ग्वालियरको मन्दिरमा ट्रक दुर्घटना हुँदा १५ को मृत्यु

ग्वालियर (भारत) । भारतको मध्य प्रदेश प्रान्तको ग्वालियरस्थित ऐतिहासिक १२५ वर्ष पुरानो शीतला माता मन्दिर परिसरबाहिर आइतबार भएको भयानक ट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने २५ भन्दा बढी श्रद्धालु घाइते भएका छन्। पूजाका लागि मन्दिरबाहिर उभिएका भक्तजनहरूको भिडमा तीव्र गतिमा आएको अनियन्त्रित ट्रक पसेपछि उक्त दुर्घटना भएको हो। समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) का अनुसार प्रहरीले चालकले मदिरा सेवन गरे/नगरेको, गुगल म्याप्सले देखाएको ‘सर्टकट’ रुट पछ्याउँदा दुर्घटना भएको हो कि भन्ने विषय र प्रहरी चेकपोस्टको गम्भीर लापरवाहीबारे अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार धान लोड गरिएका दुईवटा ट्रक ठूला तथा भारी सवारीसाधन सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको सडकमा छिरेका थिए। नियमविपरीत ती ओभरलोड ट्रकहरूले उक्त प्रतिबन्धित मार्गमा करिब ७ किलोमिटर यात्रा गरिसकेपछि एउटा ट्रक मन्दिर नजिक पुगेर अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनालगत्तै घटनास्थलबाट फरार भएका चालक दिल्ली निवासी बिल्बाग सिंहलाई प्रहरीले केही घण्टामै नियन्त्रणमा लिएको छ। झांसी रोड थानाका कार्यवाहक प्रमुख आशिष शर्माका अनुसार चालक सिंह मन्दिर नजिकै डराएर अवस्थामा लुकिरहेको फेला परेका थिए। चालकमाथि मदिरा परीक्षण गर्नुका साथै घटनाबारे विस्तृत सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

भोटेकोसी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ शोक र प्रतीक्षामा
घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र गाउँबस्तीमा दसैँको रौनक छ। तर राजापुर नगरपालिका–९ तिनघरवाका पाँच परिवारका लागि यस वर्ष दसैँ खुसीको पर्व बन्न सकेको छैन। परिवारको भविष्य बनाउने सपना बोकेर रोजगारीका लागि रसुवा पुगेका आफन्त भोटेकोसी बाढीमा बेपत्ता भएपछि उनीहरूका परिवारमा खुसीभन्दा बढी पीडा छ। बाढीमा बेपत्ता प्रदीप थारुकी श्रीमती सि... ...

राष्ट्रपति पौडेलले गरे काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन
रामचन्द्र पौडेलले बडादशैँका अवसरमा सोमबार काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन् । ...

मैतीदेवी मन्दिरमा राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेल महाअष्टमीका अवसरमा मैतीदेवी मन्दिर पुगेर दर्शन गरेका छन् । ...

फ्रान्समा सुरक्षा असफलताको स्वीकारोक्ति: २ हजार ४०० पक्राउ, गृहमन्त्रीको राजीनामा अस्वीकृत
काठमाडौं । फ्रान्समा महँगी, इन्धनको मूल्यवृद्धि र सार्वजनिक सेवाको कमजोर अवस्थाविरुद्ध उर्लिएको जनप्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रों सरकारमाथि दबाब चुलिएको छ। देशभर भएको प्रदर्शनका क्रममा २ हजार ४०० जनाभन्दा बढी पक्राउ परेका छन् भने झन्डै एक हजार प्रहरी तथा सुरक्षाकर्मी घाइते भएका छन्। सार्वजनिक भवनमा आगजनी, पसलमा लुटपाट र व्यापक तोडफोड भएपछि सरकारको सुरक्षा तयारीमाथि गम्भीर प्रश्न उठेको छ। सुरक्षा व्यवस्थापनमा ...


