Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/चाडपर्वमा काठमाडौं उपत्यकामा रगत अभाव छैनः रक्तसञ्चार सेवा केन्द्र

चाडपर्वमा काठमाडौं उपत्यकामा रगत अभाव छैनः रक्तसञ्चार सेवा केन्द्र

Share:WhatsAppFacebookX (Twitter)Telegram
चाडपर्वमा काठमाडौं उपत्यकामा रगत अभाव छैनः रक्तसञ्चार सेवा केन्द्र

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रले दसैँलगायत चाडपर्वका समयमा आकस्मिक उपचार, प्रसूति सेवा र नियमित डायलासिस गराइरहेका बिरामीका लागि आवश्यक रगतको अभाव नरहेको जनाएको छ। सोमबार न्युज एजेन्सीसँग कुरा गर्दै केन्द्रका प्रतिनिधि सञ्जीव यादवले हाल केन्द्रमा पर्याप्त रगत मौज्दात रहेको जानकारी दिनुभएको हो। चाडपर्वका समयमा रगतको माग बढ्न सक्ने अवस्थालाई ध्यानमा राखेर यसअघि नै विभिन्न स्थानमा रक्तदान शिविर सञ्चालन गरी रगत सङ्कलन गरिएको उहाँले बताउनुभयो। यद्यपि, नेगेटिभ समूहको रगतको माग आएमा व्यवस्थापनमा कठिनाइ हुन सक्ने उहाँले जानकारी दिनुभयो। केन्द्रले नेगेटिभ समूहको रगत नियमित रूपमा सङ्कलन गरेर नराख्ने भएकाले मागअनुसार तत्काल उपलब्ध गराउन केही समस्या हुने उहाँको भनाइ छ। यादवका अनुसार दसैँका समयमा नियमित स्वास्थ्य सेवाहरू प्रभावित हुन सक्ने भए पनि आकस्मिक उपचारका लागि आवश्यक रगतको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ। सडक दुर्घटनामा घाइते भएका व्यक्ति, प्रसूति सेवा लिनुपर्ने महिला तथा नियमित डायलासिस गराइरहेका बिरामीलाई रगतको आवश्यकता पर्ने भएकाले सम्भावित अवस्थालाई ध्यानमा राखेर मौज्दात व्यवस्थापन गरिएको उहाँले बताउनुभयो। उहाँले आकस्मिक अवस्थामा रगतको माग बढ्न सक्ने भएकाले नियमित रक्तदातासँग सम्पर्क र समन्वयसमेत गरिएको जानकारी दिनुभयो। आवश्यक परेमा तत्काल रगत उपलब्ध गराउन सेना तथा प्रहरीका जवानहरूसँग पनि समन्वय गरिएको उहाँको भनाइ छ। चाडपर्वका समयमा रक्तसञ्चार सेवा प्रभावित हुन नदिन आवश्यक जनशक्तिको व्यवस्थापन गरी नियमित कार्यतालिकाअनुसार सेवा सञ्चालन भइरहेको उहाँले बताउनुभयो। यादवले भन्नुभयो, “हाल हामीसँग रगतको उपलब्धता सहज छ। चाडपर्वका समयमा रगतको अभाव नहोस् भनेर हामीले निरन्तर रक्तदान शिविर सञ्चालन गर्‍यौँ। शिविरबाट सङ्कलित रगत दसैँमा समस्या नहोस् भनेर सञ्चित गरेका छौँ। आकस्मिक दुर्घटना, प्रसूति सेवा र नियमित डायलासिस गराइरहेका बिरामीका लागि आवश्यक रगतको व्यवस्था गरेका छौँ।” उहाँले नेगेटिभ समूहको रगतको माग आएमा भने व्यवस्थापनमा कठिनाइ हुन सक्ने उल्लेख गर्दै अन्य समूहको रगतको उपलब्धतामा तत्काल कुनै समस्या नरहेको बताउनुभयो। हाल रगतको अभाव नरहे पनि आकस्मिक आवश्यकता जुनसुकै बेला उत्पन्न हुन सक्ने भएकाले रक्तदान अभियानलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ छ। उहाँले रगतको उपलब्धता अझ सहज बनाउन इच्छुक नागरिकलाई रक्तदान गर्नसमेत आग्रह गर्नुभएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

महिला कबड्डी कप्तानको असन्तुष्टिपछि कबड्डी सङ्घले भन्यो– पुरस्कारसम्बन्धी नियम संशोधन गरियोस्
ताजा खबरJust now

महिला कबड्डी कप्तानको असन्तुष्टिपछि कबड्डी सङ्घले भन्यो– पुरस्कारसम्बन्धी नियम संशोधन गरियोस्

काठमाडौँ। महिला राष्ट्रिय कबड्डी टोलीकी कप्तान मानमति विष्टले खेलाडीलाई दिइने पुरस्कार रकम र राज्यको प्राथमिकताबारे असन्तुष्टि व्यक्त गरेपछि अखिल नेपाल कबड्डी सङ्घले यस विषयमा सरकारको ध्यानाकर्षण गराएको छ। सङ्घले खेलाडीको पुरस्कार... ...

रातोपाटी
मिस टिन युनिभर्स नेपाल २०२६ को उपाधि साक्रिन श्रेष्ठलाई
ताजा खबरJust now

मिस टिन युनिभर्स नेपाल २०२६ को उपाधि साक्रिन श्रेष्ठलाई

काठमाडौं- मिस टिन युनिभर्स नेपाल २०२६ को उपाधि साक्रिन श्रेष्ठले जितेकी छन्। काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङ्क्वेटमा अक्टोबर ३ मा सम्पन्न प्रतियोगितामा उनले अन्य आठ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन्। प्रतियोगितामा देशका विभिन्न स्थानबाट आएका नौ जना किशोरीले सहभागिता जनाएका थिए। सौन्दर्य, आत्मविश्वास, व्यक्तित्व, प्रतिभा तथा उद्देश्यलाई आधार बनाएर आयोजना गरिएको प्रतियोगिताको अन्तिम चरणपछि विजेतासहित शीर्ष तीन प्रतिस्पर्धीको घोषणा गरिएको ...

नेपालन्युज
राष्ट्रपति पौडेलद्वारा उपत्यकाका नौ शक्तिपीठको दर्शन
ताजा खबरJust now

राष्ट्रपति पौडेलद्वारा उपत्यकाका नौ शक्तिपीठको दर्शन

काठमाडौँ । बडादसैँ २०८३ का अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार काठमाडौँ उपत्यकाका विभिन्न नौ शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवती मन्दिर पुगेर पूजाअर्चना तथा दर्शन गर्नुभएको हो। बडादसैँमा शक्तिस्वरूपा दुर्गा भवानीको विशेष आराधना गर्ने धार्मिक परम्परा छ। यस अवसरमा देवीको पूजा, पाठ ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play