Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

वैदेशिक रोजगार ऐन १९ वर्षपछि व्यापक संशोधन गर्दैछौँः मन्त्री यादव

Share:WhatsAppFacebookX (Twitter)Telegram
वैदेशिक रोजगार ऐन १९ वर्षपछि व्यापक संशोधन गर्दैछौँः मन्त्री यादव
Photo / Coverage: टक्सार

काठमाडाैँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले श्रम, रोजगारी र वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका बेथिति हटाउन सरकारले नीतिगत तथा कानूनी सुधारको काम अघि बढाइरहेको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले वर्षौंदेखि थुप्रिएका समस्या र विगतका कमी कमजोरी सच्याउँदै श्रम तथा रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन लागिएको बताएका हुन् । उनले वैदेशिक रोजगार ऐन १९ वर्षपछि व्यापक संशोधन गर्न लागिएको जानकारी दिए । त्यस्तै, संघीयता कार्यान्वयनमा आएपछि संशोधन हुन नसकेको राष्ट्रिय युवा ऐनलाई पनि समय र आवश्यकताअनुसार परिमार्जन गरिरहेको उनले बताए । राष्ट्रिय रोजगार ऐन निर्माणको काम भइरहेको उल्लेख गर्दै मन्त्री यादवले सामाजिक उद्यमशीलतालाई पनि उक्त ऐनमा समेट्ने घोषणा गरे । उनले राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष ३५ वर्षमुनिको युवा हुने व्यवस्था प्रश्ताव गरिएको जानकारी दिँदै नयाँ अवसर सिर्जना गर्नुका साथै ती अवसरलाई दिगो बनाउन बलियो नीतिगत आधार तयार गर्नु सरकारको प्राथमिकता रहेको बताए। मन्त्री यादवले नीति, ऐन तथा नियमावलीमा सुधार गरी प्रणालीप्रति नागरिकको विश्वास बढाउने काम भइरहेको पनि उल्लेख गरे । उनले भने, “श्रम, रोजगारी र वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका बेथितिहरु हटाइरहेका छौँ । वर्षौंदेखि थुप्रिएका फोहोर सफा गरिरहेका छौँ । विगतका काम, कमी कमजोरी सच्याइरहेका छौँ । समय र आवश्यकताअनुसार नीति, ऐन र नियमावली सुधार गरिरहेका छौँ । प्रणालीप्रति नागरिकको विश्वास बढाउन काम गरिरहेका छौँ । नभएको राष्ट्रिय रोजगार ऐन निर्माण गरिरहेका छौँ । आज उठेको सामाजिक उद्यमशिलता आउने राष्ट्रिय रोजगारमा समेट्नेछु भनेर यहीबाट घोषणा गर्दछु । वैदेशिक रोजगार ऐनमा १९ वर्षपछि म सायद पहिलो मन्त्री हो, व्यापक संशोधन गरिरहेको छु । संघीयता आएपश्चात संशोधन नभएको राष्ट्रिय युवा ऐनलाई समय सापेक्ष र आवश्यकताअनुसार संशोधन गरिरहेका छौँ । जसमा राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष नेपालकै इतिहासमा पहिलो पटक ३५ वर्ष मुनिको युवा हुनेछ भनेर प्रश्ताव गरिएको छ । पोलिसी रिफर्मका कामहरु पनि उत्तिकै महत्वपूर्ण छन् । नयाँ अवसरहरु सिर्जना गर्नु जति आवश्यक छ, ति अवसरहरु फस्टाउन बलियो आधार तयार गर्नु पनि त्यत्तिकै आवश्यक छ । हामी त्यही गरिरहेका छौँ ।” मन्त्री यादवले सरकारले युवासँग मिलेर नीति बनाउन चाहेको बताए । नयाँ अवसरको सिर्जना गर्न पनि सरकार युवासँग मिलेर अघि बढ्ने उद्घोष गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
शेख हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नीसहित तीन जना पक्राउ
Latest NewsJust now

शेख हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नीसहित तीन जना पक्राउ

काठमाडाैँ। बङ्गलादेशको ढाका महानगरीय प्रहरीको गुप्तचर शाखाले पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा आइतबार बिहान पक्राउ गरेको... ...

रातोपाटी
फकल्यान्ड नजिक तेल उत्खनन रोक्ने अर्जेन्टिनाको प्रयास असफल
Latest NewsJust now

फकल्यान्ड नजिक तेल उत्खनन रोक्ने अर्जेन्टिनाको प्रयास असफल

काठमाडौँ । फकल्यान्ड टापु नजिक समुद्रमा तेल अन्वेषण तथा उत्खनन परियोजना रोक्न अर्जेन्टिनाले गरेको प्रयास असफल भएको छ । संयुक्त राष्ट्रसङ्घ समर्थित समुद्रसम्बन्धी अन्तर्राष्ट्रिय न्यायाधीकरणले अर्जेन्टिनाको माग सुनुवाइ गर्न आफ्नो... ...

रातोपाटी
मेडिकल कलेजको अवस्था बुझ्न डा. केसी बर्दिबासमा
Latest NewsJust now

मेडिकल कलेजको अवस्था बुझ्न डा. केसी बर्दिबासमा

महोत्तरी समाचारदाता महोत्तरी, मङ्सिर १३ गते । चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा. डा. गोविन्द केसी महोत्तरी जिल्लाको बर्दिबासमा प्रस्तावित मेडिकल कलेज निर्माण हुनुपर्ने मागसहित बर... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement