यो पाँच वर्षको समय सदुपयोग होस् भन्ने हाम्रो कुरा हो ।’ यसैगरी, थापाले काठमाडौंको कमलपोखरीमा २०६४ सालदेखि राष्ट्रपति रामवरण यादवलाई सहभागी गराएर छठ मनाउन सुरु गरेको स्मरण गरे । त्यसबेला काठमाडौंमा गौरीघाट र बागमती गरी दुई स्थानमा मात्र छठ मनाइने गरेको उनले बताए । दुई वर्षअघि परिवारसहित मधेश पुगेर जनकपुर र वीरगञ्जमा छठ मनाएको उल्लेख गर्दै उनले यस वर्ष आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा पर्व मनाउन आएको बताए । थापाले पार्टीको केन्द्रीय समितिको बैठकपछि पुनः सर्लाही आउने र क्षेत्रका सबै गाउँमा पुग्ने प्रतिबद्धता पनि जनाए । पार्टीको अधिवेशन प्रक्रिया र आगामी स्थानीय निर्वाचनको तयारीबारे बोल्दै उनले पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने र त्यसलगत्तै प्रदेश अधिवेशन गर्ने सोच रहेको बताए । थापाका अनुसार मंसिर ४ गते निर्वाचन आयोगले स्थानीय निर्वाचनको मिति तय गर्ने विषयमा छलफल गर्न मुख्य राजनीतिक दलहरूलाई बोलाएको छ । उक्त छलफलपछि निर्वाचनको मिति तय गर्ने विषयमा थप स्पष्ट हुने उनले बताए । उनले निर्वाचनमा सर्लाहीका सबै पालिकामा कांग्रेसलाई एकजुट भएर परिचालन गर्ने पनि बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्थानीय तहको चुनाव कहिले ? मंसिर ४ मा आयोगले दलहरूसँग छलफल गर्ने
OthersJust now

स्थानीय तहको चुनाव कहिले ? मंसिर ४ मा आयोगले दलहरूसँग छलफल गर्ने

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति र व्यवस्थापनबारे छलफल गर्न मंसिर ४ गते राजनीतिक दलहरूलाई बोलाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय दलको मान्यता पाएका दलहरूलाई छलफलका लागि आमन्त्रण गरिएको हो । प्रतिनिधि सभामा राष्ट्रिय दलको मान्यता पाएका छ दलमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् । ...

पर्दाफास
तीन दिनअघि गृहमन्त्री एक्लै गए, अहिले प्रहरी थपिए
OthersJust now

तीन दिनअघि गृहमन्त्री एक्लै गए, अहिले प्रहरी थपिए

यस्तो सम्मेलनमा प्रहरीसम्बन्धी विषयहरूमा छलफल हुने, अपराध अनुसन्धान र नियन्त्रणलगायतका विषयमा छलफल हुने भएकाले प्रहरी कर्मचारीहरू नै सहभागी हुँदैआएका छन् । ...

अनलाइन खबर
धनी नहुँदै बुढो बन्दै छ नेपाल
OthersJust now

धनी नहुँदै बुढो बन्दै छ नेपाल

२९ कात्तिक, काठमाडौं । संसारका अधिकांश समृद्ध देशले एउटा समान इतिहास पार गरेर आएका छन् । आफ्नो जनसंख्या बुढ्यौलीतर्फ ढल्किनुअघि नै तिनले समृद्धिको उचाइ हासिल गरेका थिए । जनसांख्यिक लाभ अवधि सकिनुअघि नै उनीहरूको प्रतिव्यक्ति आय उच्च भइसकेको थियो, सामाजिक सुरक्षा र स्वास्थ्य प्रणाली पनि सुदृढ भएको थियो । तर, नेपालले भने त्यस्तो अवसर गुमाउने… ...

अनलाइन खबर
इन्जिनियरिङ बीमा दाबीमा मूल्यांकनको अधिकतम १० प्रतिशत बीमा कम्पनीले घटाउन सक्ने
OthersJust now

इन्जिनियरिङ बीमा दाबीमा मूल्यांकनको अधिकतम १० प्रतिशत बीमा कम्पनीले घटाउन सक्ने

जोखिम मूल्यांकनको अधिकतम १० प्रतिशत सीमा राख्दा बिमित र बिमक दुवैलाई अन्याय हुँदैन भनेर प्रस्ताव गरिएको नेपाल बीमा प्राधिकरणका उपनिर्देशक केशवप्रसाद दाहालले बताए । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play