Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/चितवनमा आजबाट पहिलो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुँदै

चितवनमा आजबाट पहिलो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
चितवनमा आजबाट पहिलो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुँदै

काठमाडौं । चितवन तेक्वान्दो डोजाङको आयोजनामा आज (शुक्रबार) बाट प्रथम सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप-२०२६ हुँदैछ । प्रतियोगिता आइतबारसम्म सञ्चालन हुनेछ । चितवनमा तेक्वान्दो खेलको विकास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई प्रतिस्पर्धाको साझा मञ्च प्रदान गर्ने र नेपालमा तेक्वान्दोको स्तरलाई अझ माथि उठाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक प्रज्वल दवाडीले जानकारी दिनुभयो । उहाँले यस प्रतियोगिताले नेपाली तेक्वान्दोको विकासमा एउटा इँटा थप्ने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगितामा नेपालका सातवटै प्रदेश र आयोजक टोलीसहित भारत, माल्दिभ्स, मलेसिया, अष्ट्रेलिया, बंगलादेश, सिंगापुर, साउदी अरेबिया, जापानलगायत विभिन्न देशका खेलाडी तथा टोलीको सहभागिता रहने अपेक्षा आयोजकको छ । करिब आठ सय खेलाडी सहभागी हुने बताइएको छ । प्रतियोगितामा तेक्वान्दोका पुम्से र ग्योरोगी विधाका विभिन्न उमेर समूह तथा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई एउटै मञ्चमा प्रतिस्पर्धा गराउँदै उनीहरूको क्षमता अभिवृद्धि गर्ने, अनुभव आदानप्रदानको अवसर सिर्जना गर्ने र खेलकुदमार्फत्् अन्तर्राष्ट्रिय मित्रता विस्तार गर्ने लक्ष्य रहेको वरिष्ठ मास्टर रोशन खानले बताउनुभयो । प्रतियोगितामा टिमतर्फ प्रथम हुने टोलीले ५० हजार रुपैयाँ, दोस्रो हुने टोलीले ३० हजार रुपैयाँ र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी, उत्कृष्ट पुम्से पुरुष, उत्कृष्ट पुम्से महिला, उत्कृष्ट ग्योरोगी पुरुष खेलाडी, उत्कृष्ट ग्योरोगी महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट रेफ्रीलाई जनही १०० अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको उद्घाटन समारोह शुक्रबार अपराह्न ४ बजे हुनेछ । त्यसैगरी, आइतबार अपराह्न ४ बजे समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रम हुनेछ । प्रतियोगिता सञ्चालनका लागि नेपाल तेक्वान्दो संघ, बागमती प्रदेश तेक्वान्दो संघ तथा चितवन जिल्ला तेक्वान्दो संघको सहयोग र समन्वय रहनेछ । यस आयोजनालाई सफल बनाउन विभिन्न निकाय, संघसंस्था, प्रायोजक, सहयोगी तथा खेलप्रेमीबाट प्राप्त साथ र सहयोग प्रशंसनीय रहेको आयोजकले जनाएको छ । यस प्रतियोगितामार्फत् सौराहालाई खेलकुद पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्न, स्थानीय आर्थिक गतिविधिलाई प्रोत्साहन गर्न र चितवनको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न योगदान पुग्ने अन्तर्राष्ट्रिय संयोजक तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले बताउनुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

चीनको १४ सदस्यीय साहित्यिक टोली काठमाडौँमा
ताजा खबरJust now

चीनको १४ सदस्यीय साहित्यिक टोली काठमाडौँमा

काठमाडौँ । जनवादी गणतन्त्र चीनको साहित्यिक एवं सांस्कृतिक टोली काठमाडौँ आइपुगेको छ । लु छुन कल्चरल फाउन्डेसनका अध्यक्ष झाउ लिङफेई नेतृत्वको टोलीलाई एसएस फाउन्डेसनले काठमाडौँमा विशेष समारोहबिच स्वागत एवम् सम्मान... ...

रातोपाटी
चक्रवात ‘अर्नब’को प्रभावले तीन प्रदेशमा भारी वर्षाको सम्भावना, भोलिदेखि मौसममा केही सुधार हुने
ताजा खबरJust now

चक्रवात ‘अर्नब’को प्रभावले तीन प्रदेशमा भारी वर्षाको सम्भावना, भोलिदेखि मौसममा केही सुधार हुने

काठमाडौँ। बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभाव हाल देशभर रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशभर अधिकांश स्थानमा बादल लागेको बताएको छ। अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो सबै प्रदेशमा बादल लाग्नेछ। कोशी, मधेस र बागमती ...

नेपालन्युज
पत्रकार पक्राउविरुद्ध महासंघले आज बिहान माइतीघरबाट प्रदर्शन गर्ने
ताजा खबरJust now

पत्रकार पक्राउविरुद्ध महासंघले आज बिहान माइतीघरबाट प्रदर्शन गर्ने

पत्रकार पक्राउ र सञ्चारगृहमा गएर प्रहरीले सिर्जना गरेको आतंकविरुद्ध नेपाल पत्रकार महासंघले आज बिहान काठमाडौँ वृहत प्रदर्शन गर्ने भएको छ।  शनिबार बिहान ८ बजे माइतीघर मण्डलाबाट प्रदर्शन सुरु गरिने महासंघले जनाएको छ। शुक्रबार साँझ सादा पोसाकका प्रहरीले समाचार कक्षमै प्रवेश गरेर नेपालप्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत, मोटि... ...

नेपालखबर
खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक
ताजा खबरJust now

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर। राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) अवस्थाको विश्लेषण गरी तयार पारेको सूचकाङ्क सहितको तथ्याङ्क प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा नेपालमा खानेपानी तथा सरसफाइको अवस्था विषयक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी लक्ष्मी बस्नेतले खानेपानी तथा सरसफाइका क्षेत्रमा प्राथमिकताका साथ गर्नुपर्ने विकास र पूर्वाधार ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play