चालु वर्ष विपद्बाट ३८६ जनाको मृत्यु, सर्पदंशबाट मात्रै ११० जनाको ज्यान

काठमाडौं । चालु आर्थिक वर्ष २०८३ को वैशाख १ देखि कात्तिक ३ गतेसम्म देशभर भएका ७ हजार ४३९ वटा विपद्का घटनामा ३८६ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा धेरै मानवीय क्षति सर्पदंशबाट भएको छ । प्राधिकरणको तथ्यांकअनुसार सर्पदंशबाट मात्रै ११० जनाको मृत्यु भएको छ भने १ हजार ५२५ जना घाइते भएका छन् । उक्त अवधिमा सर्पदंशका १ हजार ६२२ घटना भएका छन्, जसबाट १ हजार ६२७ परिवार प्रभावित भएका छन् । कुल २ हजार ४३३ जना घाइतेमध्ये ६२ प्रतिशतभन्दा बढी सर्पदंशका कारण घाइते भएका छन् । यसले सर्पदंशको जोखिम न्यूनीकरण, प्राथमिक उपचार र एन्टिस्नेक भेनमको उपलब्धतामा ध्यान दिनुपर्ने देखाएको छ । पहिरोबाट ७६ र बाढीबाट ४१ जनाको मृत्यु प्राधिकरणका अनुसार यस अवधिमा पहिरोबाट दोस्रो ठूलो मानवीय क्षति भएको छ । देशभर १ हजार ७०९ स्थानमा पहिरो जाँदा ७६ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता र ७५ जना घाइते भएका छन् । पहिरोबाट १ हजार ४२६ परिवार प्रभावित भएका छन् । त्यस्तै, ४६० स्थानमा बाढी आउँदा ४१ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । बाढीबाट १ हजार ३४८ परिवार प्रभावित भएका छन् । बाढी र पहिरोमा गरी १४ जना बेपत्ता रहेकाले मृतकको संख्या बढ्न सक्ने जोखिम छ । यस अवधिमा चट्याङका ३३३ घटनामा ३६ जनाको मृत्यु भएको छ भने २०४ जना घाइते भएका छन् । चट्याङका कारण ४०३ परिवार प्रभावित भएका छन् । आगलागी र वन्यजन्तुको आक्रमणबाट पनि क्षति प्राधिकरणको तथ्यांकअनुसार देशभर १ हजार ५०७ स्थानमा आगलागी हुँदा २९ जनाको मृत्यु भएको छ भने २१९ जना घाइते भएका छन् । आगलागीबाट १ हजार ६३९ परिवार प्रभावित भएका छन् । हिमाली तथा उच्च पहाडी क्षेत्रमा लेक लाग्ने समस्याका ७२ घटनामा २६ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् । त्यस्तै, मानव–वन्यजन्तु द्वन्द्वअन्तर्गत जनावरको आक्रमणका ३९८ घटनामा २१ जनाको मृत्यु भएको छ भने २४१ जना घाइते भएका छन् । छ वटा हिमपहिरोका घटनामा १९ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । हावाहुरीका ५३७ घटनामा १६ जनाको मृत्यु भएको छ भने १ हजार ४९५ परिवार प्रभावित भएका छन् । त्यस्तै, भारी वर्षाका ५८४ घटनामा सात जनाको मृत्यु भएको प्राधिकरणको तथ्यांक छ । पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु प्राधिकरणका अनुसार कात्तिक २ गते बिहान १० बजेदेखि कात्तिक ३ गते बिहान १० बजेसम्मको २४ घण्टामा देशका २१ जिल्लामा २४ वटा विपद्का घटना भएका छन् । यस अवधिमा आगलागीका १८ घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पाँच जिल्लामा भएका सर्पदंशका पाँच घटनामा नौ जना घाइते भएका छन् । त्यस्तै, जनावरको आक्रमणका एक घटनामा एक जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा विपद्का कारण कुल एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । यस अवधिमा १८ लाख २ हजार ५०० रुपैयाँ बराबरको अनुमानित आर्थिक क्षति भएको छ भने १६ वटा चौपाया मरेका छन् । विपद् प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि १४१ जना प्रहरी परिचालन गरिएको प्राधिकरणले जनाएको छ । ९ हजार ५२५ परिवार प्रभावित वैशाख १ देखि कात्तिक ३ गतेसम्म भएका ७ हजार ४३९ विपद्का घटनामा ३८६ जनाको मृत्यु, १४ जना बेपत्ता र २ हजार ४३३ जना घाइते भएका छन् । उक्त अवधिमा ९ हजार ५२५ परिवार प्रभावित भएका छन् । मौसम परिवर्तन, सुक्खा मौसमको सुरुवात र हिउँद नजिकिँदै गर्दा आगलागी तथा चिसोबाट हुन सक्ने जोखिमप्रति सतर्क रहन प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ । साथै, विपद्सम्बन्धी पूर्वसूचना तथा जानकारीका लागि आधिकारिक माध्यमको प्रयोग गर्न अनुरोध गरेको छ । नोटः यस तथ्यांकमा भोटेकोशी बाढी र कालीगण्डकी बाढीका घटना समावेश गरिएको छैन । – न्युज एजेन्सी नेपाल
Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार
Related News

१२ गाउँ-२ : एक्सनको पुनरावृत्ति, कथामा रिक्तता
'१२ गाउँ'ले एक्सन विधालाई एकपटक ब्युँताए पनि डेढ दशकयता रूपान्तरणको बाटोमा हिँडिरहेको नेपाली फिल्म क्षेत्रमा विराजचाहिँ कहिले ब्युँझने हुन्, त्यो भने हेर्न बाँकी छ । ...

पानीमा बिलाएको एउटा गाउँ जहाँ 'कोहिनूर हीरा भेटिन्थ्यो', अहिले पनि खोजिन्छ
BBC ऐतिहासिक अभिलेखका अनुसार कम्तीमा ८०० वर्ष पहिले कोल्लूर गाउँ विश्व प्रसिद्ध कोहिनूर हीरा खानीको लागि परिचित थियो जब सडकमा हीराको थुप्रो लगाएर बेचबिखनको प्रसङ्ग आउँछ, दक्षिण भारतस्थित विजयनगर साम्राज्यको नाम मानिसहरूको ...

खानामा स्वादसँगै संस्कृति
काठमाडौं।खाना जिब्रोको स्वादका लागि मात्र नभई शारीरिक स्वास्थ्यका लागि पनि खानुपर्छ। जिब्रोलाई मिठो लाग्ने सबै खानाले स्वास्थ्यमा राम्रो गर्छ भन्ने हुँदैन। त्यसैले स्वादसँगै खानाको पोषण र स्वास्थ्यमा पर्ने असरबारे पनि ध्यान दिनुपर्छ। नेपालका कतिपय परिकार संस्कार र संस्कृतिसँग जोडिएका छन्। कुन पर्व वा उत्सवमा के खाने भन्ने परम्परा नै बनेको छ। तर, बजारमा नयाँनयाँ परिकारको प्रचलन बढ्दै जाँदा परम्परागत र रैथाने ...

मुन्दुममा डुबेको मिङमार मन्दुमी
गाउँमा आयोजना हुने विवाह होस् वा अन्य मुन्दुमी उत्सवहरु । सानो उमेरका मिङमार खालिङ पाको उमेरका पूर्खाहरुसँग चुलाको छेउमा मुन्दुमी कार्य गरिरहेका हुन्थे । उनका दौंतरीहरु आँगनमा रमाइलो गर्दै नाचिरहँदा... ...


