Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Business/घट्यो दसैंपछिको सेयर बजार : लगानीकर्ताको देखियो उत्पादन र व्यापारमा आकर्षण

घट्यो दसैंपछिको सेयर बजार : लगानीकर्ताको देखियो उत्पादन र व्यापारमा आकर्षण

Share:WhatsAppFacebookX (Twitter)Telegram
घट्यो दसैंपछिको सेयर बजार : लगानीकर्ताको देखियो उत्पादन र व्यापारमा आकर्षण

काठमाडौं, कात्तिक ९ । दशैंअघि सात कारोबार दिनसम्म लगातार बढेको सेयर बजार दशैंपछिको पहिलो कारोबार दिनमा घटेको छ । दशैंपछिको पहिलो दिन सोमबार नेप्से परिसूचक ४.३४ अंक घटेको हो । यो अंकको कमीपछि नेप्से २६२९ अंकमा कायम भएको छ । यस्तै सोमवार ९९ कम्पनीको मूल्य बढदा १७१ कम्पनीको घटेको छ । त्यस्तै ६ कम्पनीको मूल्य स्थिर रह्यो । सोमवार कारोबार रकम पनि घटेको छ । यसअघि ४ अर्ब ८८ करोडको कारोबार भएकोमा सोमवार ४ अर्बको कारोवार भयो । सोमवार उत्पादन तथा प्रशोधन र व्यापार समूहमा भने आकर्षण देखिएको छ । उत्पादन तथा प्रशोधन समूह १.०३ तथा व्यापार १.११ प्रतिशत बढे । व्यापार समूहको विशाल बजार कम्पनीको मूल्य १.४१ प्रतिशत बढ्दा यो समूह बढेको हो । विशाल बजार र साल्ट ट्रेडिङ गरी जम्मा २ कम्पनी यो समूहमा पर्दछन् । पूँजीकरण उच्च भएकाले विशाल बजारले नै समग्र समूहलाई प्रभाव पार्दछ । यसैगरी सिमेन्ट कम्पनीहरूको मूल्यवृद्धिले उत्पादन तथा प्रशोधन समूहलाई उचाल्यो । हालै सूचीकृत बेनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्तै माथिल्लो मैलुङखोला जलविद्युतको ५.८१, सोनापुर सिमेन्टको ५.०७, सगरमाथा जलविद्युत् कम्पनीको ४.७२, घोराही सिमेन्टको ४.४७, सानिमा मिडिल तमोरको ३.८४, सानिगढ हाइड्रोको ३.७८ प्रतिशत मूल्य बढ्यो । सोमवार चिरख्वा हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.९२ प्रतिशत घट्यो । महिला लघुवित्त वित्तीय संस्थाको ७.५७, गुराँस लघुवित्तको ५.८१, एसियन हाइड्रोपावरको ४.३४, अपोलो हाइड्रोपावरको ४.१६, शुभम् पावरको ४.११ प्रतिशत मूल्य घट्यो । सोमवार धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रोपावर, शिवम् सिमेन्ट, माउन्टेन इनर्जी, ग्रिन भेन्चर्स, हिमालयन डिस्टिलरी, अपि पावर, सानिमा बैंक, सानिमा मिडिल तमोर क्रमशः अगाडि रहे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

एनपीएल क्रिकेट : सुदूरविरूद्ध लुम्बिनीले टस जितेर पहिला बलिङ गर्दै
अर्थतन्त्रJust now

एनपीएल क्रिकेट : सुदूरविरूद्ध लुम्बिनीले टस जितेर पहिला बलिङ गर्दै

काठमाडौँ / तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमासाविक विजेता लुम्बिनी लायन्स र ...

अर्थडबली
एनपीएल क्रिकेट : सुदूरविरूद्ध लुम्बिनीले टस जितेर पहिला बलिङ गर्दै
अर्थतन्त्रJust now

एनपीएल क्रिकेट : सुदूरविरूद्ध लुम्बिनीले टस जितेर पहिला बलिङ गर्दै

काठमाडौँ / तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र ...

अर्थडबली
प्रधानमन्त्री शाहद्वारा एनपीएल उद्घाटन
अर्थतन्त्रJust now

प्रधानमन्त्री शाहद्वारा एनपीएल उद्घाटन

प्रधानमन्त्री बालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन गरेका छन् । काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुर पुगेर प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गरेका हुन् ...

अर्थडबली
चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष पण्डितले सम्हाले जिम्मेवारी
अर्थतन्त्रJust now

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष पण्डितले सम्हाले जिम्मेवारी

काठमाडौँ / चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले सोमबारबाट कार्यभार समेत ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play