गुल्मीमा दर्शनार्थी सवार स्कारपियो दुर्घटना, ६ जनाको मृत्यु

गुल्मी । गुल्मीमा स्कारपियो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा चार जना पुरुष र दुई जना महिला रहेका छन्। कालीगण्डकी गाउँपालिका–२, दभौखानीमा सोमबार दिउँसो करिब ४ बजे दुर्घटना भएको हो। स्याङ्जाको वालिङबाट हिलेसिद्ध दर्शन गर्न आएका दर्शनार्थी सवार गाडी दुर्घटनामा परेको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले जानकारी दिए। उनका अनुसार दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उद्धार गरी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका तीन जनाको कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ। मृतक र घाइतेको पहिचान भने खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार गण्डकी प्रदेश बी.एए ०२२० नम्बरको स्कारपियो गाडी अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनापछि गाडी सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको जानकारी पाएलगत्तै उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरी चौकी पुर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको कमान्डमा छ जना, इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको कमान्डमा पाँच जना र जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायब उपरीक्षक विश्वकर्माको कमान्डमा १० जनाको टोली घटनास्थलमा खटिएको छ। दुर्घटनास्थल प्रहरी चौकी पुर्तिघाटबाट करिब ६ किलोमिटर दक्षिणमा पर्छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News
![एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार शुरूआत, सुदूरपश्चिम निरीह [फोटोफिचर]](https://hamrakura.com/uploads/news/images/npl-3rd-edition-lumbini-sudur-%20(34).jpg)
एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार शुरूआत, सुदूरपश्चिम निरीह [फोटोफिचर]
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) साविक विजेता लुम्बिनी लायन्सले शानदार शुरूआत गरेको छ । ...

गुल्मीमा स्कारपियो दुर्घटना: ६ जनाको मृत्यु, ३ जना घाइते
गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सोमबार दिउँसो स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कारपियो कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत दबौखानीमा सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी स्कारपियो चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलीपकुमार बगाले, वालिङ–१० का ६० ...

जो कांग्रेस छन्, ती किन छन् ?
नयाँ परिवेशमा पदाधिकारी हुन चाहने सबै तहका सदस्यलाई ‘नयाँ कांग्रेस’ ले सोध्नुपर्ने छ– तपाईं कांग्रेसमार्फत समाजलाई के दिन्छु भनेर आउन लाग्नुभएको हो ? यो प्रश्नको निहितार्थ हुनेछ– तपाईंको व्यक्तिगत छविका कारण दुनियाँले तपाईं यो पार्टीमा आएको वा बसेको सकेसम्म केही दिन होइन, बरु लिन हो भन्ने बुझेको स्थिति त छैन? ...

एनपिएल ३ मा च्याम्पियन लुम्बिनी लायन्सको विजयी सुरुआत
काठमाडौँ, कात्तिक ९ गते । उपाधि रक्षा अभियानमा रहेको लुम्बिनी लाइनसले सोमबार पहिलो खेलमा सुदूरपश्चि रोयल्सलाई सात विकेटले हराएर तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा शानदार सुरुआत... ...


