Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

आजदेखि नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द

Share:WhatsAppFacebookX (Twitter)Telegram
आजदेखि नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द
Photo / Coverage: पर्दाफास

नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो।

पहिरो रोकथामको कामका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त समयमा नारायणगढ–मुग्लिङ सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले बताए।

तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष प्रविधि अपनाएर दीर्घकालीन समाधान खोज्न सडक डिभिजन कार्यालय भरतपुरले काम अघि बढाएको हो। ठूला ढुङ्गा पन्छाएर भिरको स्लोप व्यवस्थापन गर्ने, किला रड ठोकेर पहिरो प्रभावित क्षेत्रलाई बलियो बनाउने ‘नेलिङ’ प्रविधि अपनाइनेछ। त्यससँगै भिरबाट रसाएर आउने पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ र बायोइन्जिनियरिङ प्रयोग गरिने सडक डिभिजन कार्यालयले जनाएको छ।

स्लोपको प्रकृतिअनुसार द्विआयामिक तथा त्रिआयामिक ढाँचामा बायोइन्जिनियरिङका उपाय अवलम्बन गरिने र पहिरो रोकथामका लागि मुख्य रूपमा नेलिङ प्रविधि प्रयोग गरिने सडक डिभिजन भरतपुरका प्रमुख इन्जिनियर अमितकुमार शर्माले बताए।

शर्माका अनुसार सडकको अवस्था हेर्दा कम्तीमा १५ दिन बन्द गरेर काम गर्नुपर्ने अवस्था छ। काठमाडौँबाट मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्ग भने सञ्चालनमा रहने प्रशासनले जनाएको छ। सडक बन्दका कारण यात्रुलाई पर्न जाने असुविधाप्रति प्रशासनले क्षमायाचना गर्दै सोहीअनुसार यात्रा व्यवस्थापन गर्नपनि अनुरोध गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
OthersJust now

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्य सूचीअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५२, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५२, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५५, आलु रातो (गोलो) ...

पर्दाफास
हेटौंडामा विद्युत् तार सर्ट हुँदा एक घरमा आगलागी
OthersJust now

हेटौंडामा विद्युत् तार सर्ट हुँदा एक घरमा आगलागी

१३ मंसिर, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित एक घरमा आगलागी भएको छ । आगलागीबाट माइतीमाया वाइबाको ब्लकको ४ कोठे घर जलेर क्षति भएको प्रहरीले जनाएको छ । घरमा कोही नभएको समयमा बिजुलीको तार सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । आगलागीका क्रममा घरभित्र रहेको ग्यास समेत पड्कन जाँदा घरमा… ...

अनलाइन खबर
ट्रम्पको उत्तराधिकार बन्न खोजेका भान्स र रुबियोमाथि आफ्नै राजनीतिक छविको भार
OthersJust now

ट्रम्पको उत्तराधिकार बन्न खोजेका भान्स र रुबियोमाथि आफ्नै राजनीतिक छविको भार

१३ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पपछि रिपब्लिकन पार्टीको नेतृत्व र आगामी राष्ट्रपतीय निर्वाचनमा सम्भावित दाबेदारका रूपमा हेरिएका उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियो यतिबेला ट्रम्प प्रशासनका निर्णयहरूको राजनीतिक मूल्य चुकाउनुपर्ने चुनौतीमा छन् । इरानसँगको युद्ध र चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख जेन्सेन ह्वाङसँग जोडिएको विवादले यी दुई नेताले वर्षौँदेखि निर्माण गरेको राजनीतिक… ...

अनलाइन खबर
हराएको फाइलले खोल्यो पूर्वमुख्यसचिव अर्यालको रहस्य
OthersJust now

हराएको फाइलले खोल्यो पूर्वमुख्यसचिव अर्यालको रहस्य

शुक्रबार अदालतमा उपस्थित गराइँदा अर्यालले मास्कले मुख छोपेका थिए। तर भेटिएको फाइलले उनको रहस्य खोलिदिएको छ- श्रमिकबाट गैरकानुनी रूपमा सङ्कलन गरिएको रकम मलेसिया पठाउन मन्त्रीको नाममा गरिएको निर्णयमा तत्कालीन श्रमसचिव एकनारायण अर्याल आफैँले हस्ताक्षर गरेका थिए। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement