Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/गीतकार शिवशंकर थापा मगरलाई विशिष्ट प्रतिभा सम्मान, चन्द्र रानाहँछालाई प्रतिभा पुरस्कार

गीतकार शिवशंकर थापा मगरलाई विशिष्ट प्रतिभा सम्मान, चन्द्र रानाहँछालाई प्रतिभा पुरस्कार

Share:WhatsAppFacebookX (Twitter)Telegram
गीतकार शिवशंकर थापा मगरलाई विशिष्ट प्रतिभा सम्मान, चन्द्र रानाहँछालाई प्रतिभा पुरस्कार

काठमाडौं । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यस वर्षको विशिष्ट प्रतिभा सम्मान वरिष्ठ गीतकार शिवशंकर थापा मगरलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानले यस वर्षको प्रतिभा पुरस्कार कवि तथा कलाकार चन्द्र रानाहँछालाई दिने घोषणा गरेको छ । प्रतिष्ठानले शनिबार बेलायतमा विज्ञप्ति जारी गर्दै थापा मगरलाई एक लाख रुपैयाँ नगद, ताम्रपत्र र दोसल्लासहितको विशिष्ट प्रतिभा सम्मान प्रदान गर्ने जनाएको छ । त्यस्तै, रानाहँछालाई एक लाख रुपैयाँ नगद र ताम्रपत्रसहितको प्रतिभा पुरस्कार प्रदान गरिनेछ । दुवैलाई आगामी मंसिरमा काठमाडौंमा कार्यक्रम आयोजना गरी सम्मान तथा पुरस्कार अर्पण गरिने प्रतिष्ठानले जनाएको छ । पाँच दशकदेखि गीत लेखन, कविता तथा कलाकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै थापा मगरलाई विशिष्ट प्रतिभा सम्मान प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष देवेन्द्र खेरेसले बताउनुभयो । २००३ वैशाख १५ गते धनकुटाको चुलीवन, डाँडागाउँमा जन्मनुभएका थापा मगर युवा अवस्थादेखि नै गीत लेखनमा सक्रिय हुनुहुन्छ । उहाँले २०२० सालदेखि गीत लेख्न थाल्नुभएको थियो भने २०२६ सालमा रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण गरी गीत रेकर्ड गराउनुभएको थियो । उहाँका गीतहरू २०२८ सालदेखि रेडियो नेपालबाट प्रसारण हुन थालेका थिए । थापा मगरले हालसम्म करिब एक सय गीत लेख्नुभएको छ । उहाँका ‘तिमी आकाशको जून भयौ’, ‘भन्थिन् मेरी उनी मेरो पाइला नटेकिदिनू’ र ‘हावासँग बगुँ भन्छ, पातसँग बोलुँ भन्छ’ लगायतका गीत लोकप्रिय छन् । यी गीतमा दीप श्रेष्ठ, पवन गोलेलगायतका गायकको स्वर तथा विभिन्न संगीतकारको संगीत रहेको छ । विभिन्न सामाजिक संघसंस्थाबाट सम्मानित थापा मगरको पहिलो प्रकाशित कृति ‘पाइतालाका डोबहरू’ मुक्तकसंग्रह हो । उहाँको ‘भन्थिन् मेरी उनी’ नामक संस्मरण तथा गीतिसंग्रह प्रकाशोन्मुख रहेको जनाइएको छ । यसैगरी, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-९, निर्मलीडाँडामा २०३७ सालमा जन्मनुभएका चन्द्र रानाहँछा साहित्य लेखन र कलाकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । बाल्यकालदेखि नै चित्रकलामा रुचि राख्ने उहाँले गीत, कविता, कथा तथा चलचित्रका पटकथा लेखनमा समेत योगदान पुर्‍याउँदै आउनुभएको छ । रानाहँछाका प्रकाशित कृतिमा ‘चौबन्दी किनिदिउँला’ (गीतिसंग्रह/एल्बम, २०५६), ‘चिनो रुमाल’ (गीति एल्बम, २०५७), ‘मनमा आँधी चलेपछि’ (गीत तथा कवितासंग्रह, २०६७), ‘भाउजू लडेको भीर’ (कथासंग्रह, २०६९) र ‘थिबिया चराको गीत’ (कवितासंग्रह, २०७१) रहेका छन् । उहाँको उपन्यास ‘बागदता’ प्रकाशोन्मुख रहेको विज्ञप्तिमा उल्लेख छ । साहित्य र कलाकारिता क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आउनुभएका रानाहँछाले राष्ट्रिय कविता महोत्सवमा प्रथम स्थान (२०७४), युवा वर्ष मोती पुरस्कार (२०७५) र खोटाङ प्रतिभा पुरस्कार (२०८०) लगायतका पुरस्कार प्राप्त गरिसक्नुभएको छ । उहाँको सिर्जनात्मक योगदानको कदर गर्दै यस वर्षको प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ । सन् २००८ मा बेलायतमा स्थापित नेपाली प्रतिभा प्रतिष्ठानले नेपाली भाषा, साहित्य, संगीत तथा कलाका क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ । बेलायतलाई कर्मथलो बनाएका नेपाली स्रष्टाहरूको पहलमा स्थापना भएको प्रतिष्ठानले हालसम्म विभिन्न विधाका अग्रज स्रष्टालाई विशिष्ट प्रतिभा सम्मान तथा प्रतिभा पुरस्कार प्रदान गरिसकेको छ । प्रतिष्ठानबाट विशिष्ट प्रतिभा सम्मान प्राप्त गर्ने स्रष्टामा ईश्वर मानन्धर, अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्राडा गोविन्दराज भट्टराई, बुँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ, भागीरथी श्रेष्ठ, बेणु आचार्य, दावा ग्याल्मो, गोपाल पराजुली, राजेन्द्र विमल, डा. कृष्णहरि बराल, दीप श्रेष्ठ, गणेश रसिक, राजेश्वर थापा र जसराज किरातीलगायत हुनुहुन्छ । त्यस्तै, नवीन विभास, कुबेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, वीवी अनुरागी, टीका चाम्लिङ, फुलमान बल, बलराम अधिकारी, शुभ मुकारुङ, विमला तुम्खेवा, गणेश गुरुङ, सुदीप पाख्रिन, प्रदीप मेन्याङ्बो, सन्ध्या सुब्बा सिङ्जाङ्गो र विजेता चौधरीलगायतले प्रतिष्ठानको प्रतिभा पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

