Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/🇳🇵Business/ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ३१ करोड : प्रतिशेयर आम्दानी २३ रुपैयाँ ३५ पैसा पुग्यो

ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ३१ करोड : प्रतिशेयर आम्दानी २३ रुपैयाँ ३५ पैसा पुग्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ३१ करोड : प्रतिशेयर आम्दानी २३ रुपैयाँ ३५ पैसा पुग्यो

काठमाडौं, कात्तिक १५ । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणले सफलताको यो तथ्य उजागर गरेको छ । नेपालकै स्थापित ब्यवसायी तथा नेपालमा लगानी भित्र्याउने अभियानका एक नायक चन्द्र ढकाल अध्यक्ष र सुरेन्द्रराज रेग्मी प्रमुख कार्यकारी अधिकृत (सिईओ) रहनुभएको ग्लोबल आइएमई बैंकले कमाएको यो नाफा गत आवको सोही अवधिको तुलनामा २४.४८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ८५ करोड ८६ लाख ५० हजार रुपैयाँ नाफा कमाएको थियो । योसँगै बैंकको खुद ब्याज आम्दानी ४ अर्ब १९ करोड ३२ लाख ५४ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ४ अर्ब १३ करोड ३० लाख ६३ हजार रुपैयाँ रहेको थियो । यस्तै बैंकको सञ्चालन नाफा २ अर्ब ३७ करोड १६ लाख ३६ हजार रुपैयाँबाट बढेर ३ अर्ब २२ करोड २९ लाख २९ हजार रुपैयाँ रहेको छ । यस्तै बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब १ करोड ९ लाख ८८ हजारबाट बढेर ४८ करोड ८३ लाख ३ हजार रहेको छ । बैंकको वितरणयोग्य नाफा २ अर्ब ७ करोड २ लाख २० हजार पुगेको छ । बैंकको चुक्ता पुँजी ३९ अर्ब ६४ करोड ४ लाख ८७ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २७ अर्ब ९६ करोड ६९ लाख २० हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ३५ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ७७ पैसा रहेको छ । बैंकको असोज मसान्तसम्म ६ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४ खर्ब ७१ अर्ब ९६ करोड ४९ लाख २८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै बैंकको निष्क्रिय कर्जा ४.९८ प्रतिशतबाट घटेर ४.७९ प्रतिशत रहेको विवरणले देखाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मोरङमा १३२ केभीको केरौन सबस्टेसन सञ्चालनमा, विद्युत् आपूर्ति सुधार हुने
Economy & BusinessJust now

मोरङमा १३२ केभीको केरौन सबस्टेसन सञ्चालनमा, विद्युत् आपूर्ति सुधार हुने

काठमाडौं । मोरङको कानेपोखरी गाउँपालिका–२ मा निर्माण गरिएको १३२ केभी क्षमताको केरौन सबस्टेसन सञ्चालनमा आएको छ। नेपाल विद्युत् प्राधिकरणले आइतबार कात्तिक १५ गते सबस्टेसन चार्ज गरी सञ्चालनमा ल्याएको हो। पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत दुहवी–दमक खण्डमा पर्ने सबस्टेसनलाई उक्त प्रसारण लाइनमा लुप इन तथा लुप आउट प्रणालीमार्फत जोडेर चार्ज गरिएको प्रा… ...

आर्थिक न्यूज
भिभोले नेपालमा सार्वजनिक गर्‍यो भी ८०, मूल्य १ लाख ८ हजार ९९९ रुपैयाँदेखि
Economy & BusinessJust now

भिभोले नेपालमा सार्वजनिक गर्‍यो भी ८०, मूल्य १ लाख ८ हजार ९९९ रुपैयाँदेखि

काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा नयाँ फ्ल्यागशिप स्मार्टफोन भी८० सार्वजनिक गरेको छ । ५० मेगापिक्सेल जाइस पोट्रेट क्यामेरा, ७ हजार २०० एमएएच ब्याट्री र ९० वाट फ्ल्यासचार्ज प्रविधिसहित सार्वजनिक गरिएको यो फोनको मूल्य १ लाख ८ हजार ९९९ रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ । भिभोका अनुसार भी८० व्यवसायी, पेशाकर्मी तथा आधुनिक जीवनशैली अपनाउने प्रयोगकर्तालाई लक्षि… ...

आर्थिक न्यूज
नेपाल मेडिसिटीमा मातृ मानसिक स्वास्थ्यबारे सचेतना कार्यक्रम सम्पन्न
Economy & BusinessJust now

नेपाल मेडिसिटीमा मातृ मानसिक स्वास्थ्यबारे सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं- नेपाल मेडिसिटीमा मिसेस वर्ल्ड २०२५ चानिता सिडाकेट क्रेथोर्न (स्यामी) सहित मिसेस नेपाल इन्टरनेसनल डा। सञ्जु भट्ट, र थाइल्यान्डकी प्रचाया थेप्थेवनको सहभागितामा मातृ मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सुत्केरीपछिको मानसिक स्वास्थ्य ...

आजको अर्थ
एनपीएल : जनकपुरविरुद्ध पोखराले टस जितेर रोज्यो फिल्डिङ
Economy & BusinessJust now

एनपीएल : जनकपुरविरुद्ध पोखराले टस जितेर रोज्यो फिल्डिङ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आइतबारको खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुर बोल्ट्सविरुद्ध पोखराले पहिले बलिङ रोजेको हो।  पहिलो संस्करणको विजेता जनकपुर र पोखरा दुवै टोली आज दोस्रो जितको खोजीमा छन्। जनकपुरले यसअघि खेलेका दुई खेलमध्ये एकमा … ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play