Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

चलचित्र फ्लप भएपछि दीपकराज गिरीले भने- ‘जिम्मेवारी आफैँ लिन्छु’

Share:WhatsAppFacebookX (Twitter)Telegram
चलचित्र फ्लप भएपछि दीपकराज गिरीले भने- ‘जिम्मेवारी आफैँ लिन्छु’
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडाैं । चलचित्र निर्माता, निर्देशक तथा अभिनेता दीपकराज गिरीले यस वर्षको दशैँमा प्रदर्शनमा आएको आफ्नो चलचित्र ‘छ माया छपक्कै २’ असफल भएपछि त्यसको जिम्मेवारी आफैँले लिने बताएका छन्। सामाजिक सञ्जालमार्फत लामो धारणा सार्वजनिक गर्दै गिरीले चलचित्र असफल हुनुका कारणबारे आत्मसमीक्षा गरेका छन्। उनले मतगणनाको उदाहरण दिँदै चलचित्रको नतिजा पनि स्पष्ट भइसकेको अवस्थामा असफलता स्वीकार गर्नुपर्ने बताएका छन्। जित्दा खुलेर उत्सव मनाउने तर हार्दा चुपचाप बस्ने प्रवृत्तिभन्दा हारलाई छाती खोलेर स्वीकार गर्नुपर्ने उनको भनाइ छ। गिरीले चलचित्र असफल भएपछि निर्माता, निर्देशक, लेखक, छायाकारदेखि कलरिस्टसम्मले एकअर्कालाई दोष दिने प्रवृत्तिमाथि व्यङ्ग्य गरेका छन्। चलचित्र राम्रो हुँदा सबैले जस लिने तर असफल हुँदा दोष अरूमाथि थोपर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको आशय छ। ७ वर्ष पहिला आएको छ माया छपक्कैकाे पहिलो श्रृङ्खलाले १० करोड हाराहारी कलेक्सन गरेको भए पनि दोस्रो श्रृङ्खलाले अहिलेसम्म साढे तीन करोड मात्र ग्रस कलेक्सन गर्न सफल भएको छ । त्यस्तै, केहीले चलचित्र असफल हुनुमा बहिष्कारको प्रभाव रहेको बताएको प्रसङ्ग उल्लेख गर्दै उनले त्यसलाई पनि व्यङ्ग्यात्मक रूपमा लिएका छन्। चलचित्र फ्लप भएपछि अरू चलचित्रको व्यापारसमेत हेरेर आफ्नो असफलताको पीडा कम गर्ने मानवीय स्वभाव रहेको उनको टिप्पणी छ। ‘एउटा हात नभएको मान्छेले अर्को हात नभएको मान्छे देख्दा ‘म मात्रै दुखी होइन रहेछ’ भनेर हलुका आनन्द महसुस गर्छ नि ! हो त्यस्तै ! जिस्केरै भने पनि मेरो कारणले साथीभाइ खुसी हुनु भनेको त्यो हामी सबैको लागि संयुक्त खुसीको कुरा हो नि, होइन र ? चियर्स !’ उनले भनेका छन् । दर्शकले दिएका सुझावलाई समेटेर आगामी वर्ष फेरि हलमा आउने प्रतिबद्धता व्यक्त गर्दै उनले नेपाली चलचित्र उद्योगको भविष्यका लागि सबैले मिलेर सोच्नुपर्ने बताएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता
Latest NewsJust now

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

किएभ।दक्षिणी युक्रेनमा मानवीय सहायता लिन भेला भएका मानिसहरूलाई लक्षित गरी रुसले गरेको आक्रमणमा मृत्यु हुनेको संख्या मंगलबार २९ पुगेको छ भने ४८ जना अझै बेपत्ता छन्। यसैबीच, रुसले रातभर युक्रेनका विभिन्न क्षेत्रमा विद्युत् केन्द्रलाई लक्षित गरी आक्रमण गर्दा अस्पतालहरूमा क्षति पुगेको छ भने दर्जनौं मानिस घाइते भएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार, रुसले नौ क्षेत्रमा २८९ वटा आक्रमणकारी ड्रोन, १७ ...

नेपालन्युज
लुम्बिनी र पाेखराबिचकाे खेल, LIVE UPDATES
Latest NewsJust now

लुम्बिनी र पाेखराबिचकाे खेल, LIVE UPDATES

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले टस जितेर बलिङ सुरु गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबारकाे दोस्रो खेलमा पोखरा एभेन्जर्ससँगको खेलमा लुम्बिनीका कप्तान रोहितले टस जितेर बलिङ... ...

रातोपाटी
व्यावसायिक उत्पादन र बिक्री हुने जैविक र प्रांगारिक मल अब आवश्यक पदार्थको सूचीमा
Latest NewsJust now

व्यावसायिक उत्पादन र बिक्री हुने जैविक र प्रांगारिक मल अब आवश्यक पदार्थको सूचीमा

सरकारले नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन र बिक्री–वितरण हुने जैविक एवं प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। यसका साथै सरकारले मलको गुणस्तर, उत्पादन तथा बिक्री–वितरणलाई व्यवस्थित र नियमन गर्ने उद्देश्यले मल नियन्त्रण आदेश, २०८३ स्वीकृत गर्ने नि... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play