Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

घोप्टेभिरमा पहिरोका कारण दुईतर्फी यातायात सञ्चालनमा कठिनाइ

Share:WhatsAppFacebookX (Twitter)Telegram
घोप्टेभिरमा पहिरोका कारण दुईतर्फी यातायात सञ्चालनमा कठिनाइ
Photo / Coverage: नेपालन्युज

काठमाडौं। चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभिरमा खसेको पहिरोका कारण सडक दुईतर्फी सञ्चालनमा ल्याउन कठिनाइ भएको छ। लगातार तीन दिनसम्म खसेको सुक्खा पहिरो पन्छाएपछि मंगलबार दिउँसो १:४० बजेदेखि सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा ल्याइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल थापाका अनुसार चाडपर्वका कारण सवारी साधनको चाप बढी भएकाले दुईतर्फी यातायात सञ्चालन गर्न समस्या भएको हो। उनले पहिरोको आकार ठूलो हुनु र मजदुरहरू बिदामा हुनु पनि सडक पूर्ण रूपमा खुलाउन नसक्नुको कारण भएको बताए। प्रहरीका अनुसार भविष्यमा सामान्य पहिरो खसेमा तत्काल पन्छाउन सक्ने गरी उपकरणहरू तयारी अवस्थामा राखिएका छन्। मौसमको अवस्था र सवारी चापलाई मध्यनजर गर्दै सडक दुईतर्फी सञ्चालन गर्ने वा नगर्ने निर्णय लिइने प्रहरीले जनाएको छ। पृथ्वी राजमार्ग हुँदै काठमाडौं भित्रने र बाहिरिने यात्रुहरूलाई पटक-पटक खस्ने पहिरोले सास्ती दिने गरेको छ। सडक एकतर्फी खुले पनि जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मकवानपुर दुर्घटना : प्रचण्डद्वारा दुःख व्यक्त, घाइतेको प्रभावकारी उपचार गर्न माग
Latest NewsJust now

मकवानपुर दुर्घटना : प्रचण्डद्वारा दुःख व्यक्त, घाइतेको प्रभावकारी उपचार गर्न माग

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा बिहीबार बिहान भएको ... ...

रातोपाटी
राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध
Latest NewsJust now

राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बाग्लुङ, पर्वत, म्याग्दी तथा पोखरासम्म आवतजावत जाने सम्पूर्ण सवारीसाधन तथा यात्रुहरु रातिदेखि बीच बाटोमै रोकिएका छन् । ...

कान्तिपुर
निदाइरहेका मुकेश यादव माइक्रोबस भिरबाट खसेपछि ब्युँझिए
Latest NewsJust now

निदाइरहेका मुकेश यादव माइक्रोबस भिरबाट खसेपछि ब्युँझिए

छठ पर्व मनाउन काठमाडौँबाट हाइस गाडीमा सर्लाहीस्थित घर फर्किंदै थिए मुकेश यादव। बुधबार राति २ बजे माइक्रोबस चढेका उनीसँगै एउटै गाउँका छिमेकी र आफन्तहरू पनि थिए। सबैको एउटै उद्देश्य थियो- परिवारसँगै छठ पर्व मनाउने। तर घर पुग्न नपाउँदै उनीहरू चढेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको  गाडी मकवानपुरको भीमफेदी आइपुग्दा भिरबाट खस्यो।&nbsp... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play