काठमाडौं । बाराको जीतपुर सिमरा–१ पथलैया चेकपोष्ट नजिकै २ सय ३७.१७ किलोग्राम लागुऔषध गाँजा बरामद भएको छ । हिजो साँझ ५ः४० बजे अमलेखगञ्जबाट पथलैया जाँदै गरेको बा१७च २६३६ नम्बरको गाडी चेकजाँच गर्दा चालकले गाडी नरोकी भगाएका थिए । गाडी पछ्याउने क्रममा दुधौरा खोलाको पुलपारि जंगलछेउमा इन्जिन चालु अवस्थामै गाडी छाडेर चालक फरार भएका थिए । जंगल क्षेत्रलाई घेराबन्दी गरी खोजतलास गर्दा चालक फेला नपरे पनि चालक भागेको दिशातर्फ एक थान किप्याड मोबाइल फेला परेको थियो । गाडी नियन्त्रणमा लिई चेकजाँच गर्दा पछाडिको डिक्कीमा लुकाइछिपाइ राखिएको २३७.१७ किलोग्राम लागुऔषध गाँजा बरामद भएको हो ।
चेकपोष्टबाट भागेको गाडीमा २३७ केजी गाँजा बरामद

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






