चीनमा ११० मानवाकार रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान

काठमाडौं । चीनमा ११० मानवाकार रोबोटले एकैसाथ नृत्य प्रस्तुत गर्दै विश्व कीर्तिमान कायम गरेका छन् । चीनको पूर्वी शान्दोङ प्रान्तस्थित जिनान सहरमा अक्टोबर २४ मा ती रोबोटले पाँच मिनेटभन्दा लामो समयसम्म सामूहिक नृत्य प्रदर्शन गरेका हुन् । उक्त नृत्य प्रदर्शनमा कुनै पनि रोबोटलाई वास्तविक समयमा मानिसले नियन्त्रण गरेका थिएनन् । पूर्वनिर्धारित प्रविधि तथा स्वचालित प्रणालीको प्रयोगबाट रोबोटहरूले एकैसाथ नृत्य प्रस्तुत गरेका थिए । एकैपटक सबैभन्दा धेरै मानवाकार रोबोटले नृत्य गरेको उक्त प्रदर्शनलाई गिनिज वर्ल्ड रेकर्डले विश्व कीर्तिमानका रूपमा मान्यता दिएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

प्रस्तावित राजदूत थापाको सुनुवाइ गर्न बैठक आह्वान
काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक कात्तिक १६ गतेका लागि आह्वान भएको छ । जापानका लागि प्रस्तावित राजदूत जीज्ञान कुमार थापा, ललितपुरका सम्बन्धमा संसदीय सुनुवाइ गर्न बैठक आह्वान गर्न... ...

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने
काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव र वर्षाको गतिविधि कम हुँदै जाने जनाएको छ । विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान... ...

बूढानीलकण्ठ नगरपालिकामा शिक्षक बैंकको बढ्दो प्रभावकारिता
काठमाडौँ, कात्तिक १३ गते । बूढानीलकण्ठ नगरपालिकाले नगर क्षेत्रमा भएका सामुुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक बैँक प्रभावकारी बन्दै गएको छ... ...

जेनजी आन्दोलनमा भागेका अभियुक्त १४ महिनापछि काठमाडौँबाट पक्राउ
जेनजी आन्दोलनको क्रममा फरार भएका दाङका एक व्यक्ति १४ महिनापछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका- १० का ३५ वर्षीय रवीन्द्र परियार रहेका प्रहरीले जनाएको छ। उनलाई बिहीबार काठमाडौँ महानगरपालिका- २६ गल्कोपाखाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। परियार चोरी मुद्दामा पक्राउ परेर तीन ... ...


