चीन भ्रमण सकेर स्वदेश फर्किइन पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशस्थित स्योङआनमा आयोजित ग्लोबल गभर्नेन्स फोरममा सहभागी भएर सोमबार स्वदेश फर्किएकी छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भण्डारीले फोरममा सहभागी भएर फर्किएको जानकारी दिएकी हुन्। अक्टोबर २३ देखि २५ सम्म आयोजित फोरममा भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गरेकी थिइन्। ‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनःनिर्माण’ मूल नारासहित आयोजित सम्मेलनमा विश्वव्यापी शासन व्यवस्था, अन्तर्राष्ट्रिय सहकार्य र समसामयिक चुनौतीका विषयमा छलफल भएको थियो। सम्मेलनअन्तर्गत अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल तथा गोलमेच बैठक आयोजना गरिएको थियो। ती छलफलमा संयुक्त राष्ट्रसंघ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति, शान्ति स्थापनाका लागि आवश्यक सुधार तथा बहुपक्षीयताको प्रवर्द्धनका विषयले प्राथमिकता पाएका थिए। त्यसैगरी अन्तर्राष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको बढ्दो भूमिका र विश्व व्यापारमा ग्लोबल साउथका देशको उपस्थितिबारे पनि विमर्श भएको थियो। फोरममा जलवायु परिवर्तन र त्यसका प्रभाव, हरित अर्थतन्त्र, न्यून कार्बन विकास तथा दिगो विकासका विषयमा समेत छलफल गरिएको थियो। कृत्रिम बौद्धिकता ९एआई० र साइबर स्पेससँग सम्बन्धित चुनौती तथा सम्भावनाबारे पनि सहभागीहरूले धारणा राखेका थिए।
Read Complete Original Article
Published originally on अनलाइनपाना
Related News
.jpeg)
तिहारसम्म मुस्ताङको ८० प्रतिशत स्याउ निकासी हुने अनुमान
हरिकृष्ण शर्माकाठमाडौँ, कात्तिक ९ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फामा स्याउ टिप्दै गरेको बगैँचामा पर्यटक घुम्दै खरिद गर्न आइपुग्छन् । दसैँ अगाडि करिब ५० प्रतिशत स्याउ नि... ...

हिमाली पर्यटकीय राजमार्ग निर्माण गर्न पहिलो पटक अध्ययन गरिँदै
६ महिनाभित्र अध्ययन प्रतिवेदन तयार गर्नुपर्ने छ भने आगामी आर्थिक वर्षबाट निर्माण अघि बढाइने भएको छ । ...

भौतिक र मानवीय सुरक्षाका लागि जलविद्युत् आयोजनाको डिजाइन पुनरावलोकनमा जुट्दै प्रवर्द्धक
जलविद्युत् आयोजनाको डिजाइनदेखि अन्य नदी करिडोरमा आउने विपत्तिबारे अध्ययन गर्न जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत वैज्ञानिक र प्राविधिक समिति गठन गरिएको छ । ...

सुनकोशीमा बेपत्ता तीनमध्ये दुई जनाको शव फेला
खोटाङ । काठमाडौँबाट यात्रु लिएर खोटाङ आउँदै गरेको सुमो दुर्घटनामा बेपत्ता भएका तीनमध्ये दुई जनाको शव फेला परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ३० वर्षीय हरि पुर्कुटी र... ...


