चीर प्रतिद्वन्द्वी बार्सलोनालाई हराउदै रियल म्याड्रिड विजयी

काठमाडौं । केलियन एमबापेको दुई गोलको मदतले जोसे मोउरिन्होको रियल म्याड्रिडले आइतबार बार्सिलोनालाई २–१ ले हराएको छ । क्याम्प नुमा भएको खेलमा एमबापेले ४१ र ८७ औं मिनेटमा गोल गरे र रियलले अंक तालिकाको शीर्ष रहेको बार्सिलोनासँगको दूरी तीन अंकमा छोट्याएको छ । बार्सिलोनाका लागि राफिन्हाले एक गोल फर्काए । यस सिजनको घरेलु फुटबलमा बार्सिलोनाको यो पहिलो हार हो । यस्तै बार्सिलोनाको यो लगातार दोस्रो हार हो । यसअघि बार्सिलोना युरोपेली च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग पनि पराजित भएको थियो । प्रशिक्षकमा हान्सी फ्लिक आएयता बार्सिलोनाले यसअघिका सातमध्ये छ एल क्लासिको जितेको भएता पनि यसपल्ट भने आफ्नै घरमा पराजित रह्यो । यो नतिजापछि बार्सिलोना २७ अंकमा शीर्षमा कायम रह्यो भने रियल २४ अंकमा तेस्रो स्थानमा छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

विपत्बिच बढ्यो विद्युत् निर्यात
गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक ९ गते । भोटेकोशी र बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका बिच पनि नेपालको विद्युत् निर्यातमा भने सकारात्मक सुधार देखिएको छ । नेपाल विद्युत् प... ...

एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री बालेन उद्घाटनका लागि अपराह्न त्रिवि क्रिकेट मैदान जाने... ...

चाँदीजस्तो देखिने सेतो धातुसहित चार जनालाई पक्राउ
काठमाडौं । कारको फल्स बटममा लुकाएर ल्याएको १४ किलो १८० ग्राम चाँदीजस्तो देखिने सेतो धातुसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्ट नजिकबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भारतको रक्सोल निवासी करिब ५० वर्षीय कार चालक रमेश कुमार साह सोनार, उनकी श्रीमती करिब ४२ वर्षीया चन्दा देवी सोनार, उनीहरूका १७ वर्षीय छोरा र चालककी भान्जी ...

प्रधानमन्त्री शाह एनपीएल उद्घाटनमा सहभागी हुने
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्घाटनमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले प्रधानमन्त्री एनपीएलको उद्घाटनमा सहभागी हुने बताइन् । कीर्तिपुर जानुअघि प्रधानमन्त्री शाहले फेसबुकमार्फत शुभकामना पनि दिएका छन् । उद्घाटन दिउँसो ५ बजे हुनेछ । ...


