Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

चाबहिलसहितका क्षेत्रमा तीन घण्टा विद्युत् आपूर्ति बन्द

Share:WhatsAppFacebookX (Twitter)Telegram
चाबहिलसहितका क्षेत्रमा तीन घण्टा विद्युत् आपूर्ति बन्द
Photo / Coverage: पर्दाफास

चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर मर्मतसम्भार गर्नुपर्ने भएकाले काठमाडौंका विभिन्न क्षेत्रमा तीन घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आज बिहान ५ बजेदेखि ८ बजेसम्म चाबहिल सबस्टेसनबाट विद्युत् वितरण हुने क्षेत्रमा आपूर्ति बन्द रहने छ । विद्युत् आपूर्ति बन्द हुने क्षेत्रहरूमा चाबहिल, पशुपति, गौशाला, मित्रपार्क, जयबागेश्वरीलगायत आसपासका क्षेत्र रहेका छन् । प्राधिकरणले निर्धारित समयअघि नै मर्मतसम्भारको काम सम्पन्न भएमा सोहीअनुसार विद्युत् आपूर्ति नियमित गरिने जनाएको छ । मर्मतसम्भारका कारण ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत् प्राधिकरणले क्षमायाचना गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चुम्लिङटारको सिद्धार्थ रिभरसाइडमा रेस्टुरेन्ट सेवासँगै आवास र मनोरञ्जनका सुविधा विस्तार
OthersJust now

चुम्लिङटारको सिद्धार्थ रिभरसाइडमा रेस्टुरेन्ट सेवासँगै आवास र मनोरञ्जनका सुविधा विस्तार

१७ कात्तिक, चितवन । पृथ्वी राजमार्ग हुँदै काठमाडौं, पोखरा र पश्चिम नेपालका विभिन्न शहरमा यात्रा गर्नेहरूका लागि चितवनको चुम्लिङटारस्थित सिद्धार्थ रिभरसाइड रिसोर्ट विश्रामस्थलका रूपमा परिचित हुँदै गएको छ । काठमाडौं र पोखराको बीचतिर पर्ने चितवनको चुम्लिङटार लामो दूरीको यात्राका क्रममा खाना खान र केही समय आराम गर्न रोकिने स्थानमध्ये एक हो । पृथ्वी राजमार्गमा सडक… ...

अनलाइन खबर
काठमाडौँमा प्रहरीको स्वीप अपरेसन जारी, एक सातामा ६४० जना पक्राउ
OthersJust now

काठमाडौँमा प्रहरीको स्वीप अपरेसन जारी, एक सातामा ६४० जना पक्राउ

काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा एक सातामा ६४० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कात्तिक ९ देखि १६ गतेसम्म सञ्चालन गरिएको अभियानका क्रममा ५५९ पुरुष, ७८ महिला र तीन जना अन्य गरी ६४० जना पक्राउ परेका हुन्। पक्राउ परेकामध्ये विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार ...

पर्दाफास
एल निनोका कारण बोलिभियामा आपत्काल घोषणा
OthersJust now

एल निनोका कारण बोलिभियामा आपत्काल घोषणा

एल निनोका कारण उत्पन्न प्राकृतिक विपत्तिको सामना गर्न आवश्यक स्रोतसाधन परिचालन गर्ने उद्देश्यले बोलिभिया सरकारले आपत्काल घोषणा गरेको हो । ...

अनलाइन खबर
पृथ्वी राजमार्ग आज पनि २ घण्टाका लागि बन्द
OthersJust now

पृथ्वी राजमार्ग आज पनि २ घण्टाका लागि बन्द

पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटारमा आज पनि दुई घण्टा सवारी आवागमन बन्द हुने भएको छ । बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि मंगलबार बिहान ९ बजेदेखि ११ बजेसम्म सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । यसअघि सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन बन्द गरेर निर्माण ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play