Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

चलचित्र ‘सारथी’को अफिसियल पोस्टर सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
चलचित्र ‘सारथी’को अफिसियल पोस्टर सार्वजनिक
Photo / Coverage: पर्दाफास

नेपाली चलचित्र ‘सारथी’को अफिसियल पोस्टर सार्वजनिक भएको छ। कुमार गजुरेलको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र आगामी मंसिर ११ गते (नोभेम्बर २७) देखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने भएको छ। सार्वजनिक पोस्टरमा म्याग्दीको गुर्जा क्षेत्रको हिमाली परिवेश, प्राकृतिक सौन्दर्य र चलचित्रका मुख्य पात्रहरूलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ। पोस्टर सार्वजनिक भएसँगै चलचित्रको कथावस्तु र कलाकारको भूमिकालाई लिएर दर्शकमाझ उत्सुकता बढ्ने अपेक्षा गरिएको छ। चलचित्र ‘सारथी’मार्फत गिरि विश्वकर्मा र गायत्री जोशी नव नायक तथा नव नायिकाका रूपमा दर्शकमाझ प्रस्तुत हुँदैछन्। यस चलचित्रमा नेपाली चलचित्र क्षेत्रका परिचित कलाकार निरुता सिंह र उत्तम प्रधानको पनि अभिनय रहेको छ। करिब दुई दशकपछि निरुता र उत्तमलाई एउटै चलचित्रमा देख्न पाउनु ‘सारथी’को अर्को विशेष आकर्षण बनेको छ। चलचित्रमा निरुता सिंह, उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र के.सी., सम्रान्त थापा, गिरि विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुइँकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकारहरूको अभिनय रहेको छ। तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको चलचित्र किम्भे प्रोडक्सनको निर्माण तथा धिरज इन्फिनिटी फिल्म्सको सहकार्यमा तयार भएको हो। चलचित्रका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन्। कार्यकारी निर्मातामा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ रहेका छन् भने सह-निर्मातामा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा रहेका छन्। चलचित्रको लाइन प्रोड्युसर अमिर के.सी. हुन्। चलचित्रको छायांकन संकल्प भुजेलले गरेका छन् भने सम्पादन तारा थापा ‘किम्भे’को रहेको छ। मुख्य सहायक निर्देशक राजु खतिवडा तथा सहायक निर्देशक यमुना आचार्य र आशिष श्रेष्ठ रहेका छन्। चलचित्रमा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको छ। गीतमा बाबुल गिरी, प्रशान्त शिवाकोटी र रचना रिमालको स्वर रहेको छ। गीतकार प्रशान्त शिवाकोटी हुन्। नृत्य निर्देशन कविराज गहतराजले गरेका छन् भने कला निर्देशन श्याम कार्कीको रहेको छ। ड्रेस कोअर्डिनेटर गोविन्द खड्का हुन्। चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ। म्याग्दीको गुर्जा क्षेत्रमा छायांकन गरिएको चलचित्रले हिमाली जनजीवन, स्थानीय संस्कृति, परम्परा, सामाजिक सम्बन्ध र मानवीय संवेदनाका विविध पक्षलाई समेटेको छ। प्राकृतिक सौन्दर्यसँगै स्थानीय जीवनशैलीलाई पर्दामा उतार्ने प्रयास चलचित्रको विशेष पक्षका रूपमा रहेको छ।अफिसियल पोस्टर सार्वजनिक भएसँगै ‘सारथी’को प्रचारप्रसारले थप गति लिने निर्माण पक्षको अपेक्षा छ। नयाँ कलाकारको आगमन र स्थापित कलाकारको उपस्थितिले चलचित्रप्रति दर्शकको चासो बढाउने विश्वास निर्माण टिमले गरेको छ। नेपाली चलचित्र ‘सारथी’ आगामी मंसिर ११ गते अर्थात् नोभेम्बर २७ देखि देशभरका सिनेमा हलमा प्रदर्शन हुँदैछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कफी विथ करण ९ : अनन्या पाण्डेले गरिन् आफ्ना सबै पूर्वप्रेमीलाई फोन
OthersJust now

कफी विथ करण ९ : अनन्या पाण्डेले गरिन् आफ्ना सबै पूर्वप्रेमीलाई फोन

करण जोहरको चर्चित शो ‘कफी विथ करण’ को नवौँ सिजनको आगामी भागमा अनन्या पाण्डे र अनन्या बिड्ला एकसाथ देखिने भएका छन् । कार्यक्रममा उनीहरूले करणका रमाइला प्रश्नको जवाफ दिनुका साथै एकअर्कासँग जोडिएका केही रहस्य पनि खोलेका छन् । शनिबार कार्यक्रम सञ्चालक करण जोहरले आगामी भागको प्रोमो सार्वजनिक गरेका थिए । प्रोमोमा दुवै अनन्या रमाइलो गर्दै… ...

अनलाइन खबर
छठ पर्वले सामाजिक सद्भाव र समृद्धिको प्रेरणा दिने प्रधानमन्त्री शाहको विश्वास
OthersJust now

छठ पर्वले सामाजिक सद्भाव र समृद्धिको प्रेरणा दिने प्रधानमन्त्री शाहको विश्वास

प्रधानमन्त्री बालेन्द्र शाहले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । उनले छठ पर्वले समाजमा सकारात्मक ऊर्जा भर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य पूरा गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै भगवान् सूर्यदेव र छठी माताको आराधना गरी मनाइने यस पर्वले सबैको जीवनमा सुख, ...

पर्दाफास
भारतीय र अमेरिकी दूतावासले दिए छठ पर्वको शुभकामना
OthersJust now

भारतीय र अमेरिकी दूतावासले दिए छठ पर्वको शुभकामना

नेपालस्थित अमेरिकी र भारतीय दूतावासले छठ पर्वका अवसरमा शुभकामना दिएका छन् । दूतावासहरुले सामाजिक सञ्जाल फेसबुकमार्फत छठ पर्वको शुभकामना सन्देश सार्वजनिक गरेका हुन् । अमेरिकी दूतावासले ‘छठि पावनिक सभगोटेमे हार्दिक मंगलमय शुभकामना’, ‘छठ पर्वको धेरै धेरै शुभकामना’ भन्दै शुभकामना व्यक्त गरेको छ । यसैगरी, भारतीय राजदूतावासले पनि छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेको छ । दूतावासहरुको यो सन्देशले नेपालका सांस्कृतिक तथा धार्मिक पर्वप्रति ...

पर्दाफास
एनपीएल : प्लेअफमा पुगेको चितवनले पाँच खेलाडी फेर्‍यो, कर्णालीमा एक परिवर्तन
OthersJust now

एनपीएल : प्लेअफमा पुगेको चितवनले पाँच खेलाडी फेर्‍यो, कर्णालीमा एक परिवर्तन

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफमा स्थान सुरक्षित गरिसकेको चितवन राइनोजले कर्णाली याक्सविरुद्धको खेलमा टोलीमा पाँच खेलाडी परिवर्तन गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । चितवनले भने अघिल्लो खेलको तुलनामा पाँच खेलाडी परिवर्तन गर्दै नयाँ संयोजनसहित मैदानमा उत्रिएको छ । चितवनले आजको खेलमा देव खनाल, अशोक धामी, सलाहुद्दिन ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play