भारतको आन्ध्र प्रदेश र ओडिशामा ‘अर्नब’ चक्रवातको प्रभाव, अलर्ट जारी
ताजा खबरJust now

भारतको आन्ध्र प्रदेश र ओडिशामा ‘अर्नब’ चक्रवातको प्रभाव, अलर्ट जारी

काठमाण्डु – बङ्गालको खाडीमा विकसित भइरहेको ‘अर्नब’ चक्रवातको सम्भावित जोखिमलाई ध्यानमा राख्दै ओडिशा सरकारले तयारी तीव्र पारेको छ। मौसम विभागको पूर्वानुमानअनुसार अक्टोबर २६ को बिहान पश्चिम-मध्य बङ्गालको खाडीमा चक्रवाती आँधी विकसित हुन सक्छ। उक्त चक्रवात अक्टोबर २८ को बिहानसम्म आन्ध्र प्रदेशको तट नजिक पुग्ने अनुमान गरिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै ओडिशा सरकारले सम्बन्धित सबै […] ...

काठमाण्डुपाटी
बन्दीपुरमा बढ्यो पर्यटकको चहलपहल
ताजा खबरJust now

बन्दीपुरमा बढ्यो पर्यटकको चहलपहल

अमरराज नहर्कीतनहुँ, कात्तिक ८ गते । दसैँ र तिहारबिचको लामो बिदामा घुमफिर गर्ने आन्तरिक पर्यटकको रोजाइमा तनहुँको पर्यटकीय नगरी बन्दीपुर परेको छ । चाडपर्व मनाएपछि परिवार र साथीभाइसँग... ...

गोरखापत्र
वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध
ताजा खबरJust now

वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध

काठमाडाैँ । वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा... ...

रातोपाटी
करणको कप्तानी र वार्नरको साथमा तेस्रो एनपीएलका लागि काठमान्डु गोर्खाज तयार
ताजा खबरJust now

करणको कप्तानी र वार्नरको साथमा तेस्रो एनपीएलका लागि काठमान्डु गोर्खाज तयार

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि काठमान्डु गोर्खाजले आफ्नो तयारी तीव्र पारेको छ। टोलीले यसपटक पनि अनुभवी करण केसीको कप्तानीमा मैदान उत्रने निर्णय गरेको छ। मोन्टी देसाईले टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन्। तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ। काठमान्डु गोर्खाजले यस सिजनका लागि करण केसी, भीम सार्की, मोहम्मद आदिल आलम, रासिद खान, साहब आलम ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play