चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको परीक्षा बन्द

चितवन। चितवनमा सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा तीन महिनादेखि बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन्। सर्वोच्च अदालतको आदेशका कारण गत साउन १० गतेदेखि यहाँको परीक्षा प्रक्रिया रोकिएको हो। यातायात व्यवस्था कार्यालय भरतपुरका सूचना अधिकारी गोविन्द पौडेलका अनुसार अदालतले निजी ट्रायल सेन्टरको सेवामा रोक लगाएपछि परीक्षा प्रक्रिया अवरुद्ध भएको छ। परीक्षा बन्द हुँदा पुनःसीप परीक्षा दिने तयारीमा रहेका ८०० जनासहित साप्ताहिक रूपमा परीक्षा दिने करिब दुई हजार सेवाग्राही प्रभावित भएका छन्। अदालतले उक्त सेन्टरमा गरिएको ठेक्का रद्द गरी पुनःठेक्का प्रक्रिया सुरु गर्न आदेश दिएको थियो। तर, मन्त्रालयबाट कुनै पनि निर्देशन वा परिपत्र नआएका कारण नयाँ बोलपत्र आह्वान गर्न नसकिएको पौडेलले जानकारी दिए। उनले भने, “मन्त्रालयबाट कुनै परिपत्र नआएका कारण सवारी चालक अनुमतिपत्रको काम गर्न सकिएको छैन।” हाल कार्यालयले सवारी चालक अनुमतिपत्र, सवारी धनी प्रमाणपत्र र रुट परमिट वितरणबाहेकका अन्य काम गर्न पाएको छैन। ट्रायल सेन्टर सञ्चालनमा रहँदा एक पटकमा ४०० जना सेवाग्राहीले लिखित तथा सीप परीक्षा दिने गरेका थिए।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

नेपालबाट भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु बरामद
रौतहट । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाई गोरु बरामद गरिएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय प्रहरीले संयुक्त रूपमा ती गोरु बरामद गरेका... ...

‘अर्नब’ चक्रवात कमजोर भए पनि नेपालमा जोखिम कायमै
काठमाडौँ । छिमेकी मुलुक भारतमा सक्रिय चक्रवात ‘अर्नब’ का कारण नेपालको मौसममा बदली भई वर्षा र हिमपातको सम्भावना बढेको छ। मौसम पूर्वानुमान महाशाखाले मौसम प्रतिकूल बन्दै गएकाले आगामी दुई दिनसम्म धानबाली... ...

बैंकिङ प्रणालीबाट १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बिहीबार आठ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरेको हो । बोलकबोलमा सहभागी हुन इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले तोकिएको समयभित्र अनलाइन बिडिङ प्रणालीमार्फत आवेदन पेस ...



