भोजपुर । जिल्लाका विभिन्न ठाउँमा बुधबार अचानक असिना पानी परेपछि पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ । धान भित्र्याउने समयमा एक्कासि असिना पानी परेपछि किसान समस्यामा परेका हुन् । जिल्लाका विभिन्न स्थानमा परेको असिना पानीले धानबालीमा क्षति पुगेको छ । भोजपुर नगरपालिका–५ का स्थानीय किसान धनबहादुर थापाले असिना पानीले धानमा क्षति पुगेको बताए ।“हिजो एक्कासि असिना पानी पर्यो,” उनले भने, “पुनः दोहोरिने चिन्ता हामीमा बढेको छ । यही असिना पानी आएमा धानबालीमा ठूलो क्षति पुग्ने अवस्था छ ।” उनका अनुसार कतिपय किसानको धान काट्न बाँकी छ भने कतिपयले काटेर खेतमै सुकाइरहेका छन् । धान पाकेर खेतमा पहेँलपुर भएको अवस्थामा मौसममा आएको परिवर्तनले किसानलाई थप चिन्तित बनाएको छ । असिना पानी दोहोरिएमा पाकेको धान झर्ने, ढल्ने तथा काटेर सुकाइएको धानमासमेत क्षति पुग्ने जोखिम रहेको किसानको भनाइ छ ।
असिना पानीले धानबालीमा क्षति

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु



-a5eefed8-3af6-4d7c-b470-720d686c4dfe.jpeg&w=1200&q=75)


