रुपन्देही । देउसीभैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ति बस्नेत रहेका छन्। उनीहरूलाई हिजाे राति करिब १२ः०५ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलावार बजारबाट इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत देउसीभैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूलाई सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।
देउसीभैलोमा अश्लील डान्स गर्ने दुईजा पक्राउ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






