ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गर्नुभएको छ ।चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुनका लागि उहाँ आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुदैँछ ।सो सम्मेलनलाई पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।

उक्त सम्मेलनअन्तर्गत अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल र गोलमेच बैठक पनि आयोजना गरिएको छ ।फोरममा संयुक्त राष्ट्रसङ्घ केन्द्रित अन्तरराष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति र शान्ति स्थापना कार्यमा आवश्यक पर्ने सुधार, बहुपक्षीयताको प्रवद्र्धन, अन्तरराष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको बढ्दो भूमिका तथा अन्तरराष्ट्रिय व्यापारमा ‘ग्लोबल साउथ’का मुलुकको भूमिकालगायतका विषयमा छलफल हुनेछ ।

त्यसैगरी सो सम्मेलनमा जलवायु परिवर्तन र यसको असर, हरित तथा न्यून कार्वन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर स्पेसलगायतका विषयमा पनि बहस हुने बताइएको छ ।
पूर्वराष्ट्रपति भण्डारी आगामी सोमबार स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।

Read Complete Original Article
Published originally on ओएसनेपाल
Related News

सडक छ, भरपर्दो छैन : हिमपातले थुनिएको भेरल पास खोल्न चन्दा उठाउँदै स्थानीय
उपल्लो डोल्पा र मुस्ताङको सीमावर्ती भेरल पासमा हिमपातले सडक पुरिएपछि अहिले स्थानीय बासिन्दा आफैँ बाटो खुलाउन जुटेका छन्। भारी हिमपातका कारण अवरुद्ध सडक खुलाउन छार्काताङसोङ गाउँपालिका–१ का स्थानीय व्यापारी तथा गाउँलेले रकम संकलन गरेर डोजर परिचालन गरेका हुन्। समुद्री सतहबाट करिब ५ हजार ३०० मिटर उचाइमा रहेको भेरल पासमा बिहीबारदेखि हिउँ पन्छाउन थालिएको पर्यटन व्यवसायी सुवर्णकुमार डाँगीले जानकारी दिए। उनका अनुसार १५ ...

स्थानीयले पैसा उठाएर खुलाउँदैछन् डोल्पा-मुस्ताङ जोड्ने भेरल पास
५ कात्तिक, सुर्खेत । भारी तथा असामयिक हिमपातका कारण अवरुद्ध डोल्पा र मुस्ताङको सीमावर्ती भेरल पासमा स्थानीयले आफ्नै खर्चमा हिउँ पन्छाउन थालेका छन्। सडक अवरुद्ध हुँदा उपल्लो डोल्पाका बासिन्दालाई दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएपछि स्थानीय व्यापारी तथा गाउँलेले रकम संकलन गरेर डोजर परिचालन गरेका हुन्। समुद्री सतहबाट करिब ५ हजार ३०० मिटर उचाइमा रहेको… ...

काठमाडौंमा बढ्दै चहलपहल, उपत्यकाको काखमै हिमाल (तस्वीरहरू)
यसपटक खुलेको मौसमले काठमाडौंको दृश्यलाई थप आकर्षक बनाएको छ। रिङरोडमा गुडिरहेका सवारीसाधन र अग्ला भवनका पृष्ठभूमिमा टल्किएका हिमालले उपत्यकाको प्राकृतिक सुन्दरता झल्काउँछन्। ...

पर्सामा एक महिनामा १११ अपराधका घटना, १२० प्रतिवादी पक्राउ
पर्सामा पछिल्लो एक महिनामा विभिन्न प्रकृतिका १११ अपराधका घटना दर्ता भएका छन्। अपराध नियन्त्रण तथा अनुसन्धानका क्रममा प्रहरीले चालु मुद्दाका १२० जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार दर्ता भएका घटनामध्ये सामाजिक अपराधका ६१, सङ्गठित तथा आर्थिक अपराधका १७, चोरीका नौ, ज्यानसम्बन्धी आठ, बालबालिकासम्बन्धी छ, सवारी ज्यानसम्बन्धी दुई र अन्य प्रकृतिका चार घटना छन्। यस अवधिमा कर्तव्य ज्यानका एक, ...