चक्रवातको प्रभावले बिहीबारदेखि वर्षा र हिमपात

काठमाडौं।नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिन प्रवेश गरेको जनाएको छ। यसको प्रभावले नेपालका केही भू–भागमा समेत बादल लागिरहेको र बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने विभागको भनाइ छ। विभागको मौसमविद् बिनु महर्जनले बङ्गालको खाडीमा विकशित चक्रवात ‘अर्णव’ को प्रभावले नेपालका विभिन्न प्रदेशमा भारीदेखि अतिभारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी दिइन्। “चक्रवातको प्रभाव नेपालमा देखिन थालिसकेको छ। हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको र बिहान लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा समेत भएको थियो,” उनले भनिन्, “चक्रवात आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनतर्फ प्रवेश गरेको छ। उक्त प्रणाली क्रमशः उत्तरपश्चिमतर्फ सर्दै आगामी दिनमा कमजोर अवस्थामा उत्तर प्रदेश र बिहार आसपास पुग्ने पूर्वानुमान छ।” महर्जनका अनुसार यसको प्रभावले नेपालमा पनि बदली, वर्षा र हिमपातको सम्भावना रहेको छ। शनिबारसम्म कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको उनको भनाइ छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा पनि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। यसैगरी, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महर्जनले बताइन्। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा असिनासहित वर्षा हुनसक्ने सम्भावना पनि रहेको छ। मौसमविद् महर्जनले सम्भावित वर्षाका कारण कृषि कार्य, पर्वतारोहण, पदयात्रा तथा पर्यटन गतिविधिमा असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेकी छन्। विशेष गरी धानबाली भित्र्याउने किसानलाई मौसमको पूर्वानुमान हेरेर काम गर्न तथा उच्च पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटकलाई मौसम अनुकूल नभएसम्म सुरक्षित स्थानमा रहन उनले सुझाव दिइन् । वर्षाका कारण बाढी, पहिरो, सडक अवरोध तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायलाई आवश्यक पूर्व तयारी गर्न आग्रह गरिएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

खेलमा उतारचढाव आउँछ, पहिलो हार दशा कटे जस्ते भयो : ईशान पाण्डे
काठमाडौँ। सुदूरपश्चिम रोयल्सका ब्याटर इसान पाण्डेले क्रिकेटमा हारजित र खेलको नतिजामा उतारचढाव आउनु सामान्य भएको बताएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) मा पछिल्ला दुई सिजनदेखि खेलको अन्तिम समयमा नतिजा उल्टिने गरेको... ...

सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत बुधबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्र सिंह ऐरीले अविजित ५१ रनको योगदान दिए। त्यस्तै, इशान पाण्डेले ३७ र ब्रान्डन म्याकुलमले २२ रन बनाए। यसअघि पहिले ब्याटिङ गरेको ...

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट
• शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र स्विट्जरल्याण्डका राजदूत ड्यानीएल मेउलीबीच द्विपक्षीय सम्बन्ध र शिक्षा क्षेत्रमा सहकार्यको बारेमा छलफल भएको छ। • मन्त्री पोखरेलले प्राविधिक शिक्षा र व्यावसायिक तालिमसम्बन्धी नयाँ ऐनको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। • राजदूत मेउलीले भोटेकोशीमा आएको बाढीले पुर्याएको क्षतिप्रति संवेदना व्यक्त गर्दै नेपाल र स्विट्जरल्याण्डबीचको सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गरेका छन्। ...

आर्या फार्मास्युटिकल्स र NPL बीच तीन वर्षका लागि सहकार्य
काठमाडौं । स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा आर्य फार्माल्याबले नेपाल क्रिकेट संघ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपीएल) को स्वास्थ्य साझेदारका रूपमा तीन वर्ष सहकार्य गर्ने सम्झौता गरेको छ । यस सहकार्यको उद्देश्य क्रिकेटमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै खेलकुद र जनस्वास्थ्यबीचको सम्बन्धलाई थप मजबुत बनाउने कंम्पनीले लक्ष्य राखेको छ । आफ्नो ३० वर्षे […] ...

