Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

बेलायतमा केयर वर्करलाई पाँच वर्षमै स्थायी बसोबास, दुई लाख ८२ हजारलाई राहत

Share:WhatsAppFacebookX (Twitter)Telegram
बेलायतमा केयर वर्करलाई पाँच वर्षमै स्थायी बसोबास, दुई लाख ८२ हजारलाई राहत
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । बेलायतकी गृहमन्त्री शबाना महमुदले पहिले नै बसोबास गरिरहेका विदेशी केयर वर्करहरूलाई स्थायी बसोबासका लागि १५ वर्ष कुर्नुपर्ने प्रस्ताव फिर्ता लिएकी छन् । सांसदहरूको विरोधपछि गरिएको नीतिगत परिवर्तनबाट करिब दुई लाख ८२ हजार आप्रवासी लामो प्रतीक्षा अवधिबाट जोगिने भएका छन् । यससँगै प्रभावित हुने अनुमानित संख्या सात लाख ९९ हजारबाट घटेर पाँच लाख १७ हजारमा झरेको बीबीसीले जनाएको छ । महमुदले सांसदहरूलाई नयाँ नीति निष्पक्षतामा आधारित रहेको बताउँदै अपवादको व्यवस्थामा नपर्ने, वार्षिक ५० हजार पाउन्डभन्दा कम कमाउने आप्रवासीहरू भने स्थायी बसोबासको १० वर्षे प्रक्रियामै रहने स्पष्ट पारेकी छन् । नयाँ व्यवस्थाअनुसार, वार्षिक कम्तीमा २५ हजार पाउन्ड कमाउने र सन् २०२५ को मे भन्दा अगाडि बेलायत आइपुगेका विदेशी केयर वर्करहरू पाँच वर्षपछि अनिश्चितकालीन बसोबास अनुमति (आईएलआर)का लागि योग्य हुनेछन् । तर, छाया विदेशमन्त्री क्रिस फिलिपले यसलाई सरकारको निर्णय परिवर्तन भन्दै यसबाट करदातालाई १० अर्ब पाउन्डसम्म भार पर्न सक्ने दाबी गरेका छन् । आईएलआर पाएपछि व्यक्तिले बेलायतमा अनिश्चितकालसम्म बस्न, काम गर्न र अध्ययन गर्न पाउँछन् । योग्यताअनुसार सरकारी सुविधाका लागि पनि आवेदन दिन सक्छन् । प्रधानमन्त्री एन्डी बर्नह्यामले सुधारलाई समर्थन गर्दै समुदायमा महत्त्वपूर्ण योगदान गर्ने विदेशी कामदारलाई त्यसअनुसार मूल्यांकन गर्नु न्यायोचित हुने बताएका छन् । ब्रेक्जिटपछि बेलायतमा आप्रवासन बढेको पृष्ठभूमिमा सरकारले योगदानका आधारमा स्थायी बसोबासको व्यवस्था अघि सारेको हो । नयाँ ‘सेटलमेन्ट’ नीतिका मुख्य व्यवस्था वार्षिक कम्तीमा २५ हजार पाउन्ड कमाउने र मे २०२५ अघि बेलायत आएका केयर वर्करले पाँच वर्षपछि स्थायी बसोबासका लागि आवेदन दिन सक्नेछन् । केयर भिसा प्रणालीमा भएको दुरुपयोगलाई सम्बोधन गर्ने उद्देश्यले सरकारले यो व्यवस्था गरेको हो । प्रारम्भिक भिसाका सर्त पूरा गर्न नसकेका केही केयर वर्करलाई वेलायतलाई नयाँ पाँच वर्षे भिसा दिनेछ । यसबाट उनीहरूले ठगी गर्ने वा शोषणकारी प्रायोजकबाट अलग भएर नयाँ रोजगारदाता खोज्न सक्नेछन् । यस्तो प्रक्रियामा सरकारी सहयोग पनि उपलब्ध हुनेछ । नयाँ सुरक्षित तथा कानुनी मार्गबाट बेलायत आउने शरणार्थीलाई पाँच वर्षपछि स्थायी बसोबासका लागि आवेदन दिन सक्ने व्यवस्था बेलायतले गरेको छ । साना डुंगामार्फत इङ्लिस च्यानल पार गर्नेलगायत गैरकानुनी माध्यमबाट बेलायत प्रवेश गर्ने व्यक्तिले सामान्यतः स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्नेछ । काम वा अध्ययन नगर्नेहरूका हकमा थप १० वर्ष जोडिने व्यवस्था छ, जसले प्रतीक्षा अवधि ३० वर्षसम्म पुर्‍याउन सक्ने बताइएको छ । बीबीसी र इन्डिपेन्डेन्टबाट ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘द बिग शो’ ले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास
Latest NewsJust now

‘द बिग शो’ ले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

अस्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । ‘द बिग शो’ उपनामले परिचित ३८ वर्षीय म्याक्सवेलले १४ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट करियरको अन्त्य गर्ने निर्णय लिएका हुन् । म्याक्सवेलले ‘द फाइनल वर्ड’ पोडकास्टमा बोल्दै अन्तर्राष्ट्रिय क्रिकेटसँगै घरेलु क्रिकेटबाट पनि अलग हुने बताएका छन् । उनले भिक्टोरियाका लागि खेल्दै आएको घरेलु क्रिकेट करियरसमेत टुंग्याउने जानकारी दिएका हुन् । सन् ...

फरकधार
सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्किँदा एकको मृत्यु, अर्का एक जना घाइते
Latest NewsJust now

सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्किँदा एकको मृत्यु, अर्का एक जना घाइते

काठमाडौं । सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार, फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा ल्याण्डिङको क्रममा ठोक्किएर दुर्घटना भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार, फेरिचे हेलिप्याडमा अवतरणको […] ...

लोकपथ
सोलुखुम्बुमा  ल्यान्डिङ गर्ने क्रममा दुई हेलिकोप्टर ठोक्किए, एकजनाको मृत्यु
Latest NewsJust now

सोलुखुम्बुमा  ल्यान्डिङ गर्ने क्रममा दुई हेलिकोप्टर ठोक्किए, एकजनाको मृत्यु

काठमाडौँ । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा ल्यान्डिङ गर्ने क्रममा फिस्टेल र डायनेस्टी एयरका दुई हेलिकोप्टर ठोक्किएका छन् । सो दुर्घटनामा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते... ...

रातोपाटी
कालीमाटीमा आज कुन तरकारीको मूल्य कति ?
Latest NewsJust now

कालीमाटीमा आज कुन तरकारीको मूल्य कति ?

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा ...

कृषि ज्ञान
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play