चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ । चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको संयुक्त प्रहरी टोलीले भरतपुर महानगरपालिका–१९ मा लागूऔषध बिक्रीवितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा लमजुङको दोर्दी गाउँपालिका–८ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–१९ बस्ने ३१ वर्षीय सागर तामाङ, भरतपुर महानगरपालिका–२० बस्ने ३८ वर्षीय रोशन गुरुङ र भरतपुर महानगरपालिका–१९ बस्ने ४३ वर्षीय अमित लामा भन्ने ईश्वर लामा रहेका छन् । उनीहरूका साथबाट ४६ दशमलव ५५ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ, ३९ हजार ५०० नगद र एक थान ‘डिजिटल’ तराजुलगायत सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्र भूषण यादवले जानकारी दिए । निजहरूविरुद्ध लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

साेमपाल कामी बने एनपीएलमा पाँचौ अर्धशतक हिर्काउने खेलाडी
• कर्णाली याक्सका कप्तान सोमपाल कामीले एनपीएलमा पाँचौ अर्धशतक हिर्काएका छन्। • विराटनगर किङ्सका लोकेश बमले पनि अर्धशतक हिर्काएका छन्, जसले उनलाई चौंथो खेलाडी बनाएको छ। • प्रतियोगितामा अर्धशतक हिर्काउने अन्य खेलाडीमा जनकपुरका मोइन अली, सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी र चितवनका डेभिड मलान रहेका छन्। ...

सीजी मोटर्सको लापरबाही र दादागिरीमाथि उपभोक्ताको जित
काठमाडौँ । नेपालको अटोमोबाइल बजार, विशेषगरी उदीयमान विद्युतीय सवारी (ईभी) क्षेत्रमा कर्पोरेट घरानाहरूले उपभोक्तामाथि गर्दै आएको चरम शोषण, दादागिरी र गैरजिम्मेवारीको एउटा डरलाग्दो घटना हालै उदाङ्गो भएको छ । गाडी बेच्ने... ...

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू
काठमाडाैँ। कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सलाई ४ विकेटले हराएको छ। विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले अन्तिम ओभरको अन्तिम बलमा ६ विकेट गुमाएर पुरा गर्यो... ...

कर्णालीको रोमाञ्चक जित, विराटनगरको लगातार दोस्रो हार
विराटनगर किंग्सलाई ४ विकेटले हराउँदै कर्णाली याक्सले दोस्रो जित निकालेको छ । दोस्रो जितसँगै कर्णालीले ४ अंक बनाएको छ । विराटनगरको भने यो लगातार दोस्रो हार हो । ...


