Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

चुनावी हारपछि पनि पछि नहट्ने ट्रम्पको अडान

Share:WhatsAppFacebookX (Twitter)Telegram
चुनावी हारपछि पनि पछि नहट्ने ट्रम्पको अडान
Photo / Coverage: नेपालन्युज

वासिङ्टन।अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियानको बचाउ गर्दै आफ्नो नीतिबाट पछि नहट्ने अडान व्यक्त गरेका छन्। ह्वाइट हाउसले बुधबार सामाजिक सञ्जाल एक्समा उनको तस्बिरसहित ‘कहिल्यै पछि नहट्ने’ सन्देश सार्वजनिक गरेको छ। डेमोक्रेटहरूले कङ्ग्रेसका दुवै सदनमा नियन्त्रण कायम गर्ने प्रक्षेपण भइरहेका बेला ट्रम्पले इरान युद्धले छोटो अवधिमा पेट्रोलको मूल्य बढाएर चुनावी परिणाम प्रभावित पारेको स्वीकार गरे। तर, इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न सैन्य अभियान आवश्यक रहेको उनको भनाइ थियो। आफू निर्वाचनमा उम्मेदवार भएको भए रिपब्लिकनहरूले जित्ने दाबी गर्दै उनले चुनावी सभामा देखिएको आफ्नो लोकप्रियता अन्य उम्मेदवारमा हस्तान्तरण हुन नसकेको बताए। यसैबीच, उपराष्ट्रपति जेडी भान्सले आन्तरिक सर्वेक्षणले इरान युद्ध, मुद्रास्फीति, ‘अमेरिका फर्स्ट’ नीति र इजरायलसँगको सम्बन्धबारे मतदातामा असन्तुष्टि देखाएको बताएका थिए। उनले इरान युद्धलाई रिपब्लिकन पार्टीको चुनावी पराजयको प्रमुख कारणका रूपमा औंल्याएका थिए। –रासस / एएनआई

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लुम्बिनीले कटायो १०० रनको आँकडा
Latest NewsJust now

लुम्बिनीले कटायो १०० रनको आँकडा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनी लायन्सले १०० रनको आँकडा पार गरेको छ । १६ ओभरको खेल सकिँदा लुम्बिनीले चार विकेट गुमाएर १०८ रन बनाएको छ ।... ...

रातोपाटी
सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार
Latest NewsJust now

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

काठमाडौँ । सरकारले सातवटै प्रदेशमा जलन उपचार सेवालाई थप प्रभावकारी बनाउन आवश्यक जनशक्ति उत्पादन गर्न थालेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सात प्रदेशका सात ठूला अस्पतालमा जलनको ‘स्ट्यान्डर्ड ट्रिटमेन्ट... ...

रातोपाटी
फिदिममा पूर्वाधार डिभिजन कार्यालय स्थापना
Latest NewsJust now

फिदिममा पूर्वाधार डिभिजन कार्यालय स्थापना

नारायण तुम्बापोफिदिम, कात्तिक १९ गते । सडक, पुल तथा अन्य पूर्वाधार विकासको कामलाई गति दिने उद्देश्यले पाँचथरको फिदिममा पूर्वाधार डिभिजन कार्यालय स्थापना गरिएको छ ।पाँचथर, तेह्रथुम... ...

गोरखापत्र
एनपीएलमा अनलाइन सट्टेबाजी गराएको आरोपमा भारतीय पक्राउ, झन्डै ९० लाखको कारोबार
Latest NewsJust now

एनपीएलमा अनलाइन सट्टेबाजी गराएको आरोपमा भारतीय पक्राउ, झन्डै ९० लाखको कारोबार

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा अनलाइन सट्टेबाजी सञ्चालन गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित भोजपुर थाना क्षेत्रका ३२ वर्षीय सोनुकुमार सिन्हा रहेका छन् । काठमाडौं महानगरपालिका–१७, ठमेलमा बस्दै आएका सिन्हालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी एनपीएलका खेललाई लक्षित गर्दै अनलाइनमार्फत सट्टेबाजी ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play