Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
Photo / Coverage: पर्दाफास

नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन लागेको छ । पार्टी सभापति गगनकुमार थापाको समुपस्थितिमा आज बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा अभिमुखीकरण कार्यक्रम हुन लागेको हो । देशव्यापी रूपमा हुने अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्न र खटिने प्रतिनिधिहरूलाई आवश्यक जानकारी, जिम्मेवारी तथा कार्यदिशाबारे स्पष्ट पार्न अभिमुखीकरण आयोजना गरिएको महामन्त्री डा. डिला संग्रौलाले जानकारी दिइन् । उनका अनुसार काठमाडौं उपत्यकामा उपलब्ध सम्पूर्ण प्रतिनिधिहरूलाई सानेपास्थित केन्द्रीय कार्यालयमा अनिवार्य उपस्थित हुनु पर्ने छ भने काठमाडौं उपत्यका बाहिर रहेका प्रतिनिधिहरूका लागि जुम प्रविधिमार्फत सहभागी हुने व्यवस्था मिलाइएको छ । पार्टी संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउने र जनताका मुद्दाहरूसँग प्रत्यक्ष जोडिने उद्देश्यका साथ कांग्रेसले ७५३ वटै पालिकामा एकैसाथ यो अभियान परिचालन गर्न लागेको महामन्त्री संग्रौलाले जानकारी दिइन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सर्लाहीमा आगलागीबाट ७१ लाख ५० हजार रुपैयाँ बराबरको क्षति
OthersJust now

सर्लाहीमा आगलागीबाट ७१ लाख ५० हजार रुपैयाँ बराबरको क्षति

सर्लाहीका दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा करिब ७१ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ सखुवापुल नजिक शनिवार राती ८ः३० बजेको समयमा स्थानीय कृष्ण राय यादवले सञ्चालन गर्दै आएको धूप र पुराना कवाडका सामान राख्ने गोदाममा आगलागी भएको थियो । चारैतिर जस्तापाताले घेरिएको उक्त गोदाममा लागेको आगो नियन्त्रणका लागि प्रहरी चौकी पर्सा, प्रहरी चौकी त्रिभुवननगर, ...

पर्दाफास
दशकौंको लगानीपछि पनि किन सुध्रेन सार्वजनिक शिक्षा, अब के गर्ने ?
OthersJust now

दशकौंको लगानीपछि पनि किन सुध्रेन सार्वजनिक शिक्षा, अब के गर्ने ?

पछिल्ला पाँच वर्षमा विद्यार्थी अभावकै कारण सामुदायिक विद्यालयको सङ्ख्या दुई हजारभन्दा बढीले घटेको र करिब आठ सय विद्यालय एकीकरण गरिएको छ । त्यस्तै, आधारभूत तहमा खुद भर्नादर ९७.८ प्रतिशत पुगे पनि माध्यमिक तहमा यो दर ३५.४ प्रतिशतमा सीमित छ । ...

अनलाइन खबर
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
OthersJust now

यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य

१३ मङ्सिर, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेंडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेंडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २०, गोलभेंडा सानो (टनेल) प्रतिकिलो ५२, गोलभेँडा सानो (तराई) प्रतिकिलो ५२, आलु रातो (लाम्चो) प्रतिकिलो ५५, आलु… ...

अनलाइन खबर
आजदेखि नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द
OthersJust now

आजदेखि नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द

नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो। पहिरो रोकथामको कामका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त समयमा नारायणगढ–मुग्लिङ सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement