Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

गोल्याण टावरमा अन्तर्राष्ट्रिय बालदिवसको उमंग

Share:WhatsAppFacebookX (Twitter)Telegram
गोल्याण टावरमा अन्तर्राष्ट्रिय बालदिवसको उमंग
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपालको अग्रणी तथा प्रतिष्ठित व्यावसायिक घराना गोल्याण ग्रुपको मुख्यालय रहेको बानेश्वर हाइटस्थित गोल्याण टावरको वातावरण शुक्रबार अरू दिनभन्दा फरक थियो । कार्यालयमा हुने नियमित चहलपहलभन्दा बालबालिकाको हाँसो, उत्साह र उमंग देखिन्थ्यो । कोही चित्र कोर्दै थिए भने कोही फेस पेन्टिङ र माटोका खेलौना बनाउन व्यस्त । कतिपय बालबालिका खेल जित्ने दाउमा थिए भने केही चाहिँ अडिटोरियम हलको रंगीचंगी दृश्य नियाल्दै थिए । कोही नयाँ साथीको नाम सोध्दै थिए त कोही परिचित साथीहरूसँग भलाकुसारी गरिरहेका थिए । अवसर थियो– अन्तर्राष्ट्रिय बालदिवस । गोल्याण ग्रुपको सामाजिक सहकार्यात्मक संस्था गोल्याण फाउण्डेशनले बालदिवसको अवसर पारेर गोल्याण टावरमा विशेष कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा जेनजी आन्दोलनका सहिदका बालबालिका र गोल्याण ग्रुपमा कार्यरत कर्मचारीका बालबालिकालाई सहभागी गराइएको थियो । कार्यक्रमको उद्देश्य केवल बालदिवस मनाउनु थिएन । बालबालिकालाई एउटै ठाउँमा भेट गराउने, परिचय गराउने, खेल्ने र रमाउने अवसर दिनु थियो । त्यही अवसरले गोल्याण टावर बालउमंगले भरिएको थियो । कार्यक्रममा विभिन्न खेल तथा मनोरञ्जनात्मक गतिविधि आयोजना गरिएका थिए, जसको सहजीकरण गोल्याण फाउण्डेशनकी प्रमुख कार्यकारी अधिकृत ९सीईओ० ज्योति गैह्रेले गरेकी थिइन् । सीईओ गैह्रे पनि बालबालिकासँगै खेलमा सहभागी भइन् । कहिले खेल सिकाउँदै, कहिले बालबालिकालाई हौस्याउँदै र कहिले उनीहरूसँगै रमाउँदै उनले कार्यक्रमलाई थप आत्मीय बनाइन् । खेल सुरु भएपछि बालबालिकाको उत्साह झनै बढ्यो । जित्ने–हार्नेभन्दा पनि खेलमा सहभागी हुने, हाँस्ने र एकअर्कासँग रमाउने माहोलले मित्रतालाई प्रगाढ बनाउँदै लग्यो । ‘हरेक बालबालिका एउटा सुन्दर फूल हुन्, र सबै मिलेर यो संसारलाई सुन्दर बगैंचा बनाउँछन्,’ उनले भनिन्, ‘हामी हरेक बालबालिकाको सपनालाई उत्सवका रूपमा मनाउन, उनीहरूलाई जे पनि सम्भव छ भन्ने विश्वास दिलाउन, उनीहरूको मुस्कान जोगाउन र हरेक सानो मुटुलाई चम्किन दिन चाहन्छौं ।’ बालबालिकालाई सम्बोधन गर्दै उनले ठूलो लक्ष्य राख्न, ठूला सपना देख्न र सधैं आफूमाथि विश्वास गर्न उनले प्रेरणा दिइन् । गोल्याण टावरको एउटै हलभित्र फरक–फरक कथा उमंगित थिए । जेनजी आन्दोलनका सहिद परिवारबाट आएका बालबालिका र गोल्याण ग्रुपका कर्मचारीका बालबालिका एकै ठाउँमा थिए । खेल सुरु भएपछि सबै कथाहरू एउटै खुसीमा समाहित भए । पहिलो भेटमै मित्रता गाँसेका सहिदपुत्रीहरू सलोनी सुवेदी र सोनिया विश्वकर्माको कुर्सी खेल निकै रोमाञ्चक बन्यो । सोनिया पहिलो हुँदा सलोनी तेस्रो भइन् । तर दुवैको खुसी बराबर थियो । खेल सकिएपछि दुवै सँगसँगै फेस पेन्टिङ गर्नतिर लागे । गोल्याण ग्रुपका कर्मचारीका ४ वर्षीय छोरा अमूल्य केसी र सहिदपुत्र नेल्शन पराजुलीको पहिलो भेटमै भएको स्नेहपूर्ण घुलमिलले कार्यक्रमको औचित्यलाई थप मजबुत बनाएको थियो । गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याण पनि कार्यक्रममा उपस्थित थिए । बालबालिकाको उत्साह र उनीहरूबीचको घुलमिललाई उनले नजिकबाट नियाले । बालबालिकाको हाँसोले भरिएको गोल्याण टावरले एउटा सन्देश दिइरहेको थियो– बाल्यकाल साझा खुसीको समय हो, जसले मिठो मुस्कान दिन्छ । अक्षय पनि केहीबेर बालबालिकाको मुस्कानमा मिसिए । गोल्याण फाउण्डेशनले जेनजी आन्दोलनका सहिदका बालबालिकालाई कक्षा १२ सम्मको शैक्षिकवृत्ति प्रदान गरेको छ । शैक्षिकवृत्ति योजनाअन्तर्गत सहिदका ३१ जना बालबालिकाको शिक्षाको दायित्व बहन गरेको छ । फाउण्डेशनले उनीहरूका लागि वार्षिक ४ लाख ८० हजार रुपैयाँसम्म खर्च व्यहोर्दै आएको छ । फाउण्डेशनले गत वर्ष पनि अन्तर्राष्ट्रिय बालदिवसको अवसरमा यस्तै कार्यक्रम आयोजना गरेको थियो । यस वर्ष भदौ २९ को राष्ट्रिय बालदिवस नुवाकोटको विदुरमा मनाइएको थियो । त्यहाँ भोटेकोशी बाढीबाट प्रभावित बालबालिकासँग उनीहरूले बालदिवस मनाएका थिए । फरकखाले पीडा भोगिरहेका बालबालिकाले सँगै बसेर बालदिवस मनाएका थिए । अन्तर्राष्ट्रिय बालदिवसको अवसरमा आयोजित शुक्रबारको कार्यक्रमले त्यही निरन्तरतालाई अघि बढाएको छ, जसले बालबालिकालाई एकआपसमा जोड्ने र खुसी तथा आत्मीयता बाँड्ने अवसर दियो । The post गोल्याण टावरमा अन्तर्राष्ट्रिय बालदिवसको उमंग appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ
Latest NewsJust now

