चक्रवातको प्रभावले भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौं।नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ को प्रभावले आगामी विहीबारदेखि सुरू भई विशेष गरी शुक्रबार र शनिबार नेपालका विभिन्न स्थानमा वर्षाको गतिविधि बढ्नुका साथै हिमपात हुने सम्भावना रहेको रहेको जनाएको छ। विभागले आज बिषेश बुलेटिन जारी गर्दै केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। विभागको अनुसार बङ्गालको खाडीमा रहेको उक्त चक्रवात क्रमशः शक्तिशाली बन्दै उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने र भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनमको बीचमा पर्ने यानम नजिक तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको छ। यसको प्रभावले नेपालमा मौसम बदली भई वर्षा र हिमपात हुनसक्ने विभागले जनाएको छ। बुलेटिनअनुसार कात्तिक १२ गते बिहीबारदेखि मौसममा परिवर्तन सुरु हुने र विशेष गरी शुक्रबार तथा शनिबार कोशी, बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ। कात्तिक १३ गते शुक्रबारदेखि १४ गते शनिबारसम्म कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। केही स्थानमा भारी वर्षा हुनसक्न विभाग अन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशका केही स्थानमा पनि मध्यमदेखि भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम रहेको महाशाखाले जनाएको छ। सम्भावित वर्षाका कारण धानबाली भित्र्याउने कार्य प्रभावित हुनसक्ने भएकाले किसानलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भ्रमण गर्ने पर्यटकलाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न तथा प्रतिकूल मौसमका बेला सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ। वर्षा र हिमपातका कारण चिसो बढ्नुका साथै बाढी, पहिरो, सडक अवरोध तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायलाई पूर्व तयारी गर्न महाशाखाले अनुरोध गरेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

इरान, टर्की, पाकिस्तान र साउदी अरबले अलग्गै क्षेत्रीय सुरक्षा संरचना बनाउन थाले पहल
तेहरान- इरान, टर्की, पाकिस्तान र साउदी अरबले क्षेत्रीय देशकै हित र निर्णयमा आधारित सुरक्षा संरचना निर्माणका लागि पहल अघि बढाउन सक्ने भएका छन् । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले सोमबार तेहरानमा टर्की, पाकिस्तान र साउदी अरबका उच्च अधिकारीहरूसँग हुने बैठकले क्षेत्रीय सुरक्षा संयन्त्र निर्माणका लागि थप कदम चाल्ने आधार तयार गर्न सक्ने बताएका छन् […] ...

प्रलोभन देखाइ रकम असुल गर्ने वर्णवाल पक्राऊ
दिपकप्रसाद गौतम वीरगञ्ज (पर्सा), कार्तिक ९ गते । पर्सा प्रहरीले आफू सुरक्षाकर्मीको घुमुवा हुँ भन्दै विभिन्न व्यक्तिहरुसँग अवैध रकम असुली गरेको आरोपमा पोखरिया नगरपालिका वडा नम्बर ५... ...

स्कारपियो दुर्घटनामा ५ जनाकाे मृत्यु
गुल्मी। गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडक खण्डमा स्कारपियो दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएकाे छ । स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बीएए ०२२० नम्बरको स्कारपियो सडकबाट खसेर दुर्घटना... ...

एनपीएल : उद्घाटन खेलमा लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गतको सुरुवाती खेलमा लुम्बिनी लायन्सले ८८ रनको लक्ष्य पाएको छ । पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले लुम्बिनीलाई ८८ रनको टार्गेट दिएको हो । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर सुदूरपश्चिमले पहिले ब्याटिङ गर्यो । सुदूरपश्चिम रोयल्स १७ ओभर २ बलमा ८७ रन बनाउँदै […] ...


