चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन । बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा बढीको खसी-बोकाको कारोबार हुने अनुमान गरिएको छ। दसैँको सुरुआतसँगै जिल्लामा मासुको व्यापार उल्लेख्य रूपमा बढेको छ। मासु व्यवसायी सङ्घ चितवनका अध्यक्ष गणेशप्रसाद कँडेलका अनुसार दसैँको अवधिमा मात्रै १५ हजारभन्दा बढी खसी-च्याङ्ग्रा बिक्री हुने र त्यसबाट ३० करोड रुपैयाँ बराबरको कारोबार हुने आकलन गरिएको छ। यो तथ्याङ्कमा घरमै उत्पादन गरी खपत गरिएका खसी-बोका समावेश छैनन्। गत वर्षको दसैँमा करिब १० हजार खसी-च्याङ्ग्रा बिक्री भएकोमा यसपालि घटस्थापनादेखि नै माग बढेकाले खपत अझै बढ्ने व्यवसायीको भनाइ छ। जिल्लामा रहेका एक हजारभन्दा बढी मासु पसलमध्ये १५० वटा पसलमा खसीको मात्र मासु बिक्री हुने गर्छ। विगत पाँच वर्षदेखि चितवनका मासु व्यवसायीले भारतीय खसी-बोका आयात गरेका छैनन्। स्थानीय स्तरमै सञ्चालित सहकारीहरूले उत्पादन बढाएपछि भारतबाट खसी ल्याउनुपर्ने बाध्यता हटेको अध्यक्ष कँडेलले बताए। हाल चितवनबाट उत्पादित खसी काठमाडौँ पठाइनुका साथै जिल्लाभित्र भने गोरखा, धादिङ, नवलपरासी र तनहुँबाट आपूर्ति भइरहेको छ। हाल चितवनको बजारमा जिउँदो खसीको मूल्य प्रतिकिलो ७०० रुपैयाँभन्दा बढी छ भने तयारी मासु प्रतिकिलो एक हजार दुई सय रुपैयाँमा बिक्री भइरहेको छ। यस्तै यसपालि मुस्ताङका साथै जुम्ला, बझाङ र डोल्पाबाट गरी तीन हजारभन्दा बढी च्याङ्ग्रा चितवन भित्रिएका छन्। दसैँमा कुखुराको मासुको बिक्री भने तुलनात्मक रूपमा कम हुने र करिब चार करोड रुपैयाँको कारोबार हुने अनुमान छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते
दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। ...

दशैंसँगै कलंकीमा खसी, बोका र च्याङ्ग्रा व्यापार सुरु ( फाेटाे फिचर )
• बडादशैंको तयारीसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा र कुखुराको व्यापार सुरु भएको छ। • व्यापारीहरूले चाडपर्वको लागि आवश्यक पशुपन्छीको बिक्री सडक किनारमा व्यवस्थित रूपमा गर्दैछन्। • दशैंको समयमा खसीबोका र च्याङ्ग्राको माग बढ्ने भएकाले उपभोक्ताहरूले मूल्य र गुणस्तरको तुलना गर्दै खरिद गर्न थालेका छन्। ...

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं.२ को अधिवेशन सम्पन्न, सभापतिमा विश्वास बोगटी चयन
• नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. २ को नियमित क्षेत्रीय अधिवेशन सम्पन्न, विश्वास बोगटी क्षेत्रीय सभापति चयन। • विभिन्न समूह र समावेशी क्लस्टरअन्तर्गत महाधिवेशन प्रतिनिधिहरूको चयन गरिएको छ, जसमा पुरुष, महिला, समावेशी र युवा प्रतिनिधिहरू समावेश छन्। • अधिवेशनसँगै विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रम पनि आयोजना गरिएको थियो। ...

माझी समुदायले मनाउँछन् ‘पितरा पर्व’ १०४०
काभ्रेपलाञ्चोक। माझी समुदायले परापूर्वकालदेखि दसैँको टीका तथा तिहारमा भाइ–टीकाको भोलिपल्टदेखि तीन दिनसम्म ऐतिहासिक–अनौठो ‘पितरा पर्व’ मनाउने गर्दछन् । प्रत्येक वर्ष विजयादशमीको भोलिपल्ट अर्थात् पापांकुशा एकादशीको दिन र तिहारको भाइटीकाको भोलिपल्ट... ...