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ

• मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। • प्रदेश प्रमुख डा। सुरेन्द्र लाभ कर्णले यादवलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्। • यादवले एक महिनाभित्र संसद्मा बहुमत सिद्ध गर्नुपर्नेछ, नत्र संसद् विघटन हुनेछ। ...

नेपालबहस
सिट निर्धारणको पारदर्शितामाथि निजी मेडिकल कलेजहरूको प्रश्न,मापदण्ड र स्कोर कार्डसार्वजनिक गर्न माग
Latest NewsJust now

सिट निर्धारणको पारदर्शितामाथि निजी मेडिकल कलेजहरूको प्रश्न,मापदण्ड र स्कोर कार्डसार्वजनिक गर्न माग

काठमाडौँ । निजी मेडिकल कलेजहरूले चिकित्सा शिक्षा आयोगको सिट निर्धारण प्रक्रियाको पारदर्शितामाथि गम्भीर प्रश्न उठाएका छन् । एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सिट निर्धारणको मापदण्ड र प्रत्येक कलेजको ‘स्कोर कार्ड’ २४ घण्टाभित्र सार्वजनिक गर्न आयोगसँग माग गरेको हो । एसोसिएसनले सिट निर्धारण प्रक्रिया पारदर्शी, वस्तुनिष्ठ र वैज्ञानिक नबनाएसम्म तथा कानुनबमोजिम शिक्षण शुल्क ...

टक्सार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
Latest NewsJust now

अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता

काठमाडौं। अमेरिकाको सेयर बजार गत महिना कायम गरेको उच्चतम बिन्दुबाट १० प्रतिशतले घटेको छ। कृत्रिम बौद्धिकता (एआई) उद्योगले सामना गरिरहेका चुनौती र त्यसको भविष्यबारे लगानीकर्तामा चिन्ता बढ्दै गएपछि बजारमा गिरावट देखिएको हो। अमेरिकाको प्रमुख सेयर बजार सूचकाङ्क एस एन्ड पी ५०० मा आएको यो गिरावटलाई वाल स्ट्रिटको भाषामा करेक्शन अर्थात् बजार सुधार भनिन्छ। यस्तो गिरावट एक शताब्दीभन्दा लामो समयदेखि समय-समयमा देखिँदै आएको ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play