Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँको विद्युत निर्यात

Share:WhatsAppFacebookX (Twitter)Telegram
चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँको विद्युत निर्यात
Photo / Coverage: टक्सार

काठमाडौँ । चालु आर्थिक वर्ष (आ.व.० २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत निर्यात गरिएको छ । नेपाल विद्युत प्राधिकरणले साउनदेखि कात्तिकसम्म देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत भारत र बंगलादेशतर्फ निर्यात गरेको हो । प्राकिरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिष्पर्धी दरमा विक्री गर्दै आएको छ । साथै, द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरेक वर्ष जुन–अक्टोबरसम्म भारतका हरियाणा र बिहार राज्यमा पनि विद्युत् निर्यात भइरहेको छ । त्यस्तै, नेपाल, भारत र बंगलादेशका निकायबीचको त्रिपक्षीय सम्झौता बमोजिम बंगलादेश पनि विद्युत निर्यात हुँदै आएको छ । वर्षायामका छ महिनामा अर्थात् प्रत्येक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेशतर्फ विद्युत निर्यात हुँदै आएको छ । भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ र बंगलादेशसँगको व्यापार अमेरिकी डलरमा हुने व्यवस्था छ । प्राधिकरण केन्द्रिय भुक्तानी विभागको प्रारम्भिक तथ्याङ्कअनुसार उक्त अवधिमा विद्युत निर्यातबाट २० अर्ब ४८ करोड ३७ लाख रुपैयाँ प्राप्त भएको छ । चार महिनाको औसत विद्युत विक्रीदर प्रतियुनिट ८ रुपैयाँ ५८ पैसा रहेको छ । कात्तिक महिनामा ५२ करोड ९३ लाख युनिट विद्युत निर्यात गरी ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ प्राप्त भएको छ । उक्त महिनाको औसत विद्युत विक्री दर प्रतियुनिट ७ रुपैयाँ ६८ पैसा रहेको थियो । असोज महिनामा सबैभन्दा बढी ६५ करोड ९ लाख युनिट विद्युतनिर्यात भएको छ ।उक्त महिनामा ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । यस महिनाको औसत विक्री दर प्रतियुनिट ९ रुपैयाँ ३१ पैसा रहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले भदौ र असोज महिनामा त्रिशूली तथा कालीगण्डकी नदीमा आएको बाढीका कारण विद्युत उत्पादन तथा प्रसारणतर्फका संरचनामा क्षति पुगेर केही आयोजनाको उत्पादन बन्द हुँदा यस वर्ष विद्युत निर्यात प्रभावित भएको बताए । उनले निर्यातका लागि स्वीकृति पाएका केही आयोजनामा क्षति पुगे पनि आन्तरिक खपतपछि वचत भएको विद्युत उल्लेख्य परिमाणमा निर्यात गर्न प्राधिकरण सफल भएको बताए । गत आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले ३ अर्ब ९७ करोड युनिट विद्युतनिर्यात गरी २९ अर्ब ३१ करोड रुपैयाँ प्राप्त गरेको थियो । सोही अवधिमा १ अर्ब १७ करोड युनिट विद्युत आयात गरी १० अर्ब ५६ करोड रुपैयाँ भुक्तानी गरिएको थियो । गत आवमा विद्युत आयातभन्दा निर्यातबाट १८ अर्ब ७५ करोड रुपैयाँ बढी आम्दानी भएको थियो । यससँगै नेपाल विगत दुई वर्षबाट विद्युतको खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनिरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
वैदेशिक रोजगार ऐन १९ वर्षपछि व्यापक संशोधन गर्दैछौँः मन्त्री यादव
Latest NewsJust now

वैदेशिक रोजगार ऐन १९ वर्षपछि व्यापक संशोधन गर्दैछौँः मन्त्री यादव

काठमाडाैँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले श्रम, रोजगारी र वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका बेथिति हटाउन सरकारले नीतिगत तथा कानूनी सुधारको काम अघि बढाइरहेको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले वर्षौंदेखि थुप्रिएका समस्या र विगतका कमी कमजोरी सच्याउँदै श्रम तथा रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन लागिएको बताएका हुन् । उनले वैदेशिक रोजगार ऐन ...

टक्सार
पशुपतिमा बाला चतुर्दशीको तयारी सुरू, सुरक्षा व्यवस्थापनमा जुट्यो कोष
Latest NewsJust now

पशुपतिमा बाला चतुर्दशीको तयारी सुरू, सुरक्षा व्यवस्थापनमा जुट्यो कोष

काठमाडौं । यही मंसिर २१ गते सोमबार पशुपति क्षेत्रमा मनाइने बाला चतुर्दशी पर्वको तयारी सुरु भएको छ । पर्वको तयारी तथा व्यवस्थापनका सम्बन्धमा पशुपति क्षेत्र विकास कोषले सम्बन्धित सुरक्षा निकायका प्रतिनिधिहरूसँग सुरक्षा व्यवस्थापन बैठक सम्पन्न गरेको छ । कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न सुरक्षा बैठक गरी आवश्यक तयारी अघि बढाइएको जानकारी दिए । पर्वका ...

कर्पोरट खबर
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
Latest NewsJust now

रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी

चितवन । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । लामो समयदेखि अलपत्र रत्ननगर सभाहलको आज निरीक्षण गर्दै... ...

रातोपाटी
‘टेक ब्रदरहुड’को सार्वभौमिकता मोह
Latest NewsJust now

‘टेक ब्रदरहुड’को सार्वभौमिकता मोह

केही शताब्दीदेखि राष्ट्र-राज्यहरूले अन्तर्राष्ट्रिय व्यवस्थाको स्वरूप निर्धारण गर्दै आएका छन्। मानव समाजको ठूलो हिस्सामाथि शासन गर्दै आएका राष्ट्र–राज्य आधुनिक युरोपमा विकसित भए र उपनिवेशवादमार्फत विश्वका विभिन्न भूभागमा फैलिएका थिए। दोस्रो विश्वयुद्धपछि उपनिवेशवाद अन्त्य हुँदै जाँदा उनीहरूको संरचना विश्वव्यापी बन्यो। राष्ट्र–राज्यको सबैभन्दा महत्त्वपूर्ण विशेषता आफ्नो भूभाग र त्यहाँका नागरिकमाथि बाह्य हस्तक्षेपबिना शासन गर्ने अधिकार हो। यही अधिकारलाई सार्वभौमिकता भनिन्छ। तर अहिले सार्वभौमिकताको ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement