Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/चाडपर्वमा हुन सक्ने साइबर ठगी रोक्न विशेष व्यवस्था गर्न राष्ट्र बैंकले किन निर्देशन दिनु परेको?

चाडपर्वमा हुन सक्ने साइबर ठगी रोक्न विशेष व्यवस्था गर्न राष्ट्र बैंकले किन निर्देशन दिनु परेको?

Share:WhatsAppFacebookX (Twitter)Telegram
चाडपर्वमा हुन सक्ने साइबर ठगी रोक्न विशेष व्यवस्था गर्न राष्ट्र बैंकले किन निर्देशन दिनु परेको?

PA नेपाल राष्ट्र बैङ्कले चाडपर्वका बेला हुनसक्ने 'साइबर फ्रड' अनलाइन ठगीका घटनालाई तत्काल सम्बोधन गर्ने उद्देश्यले 'फोकल पर्सन' (निश्चित व्यक्ति) तोक्न निर्देशन दिएको जनाएको छ।राष्ट्र बैङ्क तथा वित्तीय संस्था नियमन विभागले क, ख र ग वर्गका सबै ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई साइबर सुरक्षाको जोखिम न्यूनीकरण गर्न यस्तो व्यवस्था मिलाउन यस्तो सूचना जारी गरिएको जनाएको हो।त्यस्तो निर्देशनसँगै ब्याङ्कहरूले 'फोकल पर्सन' तोक्न थालेको र यसले 'फ्रड' अर्थात् ठगी नियन्त्रणका लागि सघाउ पुग्ने नेपाल ब्याङ्कर्स एशोसियशनले जनाएको छ।पछिल्ला वर्षहरूमा अनलाइन कारोबार बढेसँगै साइबर फ्रड तथा अनलाइन ठगीका घटनाहरू बढेको र चाडपर्वका बेला त्यो अझै धेरै हुने गरेको बताइन्छ। वित्तीय अपराध रोक्न अब ब्याङ्कहरूले चौबिसै घण्टा समर्पित व्यवस्था गर्नु पर्नेकतै आशा, कतै आशङ्का : अर्थमन्त्रीले ब्याङ्कको कालोसूचीमा परेकालाई किन राहत दिन खोजेका हुन् ब्याङ्क तथा वित्तीय संस्थाहरूले तोकिएको फोकल पर्सनको नाम पद, मोबाइल नम्बर र सातै दिन र २४ घण्टा नै अनुगमन हुने ड्यूटी इमेल ठेगाना नेपाल प्रहरी प्रधान कार्यालयको इमेल ठेगाना cbpillar@nepalpolice.gov.np मा अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने राष्ट्र बैङ्कले जनाएको छ।राष्ट्र बैङ्कले दिएको निर्देशनमा अरू के छ? नेपाल राष्ट्र बैङ्कले कुनै पनि किसिमको साइबर फ्रड वा अनलाइन ठगीको गुनासो गर्ने बित्तिकै त्यसमाथि तत्कालै 'एक्सन' लिएर पैसा फिर्ता गर्न सकियोस् भन्ने कारणले यस्तो निर्देशन दिइएको जनाएको छ।"चाडपर्वका बेला विद्युतीय माध्यमबाट हुने आर्थिक ठगीका घटनाहरूको कारोबार विवरण समयमै उपलब्ध गराउन, शङ्कास्पद खाता तथा कारोबारको तत्काल पहिचान गरी रोक्का राख्न र समग्र अनुसन्धान प्रक्रियालाई सहज बनाउन ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई एक जिम्मेवार व्यक्ति तोक्न निर्देशन दिइएको छ," बैङ्कले आफ्नो विज्ञप्तिमा भनेको छ।"चाडपर्वका बेला डिजिटल कारोबार बढ्ने र यसैको मौका छोपेर आपराधिक गतिविधि तथा अनलाइन ठगीका घटनाहरू हुनसक्ने जोखिमलाई दृष्टिगत गर्दै राष्ट्र बैङ्कले सुरक्षा निकायसँगको समन्वयलाई थप मजबुत बनाउन यो कदम चालेको हो।" नेपालमा डिजिटल मुद्रा कानुनी मान्यता पाउने प्रक्रियामा, कार्यान्वयन कहिलेबाटमौद्रिक नीतिबारे तपाईँले थाहा पाउनुपर्ने मुख्य कुरा ब्याङ्कका प्रवक्ता गुरुप्रसाद पौडेलले चाडपर्वका बेला डिजिटल स्क्यामहरू हुने र पीडितहरूले उजुरी गर्दा लामो बिदाका कारणले ब्याङ्क तथा वित्तीय संस्थाहरूले प्रभावकारी प्रतिक्रिया जनाउन नसकेका कारण यस्तो निर्देशन दिइएको बताए।"विगतका अभ्यासहरूलाई मनन गरेर नेपाल प्रहरीको साइबर ब्यूरोको अनुरोध र नेपाल राष्ट्र बैङ्कले पनि विगतदेखि नै गर्न खोजिरहेका कारणले लामो बिदामा पनि रेस्पोन्सिभ हुनका लागि र घटना घटेपछिको गोल्डन आवरलाई क्याश गर्नका लागि एकजना फोकल पर्सन तयार राखिदिनको लागि सूचना जारी गरेका हौँ," प्रवक्ता पौडेलले भने।"चाडपर्वका बेला एकातिर मानिसहरूले पर्व मनाइरहेका बेला केहीले बदमासी गर्न लागिरहेका हुन्छन्। त्यो बेलामा फोकल पर्सनले ध्यान दिनुपर्छ भनेर ल्याइएको हो।"निर्देशनपछि ब्याङ्कहरू के गर्दैछन्?राष्ट्र बैङ्कको यस्तो निर्देशन नहुँदा नै पनि त्यसका लागि व्यवस्था त भएको तर अब अझै 'डेडिकेटेड' भएर चाडपर्व भरिका लागि व्यक्ति तोकिन थालेको नेपाल ब्याङ्कर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले बताए।"कुनै पनि प्रकारको उजुरी वा गुनासो आउने बित्तिकै तत्काल कदम चाल्ने र त्यसलाई साइबरमा पठाउने भनेर हामीले त्यस्तो संयन्त्र ब्याङ्कहरूमा बनाइरहेका छौँ," उनले भने।"चाडपर्वका बेला ह्याकरहरू अझ बढी सक्रिय हुने गर्छन्। त्यसको नियन्त्रणका लागि राष्ट्र बैङ्कले पनि सर्कुलर गर्‍यो। हामीले पनि त्यसबारे सोचिरहेका रहेका थियौँ। शतप्रतिशत नियन्त्रण नहोला तर त्यसले मद्दत गर्छ।" अनलाइन बेटिङको जालो तोड्न बालेन सरकारलाई किन सोचेजति सजिलो छैन'एटीएम'बाट पैसा झिक्ने सीमा घटाएको राष्ट्र ब्याङ्कले डिजिटल कारोबार बढाउन र सुरक्षित बनाउन के के गर्दै छ विगतमा ह्याकरहरूले एक मिनेटभित्रै रकम तीनवटा सम्म ब्याङ्कमा ट्रान्सफर गरेको रेकर्ड आफूहरूसँग रहेको उनले बताए।"यदि त्यस्तो घटना भइहाल्यो भने तत्कालै पैसा रोक्न गर्न सकियो वा ट्रान्सफर गरेको ब्याङ्कमा खबर गर्न सकियो र रोक्न सकियो भने पैसा जोगिन्छ," उनले भने।"ब्याङ्कमा ट्रान्सफर गर्ने बित्तिकै खबर आएपछि विगतमा पनि हामीले पैसा रोक्न सकेका उदाहरणहरू छन्।"ग्राहकले फ्रड भएको शङ्का लाग्ने बित्तिकै तोकिएको नम्बरमा खबर गर्दा त्यसलाई तत्कालै सम्बोधन गर्न सकिने उनी बताउँछन्।"ग्राहकले मेरो त पैसा लग्यो वा ह्याक गर्‍यो भन्ने बित्तिकै हामीले तत्कालै सबै बैङ्कहरूतिर र कता गयो भन्ने पत्ता लगाउँछौँ र होल्ड गर्छौँ। अनि साइबरलाई पनि खबर गरिदिन्छौँ," अध्यक्ष कोइरालाले भने।"त्यो पैसा व्यक्तिको खाताबाट गएर ब्याङ्कबाट पैसा निस्किएको छैन भने हामीले त्यो खातालाई होल्ड गराउन सक्छौँ। तर ट्रान्सफर भएर पैसा गइसकेको अवस्थामा साइबरमा गएर उजुरी गर्नुको विकल्प छैन।"ह्याकरहरूले कहिले केवाईसी अपडेट गर्ने भन्दै त कहिले ओटीपी शेअर गर्न वा कहिले स्क्रीन शेअर गर्न भन्दै रकम तान्ने गरेको उनले बताए।त्यसका लागि आफू ठगिन लागेको शङ्का लाग्ने बित्तिकै ब्याङ्कहरूले वा वित्तीय संस्थाले उपलब्ध गराएको नम्बरमा जानकारी गराउन अध्यक्ष कोइराला सुझाउँछन्।डिजिटल भुक्तानीको अवस्था नेपालमा अहिले कस्तो छ? BBC नेपाल राष्ट्र बैङ्कले डिजिटल भुक्तानीबारे तयार गरेको पछिल्लो विवरणले नेपालमा डिजिटल भुक्तानीको विस्तार तीव्र दरमा भइरहेको देखाउँछ।नेपालमा मोबाइल ब्याङ्किङ प्रयोगकर्ताहरू ३ करोडभन्दा बढी, वालेट खाताहरू करिब २ करोड ८० लाख र डेबिट कार्ड जारी भएको सङ्ख्या करिब १ करोड ४० लाख पुगेको राष्ट्र बैङ्कले जनाएको हो।पछिल्ला तथ्याङ्कहरूले एक महिनामा करिब ८ करोड पटक मोबाइल ब्याङ्किङमा कारोबार गरी करिब ६०० अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको देखाउँछन्।"मोबाइल ब्याङ्किङ अब ब्यालेन्स हेर्ने वा रकम ट्रान्सफर गर्ने साधनमा मात्र सीमित नरही आर्थिक गतिविधिको नियमित माध्यम बनेको देखिएको छ," राष्ट्र बैङ्कका प्रवक्ता पौडेलले भने।त्यस्तै पछिल्लो समय लोकप्रिय बन्दै गरेको क्यूआर भुक्तानीले खुद्रा कारोबारमा महत्त्वपूर्ण स्थान बनाएको उनी बताउँछन्।"एक महिनामै करिब साढे ७ करोड पटक कारोबार गरी करिब १६० अर्ब बराबरको रकम यो च्यानलबाट हुनु व्यापारी, सेवाग्राही र उपभोक्ताबीच डिजिटल भुक्तानीको प्रयोग विस्तार भएको सङ्केत हो।"बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

खस आर्यतर्फको कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी
ताजा खबरJust now

खस आर्यतर्फको कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले २ हजार ६४८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीलाई ४४९ मतको अन्तरले पराजित गरेका हुन्। सहमहामन्त्री पदको अन्तिम मतपरिणामअनुसार केसीले २ हजार १९९ मत प्राप्त गरेका छन्। त्यस्तै, अर्का उम्मेदवार दिनेश कोइरालाले १ हजार २४६ मत प्राप्त गर्दा ... ...

नेपालखबर
लेकसाइड–पञ्चासे सडक डेढ अर्ब लागतमा स्तरोन्नति हुँदै
ताजा खबरJust now

लेकसाइड–पञ्चासे सडक डेढ अर्ब लागतमा स्तरोन्नति हुँदै

लेखनाथ समाचारदातालेखनाथ, असोज २९ गते । पर्यटन राजधानी पोखराको लेकसाइडदेखि अर्को पर्यटकीय गन्तव्य पञ्चासेसम्म नमुना सडक निर्माण हुने भएको छ । पोखरा महानगरपालिकाका वडा नम्बर ६, १८ र... ...

गोरखापत्र
दसैँमा चार दिन फोहोर नउठ्ने, घरमै व्यवस्थापन गर्न महानगरको आग्रह
ताजा खबरJust now

दसैँमा चार दिन फोहोर नउठ्ने, घरमै व्यवस्थापन गर्न महानगरको आग्रह

काठमाडौं । दसैँको मुख्य दिनलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले कात्तिक १ देखि ४ गतेसम्म फोहोर व्यवस्थापन प्रभावित हुने जनाएको छ। चाडपर्व मनाउन सफाइ कर्मचारी बिदामा जाने भएपछि उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको हो। फोहोर व्यवस्थापनमा समस्या आउन सक्ने भन्दै महानगरपालिकाले उक्त अवधिमा घर, कार्यालय तथा व्यवसायबाट निस्कने फोहोर सडक र सार्वजनिक स्थानमा नफाल्न आग्रह गरेको ...

टक्सार
एमसीसीद्वारा नेपाल कम्याक्टको म्याद थप्न 'स्वीकृति', अब कार्यान्वयनको योजना कस्तो
ताजा खबरJust now

एमसीसीद्वारा नेपाल कम्याक्टको म्याद थप्न 'स्वीकृति', अब कार्यान्वयनको योजना कस्तो

MCC सन् २०१७ मा हस्ताक्षर भएको एमसीसी कम्प्याक्ट सन् २०२३ मा कार्यन्वयनको चरणमा प्रवेश गरेको थियो गत आर्थिक वर्षसम्म मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतका परियोजनामा २० प्रतिशतभन्दा कम प्रगति भएको विवरणमाझ नेपाल ...

बीबीसी नेपाली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play