Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

चीनले अन्तरिक्षमा अमेरिकी प्रभूत्वलाई चुनौती दिइरहेको अमेरिकी गुप्तचर निकायको निष्कर्ष

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीनले अन्तरिक्षमा अमेरिकी प्रभूत्वलाई चुनौती दिइरहेको अमेरिकी गुप्तचर निकायको निष्कर्ष
Photo / Coverage: केन्द्रबिन्दु

वासिङ्टन । अन्तरिक्षमा सैन्य तथा रणनीतिक क्षमता तीव्र रूपमा विस्तार गर्दै चीनले अमेरिकी प्रभुत्वलाई चुनौती दिइरहेको अमेरिकी रक्षा गुप्तचर निकाय (डिआइए) ले जनाएको छ। उपग्रह निगरानीदेखि प्रतिउपग्रह हतियारसम्मका प्रविधि विकास गरिरहेकाले अमेरिका र उसका सहयोगीका अन्तरिक्ष प्रणालीमा खतरा बढेको प्रतिवेदनको निष्कर्ष छ। अक्टोबर २०२६ को अन्त्यमा सार्वजनिक १३० पृष्ठ लामो प्रतिवेदनमा चीन, रुस, इरान र उत्तर कोरियालाई प्रमुख सुरक्षा चुनौतीका रूपमा औंल्याइएको छ। चीनले सन् २०१६ मा ४० वटा उपग्रह प्रक्षेपण गरेकामा गत वर्ष ३८४ वटा पुऱ्याएको थियो। सन् २०२६ को मध्यसम्म चीनसँग ५१० भन्दा बढी गुप्तचर, निगरानी तथा अनुगमन (आइएसआर) उपग्रह रहेका छन्, जसले पृथ्वीका जुनसुकै स्थानको तस्बिर ३० मिनेटभित्र उपलब्ध गराउन सक्छन्। डिआइएका अनुसार चीनले उपग्रह नष्ट गर्ने क्षेप्यास्त्र, जामिङ, साइबर आक्रमण र शक्तिशाली लेजर प्रविधि विकास गरेको छ। ताइवानलाई लिएर क्षेत्रीय द्वन्द्व भएमा अमेरिकी हस्तक्षेप रोक्न चीनले यी क्षमता प्रयोग गर्न सक्ने आकलन गरिएको छ। रुससँगको सहकार्य र एआई प्रविधिको प्रयोगले आगामी दशकमा अन्तरिक्ष सुरक्षा चुनौती थप बढ्ने चेतावनी दिइएको छ। एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मेचीनगरमा शङ्खधर साख्वाको शालिक निर्माण
Latest NewsJust now

मेचीनगरमा शङ्खधर साख्वाको शालिक निर्माण

झापा। मेचीनगर नगरपालिका–१० धुलाबारीमा राष्ट्रिय विभूति एवं नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाको शालिक निर्माण भएको छ। भक्तपुरको प्राचीन कला शैलीमा बनेको उक्त शालिक निर्माणमा रु २० लाख खर्च भएको शालिक निर्माण समितिका अध्यक्ष दिनेश शाक्यले जानकारी दिए। राष्ट्रिय विभूति शङ्खधरको मेचीनगरमा बनेको यो पहिलो शालिक हो। मेचीनगर नगरपालिकाले शालिक निर्माणका लागि रु पाँच लाख बजेट उपलब्ध गराएको र अरु रकम जनसहयोगबाट जुटाइएको ...

नेपालन्युज
नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस्- प्रचण्ड
Latest NewsJust now

नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस्- प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा प्रचण्डले नेपालको मौलिक इतिहास, सभ्यता, संस्कृति र राष्ट्रिय पहिचानसँग जोडिएको नेपाल संवतलाई राष्ट्रिय संवतका रूपमा मान्यता दिने ऐतिहासिक घोषणा २०६५ सालमा गर्न पाउँदा गौरवको अनुभूति भएको बताएका छन् । उनले नेपाल संवतका प्रवर्तक शङ्खधर साख्वाको ...

कर्पोरट खबर
प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल संवत् ११४७ र म्हः पूजाको शुभकामना
Latest NewsJust now

प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल संवत् ११४७ र म्हः पूजाको शुभकामना

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त गराएर सुरु गरेको नेपाल संवत् नेपालको मौलिक समयचक्र र पहिचान भएको उल्लेख गरेका छन्। ...

कान्तिपुर
नेपाल संवत् र म्हः पूजाले नयाँ आशा र उत्साह ल्याओस् : गगन थापा
Latest NewsJust now

नेपाल संवत् र म्हः पूजाले नयाँ आशा र उत्साह ल्याओस् : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै थापाले नेपाल संवत् मौलिक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play