Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

गोरखा र गुल्मीका सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
गोरखा र गुल्मीका सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
Photo / Coverage: पर्दाफास

गोरखा र गुल्मीमा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरीका अनुसार गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पक्की पुल बाढीले बगाएको छ । गत असोज २५ गते बिहान चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीचको सिरिङ्गे हिमालमा हिमपहिरो गएपछि स्थानीय उइनगुलुङ खोला थुनिएको थियो । खोला थुनिएर बुढीगण्डकी नदीमा बाढी आएपछि पुल बगाएको प्रहरीले जनाएको छ । पुल बगाएसँगै उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै, गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सुक्खा पहिरो खस्दा कालीगण्डकी करिडोर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरीका अनुसार मंगलबार बिहान करिब ७ः४० बजे माथिबाट सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । प्रहरीले बिहीबार बिहान सूचना सार्वजनिक गर्दै दुवै सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कटुञ्जेको अभावदेखि म्युनिखको चिकित्सा संसारसम्म
OthersJust now

कटुञ्जेको अभावदेखि म्युनिखको चिकित्सा संसारसम्म

काभ्रेको कटुञ्जेमा अभावबीच हुर्किएका सागर धिताल अहिले जर्मनीको म्युनिखमा चिकित्सकका रूपमा कार्यरत छन्। संघर्ष गर्दै छात्रवृत्तिको सहारामा उनले जर्मनीमा चिकित्सा अध्ययन पूरा गरे। बिरामीको उपचारसँगै अध्यापन र अनुसन्धानमा संलग्न उनी गाउँको शिक्षा र नेपालको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउन पनि सक्रिय छन्। ...

अनलाइन खबर
नक्कली भुटानी शरणार्थी प्रकरण : रिहा भए टोपबहादुर रायमाझी
OthersJust now

नक्कली भुटानी शरणार्थी प्रकरण : रिहा भए टोपबहादुर रायमाझी

नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका एमाले नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् । भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेको उनी आज बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । ६५ वर्षीय रायमाझी ज्येष्ठ नागरिकको सुविधा पाएर रिहा भएका हुन् । रायमाझीले काठमाडौँ जिल्ला अदालतमा दिएको निवेदनका आधारमा अदालतले रायमाझीलाई ज्येष्ठ नागरिकको सुविधाअनुसार कैदमुक्त गर्नु भन्दै कारागारलाई पत्राचार गरेको थियो । रायमाझी ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play