Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

Share:WhatsAppFacebookX (Twitter)Telegram
गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

काठमाडौँ । वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना एवं दर्शनका लागि खोलिने गोकर्णेश्वर नगरपालिका–४ स्थित वनदेवी मन्दिरमा ठूलो संख्यामा आज भक्तजनले दर्शन गरेका छन् । साविकको राजनिकुञ्ज हाल नेपाल ट्रष्टको कार्यालय मातहत रहेको गोकर्ण जङ्गलस्थित राष्ट्रिय वन क्षेत्र भित्रको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण वनदेवी मन्दिरमा नवरात्रका अवसरमा पूजा, आराधना एवं दर्शनका लागि राजधानीका विभिन्न स्थानबाट भक्तजन पुग्ने गरेका छन् । यो मन्दिर वर्षमा नवरात्रका चार दिनमात्र सर्वसाधारणका लागि खुला गरिन्छ । फूलपातीदेखि विजयादशमीसम्म चार दिन हजारौँ भक्तजनले यहाँ पूजा आराधना एवं दर्शन गर्ने गरेको नेपाल ट्रष्टको कार्यालय गोकर्ण दक्षिणढोका एकाईका कर्मचारी प्रकाश केसीले राससलाई जानकारी दिए । नेपाल ट्रष्टको कार्यालयले पनि वर्षमा एकपटक बोकाको बलिसहित पूजा गर्ने गरेको पनि उनले सुनाए । यो मन्दिरमा प्रवेश गर्ने चार वटा बाटो रहेका छन् । गोकर्णेश्वर महादेव मन्दिरअघि हाल नेपाली सेनाको विपद् व्यवस्थापन गणको मूलढोका, उत्तरवाहिनीस्थित पञ्चमुखी हनुमान मन्दिर नजिकैको प्रवेशद्वार, गोकर्ण फरेस्ट रिसोर्टको प्रवेशद्वार र दक्षिणढोकास्थित नेपाल ट्रष्टको कार्यालय गोकर्ण एकाईबाट जान सकिन्छ । उत्तरवाहिनी र गोकर्ण मन्दिरअघिको बाटोबाट थोरै पैदल यात्रामा वनदेवीको दर्शन गर्न सकिन्छ । यी दुवै बाटोबाट करिब १५ मिनेटको पैदल यात्रामा वनदेवी जान सकिने गोकर्णेश्वर नगरपालिका वडा नं.४ का वडा अध्यक्ष जयराम महतले जानकारी दिनुभयो । मन्दिरमा हाल नित्य पूजा भने हुन नसकेको पनि उनले स्वीकार गरे । यो वन राजनिकुञ्ज भएर सर्वसाधारणका लागि बन्द गरिएदेखि नै यहाँ नित्य पूजा हुन नसकेको हो । राजनिकुञ्ज हुँदा राजदरबारबाट नै वर्षमा एकपटक बोकाको बलिसहित विशेष पूजा गरिन्थ्यो । हाल यो परम्परालाई नेपाल ट्रष्टको कार्यालयले निरन्तरता दिएको छ । गोकर्णको वनदेवीसँगै राजधानीका गुह्येश्वरी, जयवागीश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बगलामुखी, टोखा चण्डेश्वरीलगायत शक्तिपीठ एवं देवी मन्दिरमा पनि दर्शनार्थी भक्तजनको लाम लागेको छ । आज नवरात्रको अन्तिम दिन भएकाले देशभरका सबै शक्तिपीठ र देवीस्थान एवं मन्दिरमा बिहानैदेखि बेलुकीसम्म नै लामो लाम लागेको जनाइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

मध्यपहाडी राजमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे सडकले घर फर्कनेलाई असहज
ताजा खबरJust now

मध्यपहाडी राजमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे सडकले घर फर्कनेलाई असहज

दसैं मनाउन गाउँ फर्किने यात्रु बागलुङ–घोडाबाँधे सडकको दुरवस्थाका कारण सास्ती खेप्न बाध्य छन् । निर्माण सुरु भएको २६ वर्ष बितिसक्दा पनि सडक पूरा नहुँदा यात्रामा कठिनाइ भएको छ । ...

कान्तिपुर
मुक्तिनाथ मन्दिरमा दसैँ टिका
ताजा खबरJust now

मुक्तिनाथ मन्दिरमा दसैँ टिका

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साँझ धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दसैँको टिका लगाइने भएको छ । मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले दसैँको अवसरमा सर्वसाधारणलाई टिका, जमरा र आर्शिवाद दिने... ...

रातोपाटी
लालपुर्जा पाउँदाको खुसी : ‘दसैँको मुखैमा यत्रो खुसी दिने सरकारलाई धन्यवाद’
ताजा खबरJust now

लालपुर्जा पाउँदाको खुसी : ‘दसैँको मुखैमा यत्रो खुसी दिने सरकारलाई धन्यवाद’

दसैँको मुखमा आफ्नै नाममा जग्गाधनी प्रमाणपुर्जा पाएपछि चितवनको इच्छाकामना गाउँपालिका-७ का भूमिहीनमा खुसीको सीमा रहेन। वर्षौंदेखि आफू बसोबास गरिरहेको जमिनबाट कतै हट्नुपर्ने हो कि भन्ने चिन्ता यसपालिको दसैँसँगै सदाका लागि हटेको छ।  रातो खोलभित्र राखिएको प्रमाणपुर्जा उनीहरूका लागि कागजको टुक्रो मात्र नभएर वर्षौंदेखि बसोबासरत जमिनमा आफ्नो ... ...

नेपालखबर
हिजबुल्लाह र हमासका हतियार केन्द्रमा इजरायली आक्रमण
ताजा खबरJust now

हिजबुल्लाह र हमासका हतियार केन्द्रमा इजरायली आक्रमण

काठमाडौँ । इजरायली सेनाले पछिल्ला साताहरूमा दक्षिण लेबनानमा गरेको सैन्य कारबाहीका क्रममा हिजबुल्लाहका ५४० भन्दा बढी पूर्वाधार स्थल ध्वस्त पारेको जनाएको छ । त्यस्तै, गाजा पट्टीमा हमासका तीन हतियार भण्डारण केन्द्रमा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play