Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

इराकलाई इरानको चेतावनी : ‘ट्रम्पको हातको औजार’ नबन

Share:WhatsAppFacebookX (Twitter)Telegram
इराकलाई इरानको चेतावनी : ‘ट्रम्पको हातको औजार’ नबन
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका सल्लाहकार मोहम्मद मुखाबरले इराकलाई ‘ट्रम्पको हातको औजार’ नबन्न चेतावनी दिएका छन्। मुखाबरले शनिबार सामाजिक सञ्जाल एक्समार्फत उक्त चेतावनी दिएका हुन्। अमेरिकाको दबाबपछि इराकले इरानसँगका धेरै सीमा नाका बन्द गरेको रिपोर्ट आएपछि उक्त अभिव्यक्ति आएको हो। करिब तीन हप्ताअघि इराकका विदेशमन्त्री फुवाद हुसेनले अल जजिरालाई दिएको अन्तर्वार्तामा भनेका थिए, ‘अमेरिकी वित्त विभागले बगदादलाई इरानसँगका सबै सीमा नाका बन्द गर्न औपचारिक रूपमा अनुरोध गरेको थियो। केवल दुईवटा नाका खुला राख्न भनिएको थियो।’ फुवाद हुसेनले इरान र इराकबिचको वार्षिक व्यापार १५ देखि १८ अर्ब डलर रहेको बताएका छन्। उनले चेतावनी दिँदै भनेका थिए, ‘सीमा नाकाहरू बन्द गर्दा इराकमा गम्भीर आर्थिक प्रभाव पर्न सक्छ।’ अमेरिकाले जुलाईदेखि इरानी बन्दरगाहहरूको समुद्री नाकाबन्दी पुनः सुरु गरेको छ। इरानको भूमि सिमाना र क्यास्पियन सागर हुँदै हतियार र तस्करीका सामान ओसारपसार सीमित गर्ने उद्देश्यले यस महिना एक विशेष कार्यदल गठनको घोषणा पनि गरेको छ। इरानी बन्दरगाहहरूमा नाकाबन्दीले छिमेकी देशहरूसँगको इरानको भूमि सिमानाको महत्त्व बढाएको छ। यी मार्गहरूले सामानको आपूर्ति कायम राख्न र व्यावसायिक गतिविधिहरू निरन्तरता दिन मद्दत गर्छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँ : लामिछाने
Latest NewsJust now

दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँ : लामिछाने

दैलेख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दैलेखको भैरवी गाउँपालिका–१ जलजलेस्थित पेट्रोलियम तथा मिथेन ग्यास खानीको उत्खनन कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाउने बताएका छन्। सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरी शनिबार साँझ जलजलेस्थित ड्रिलिङ साइटको स्थलगत अवलोकन गर्न पुगेका सभापति लामिछानेले खानीको वर्तमान अवस्थाबारे प्रत्यक्ष जानकारी लिएका थिए। अवलोकनका क्रममा उनले दुई वर्षअघि नै चार ...

नेपालन्युज
होटलमा अचेत अवस्थामा फेला परेका वृद्धको मृत्यु, अवैध मदिरा नियन्त्रणमा
Latest NewsJust now

होटलमा अचेत अवस्थामा फेला परेका वृद्धको मृत्यु, अवैध मदिरा नियन्त्रणमा

तम्घासस्थित अनमोल होटलमा इस्मा गाउँपालिका–२ का ७० वर्षीय लालबहादुर कुमाल शुक्रबार बास बसेका थिए । ...

कान्तिपुर
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
Latest NewsJust now

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४० रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५० रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५० रुपैयाँ, आलु रातो (मुडे) ५५ रुपैयाँ, भारतीय रातो ...

अनलाइनपाना
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement