Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/चक्रवात ‘अर्नब’को प्रभावले तीन प्रदेशमा भारी वर्षाको सम्भावना, भोलिदेखि मौसममा केही सुधार हुने

चक्रवात ‘अर्नब’को प्रभावले तीन प्रदेशमा भारी वर्षाको सम्भावना, भोलिदेखि मौसममा केही सुधार हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
चक्रवात ‘अर्नब’को प्रभावले तीन प्रदेशमा भारी वर्षाको सम्भावना, भोलिदेखि मौसममा केही सुधार हुने

काठमाडौँ। बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभाव हाल देशभर रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशभर अधिकांश स्थानमा बादल लागेको बताएको छ। अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो सबै प्रदेशमा बादल लाग्नेछ। कोशी, मधेस र बागमती प्रदेशका अधिकांश, गण्डकी प्रदेशका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। त्यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हल्का वर्षा तथा कोशी, मधेस र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरी, आज राति देशभर बादल लाग्नेछ। हिमाली भेगका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। कोशी, गण्डकी प्रदेशको पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। सम्भावित वर्षाका कारण धानबाली भित्राउनेलगायत कृषि कार्य आज र भोलि नगर्न अनुरोध गर्दै महाशाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन तथा पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान अनुरोध गरेको छ। साथै, त्यस्ता क्षेत्रमा पुगिसकेका पर्यटकलाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ। वर्षासँगै चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान र सडक छेउमा पहिरो खस्ने तथा सडक र हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ। साथै, महाशाखाले भोलि अपराह्नदेखि भने यसको प्रभाव क्रमशः कमजोर हुँदै जाने जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

बाढीपहिरोले पाँच स्थानका सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने
ताजा खबरJust now

बाढीपहिरोले पाँच स्थानका सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ। बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका विभिन्न सडक अवरुद्ध भएका छन्। यसैगरी, सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै मकवानपुर र ललितपुर जोड्ने कान्तिलोकपथमा राति सवारी आवागमन बन्द गरिएको छ। गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीको फलामे मोटरेबल पुल बुढीगण्डकी बाढीले बगाएपछि ती दुई वडाबीचको सडक सम्पर्क विच्छेद भएको छ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित पिन्थली र वडा नं ८ को गिम्दीबेँसीमा पहिरो खसेपछि ...

नेपालन्युज
अमेरिकाले युक्रेनलाई ५०० प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्ने
ताजा खबरJust now

अमेरिकाले युक्रेनलाई ५०० प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्ने

अमेरिकाले युक्रेनलाई ५०० वटा प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र बिक्री गर्न स्वीकृति दिएको छ। रुसको बढ्दो हवाई आक्रमणबाट बच्न युक्रेनलाई अत्यावश्यक मानिएका यी क्षेप्यास्त्रको मूल्य २.१ अर्ब अमेरिकी डलर (करिब १.६... ...

रातोपाटी
भिडियोः विचौलिया-न्यायाधीश सम्बन्धले न्यायालय विवादमा, छानबिन कसरी?
ताजा खबरJust now

भिडियोः विचौलिया-न्यायाधीश सम्बन्धले न्यायालय विवादमा, छानबिन कसरी?

फुयाँलको बयानपछि न्यायाधीश र विवादित विचौलियाबीचको सम्बन्धबारे बहस चर्किएको छ, जसले सर्वोच्चको बैठकलाई थप चासोको विषय बनाएको छ। ...

कान्तिपुर
फूल आयतमा रोक लगाएपछि व्यावसायिक फूलखेतीमा किसानको आकर्षण बढ्दै
ताजा खबरJust now

फूल आयतमा रोक लगाएपछि व्यावसायिक फूलखेतीमा किसानको आकर्षण बढ्दै

बाँके। भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको आकर्षण बढ्दै गएको छ। नेपालगन्ज, कोहलपुर, खजुरा र जानकी गाउँपालिकामा किसानले यो वर्ष व्यावसायिक फूल खेती गरेको फ्लोरी कल्चर एसोसिएसन नेपालकी केन्द्रीय सदस्य तथा नेपालगञ्जकी पुष्प व्यवसायी बिन्दु चर्तीमगरले बताइन्। नेपालगन्ज उपमहानगरपालिका–२० निवासी विन्दुले व्यावसायिक फूलखेती गर्न थालेको करिब एक दशक भयो। अन्य समयको तुलनामा तिहारमा फूलको माग धान्नै नसकिने उनको अनुभव ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play