Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/गरिमा क्यापिटलले गर्‍यो सभापोखरी हाइड्रोपावरको १० करोड ७५ लाखको आईपीओ प्रत्याभूति

गरिमा क्यापिटलले गर्‍यो सभापोखरी हाइड्रोपावरको १० करोड ७५ लाखको आईपीओ प्रत्याभूति

Share:WhatsAppFacebookX (Twitter)Telegram
गरिमा क्यापिटलले गर्‍यो सभापोखरी हाइड्रोपावरको १० करोड ७५ लाखको आईपीओ प्रत्याभूति

काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को प्रत्याभूति (अन्डरराइटिङ) सम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार सभापोखरी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा निष्कासन गर्न लागेको कुल १० लाख ७५ हजार कित्ता साधारण शेयरको प्रत्याभूति गरिमा क्यापिटल लिमिटेडले गर्नेछ। प्रतिकित्ता १०० रुपैयाँका दरले उक्त शेयरको कुल रकम १० करोड ७५ लाख रुपैयाँ बराबर रहेको छ। बुधबार गरिमा क्यापिटल लिमिटेडको कमलपोखरीस्थित प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर भएको हो। गरिमा क्यापिटल लिमिटेडका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अशोक सुवेदी र सभापोखरी हाइड्रोपावर लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक श्रीराम देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सभापोखरी हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित आयोजना संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिका वडा नं. ३ मा अवस्थित ५ मेगावाट क्षमताको लंखुवा खोला साना जलविद्युत आयोजना हो। उक्त आयोजना २०८१ माघमा निर्माण सम्पन्न भई ३३ केभी प्रसारण लाइनमार्फत टुम्लिङटार सबस्टेशन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो। संस्थाले लगानी व्यवस्थापन सेवा (पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसेज–पीएमएस), निक्षेप सदस्य सेवा (डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी), धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, गरिमा म्युचुअल फण्ड व्यवस्थापनसहित डिपोजिटरी सेवा, धितोपत्र शेयर रजिस्ट्रेशन तथा संस्थागत परामर्शलगायतका सेवा प्रदान गर्दै आएको छ। गरिमा क्यापिटलका सम्पूर्ण सेवाहरू ग्राहकसमक्ष पुर्‍याउन गरिमा विकास बैंकका शाखा कार्यालयहरूबाट सहजीकरण हुँदै आएको छ। आफ्ना सेवाहरूलाई अझ परिष्कृत र ग्राहकमैत्री रूपमा प्रवाह गर्न विभिन्न नवीनतम प्रविधिको प्रयोग गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि संस्थाले व्यक्त गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

नेपालमा नोभेम्बर १७ देखि आईसीसी एसिया सम्मेलन हुने
ताजा खबरJust now

नेपालमा नोभेम्बर १७ देखि आईसीसी एसिया सम्मेलन हुने

काठमाडौँ। नेपालमा आगामी नोभेम्बर १७ देखि २१, २०२६ सम्म अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया सम्मेलन आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को व्यवस्थापन तथा आईसीसीको आयोजनामा सम्मेलन हुन... ...

रातोपाटी
सिद्धार्थ बैंकको मोबाइल बैंकिब एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’सञ्चालनमा ल्यायो
ताजा खबरJust now

सिद्धार्थ बैंकको मोबाइल बैंकिब एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’सञ्चालनमा ल्यायो

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिग एनपीएल सिजन ३ लाई लक्षित गर्दै आफ्नो मोबाइल बैंकिब एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ सञ्चालनमा ल्याएको छ । बैंकले एनपीएलसँगको आफ्नो सहकार्यलाई डिजिटल माध्यमसँग जोड्दै ग्राहक तथा क्रिकेटप्रेमीलाई मनोरञ्जनसँगै लोयल्टी पोइन्ट आर्जन गर्ने अवसर प्रदान गरेको हो । मोबाइल बैंकिब एपको लगइन स्क्रिनमा उपलब्ध यस गेममा प्रयोगकर्ताले लगइन नगरी पनि सहभागी हुन सक्नेछन् । ...

कर्पोरट खबर
हेटौंडाको ट्राफिक अस्तव्यस्तता, प्रहरीदेखि उपमहानगरपालिका जिम्मेवारी पन्छ्याउँदै
ताजा खबरJust now

हेटौंडाको ट्राफिक अस्तव्यस्तता, प्रहरीदेखि उपमहानगरपालिका जिम्मेवारी पन्छ्याउँदै

• हेटौंडामा सवारी चाप बढ्दै गए पनि ट्राफिक व्यवस्थापन र पूर्वाधारमा सुधार हुन सकेको छैन, जसले समस्या चुल्याएको छ। • स्थानीय सरकार र प्रहरीबीचको समन्वयको अभावले ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ, र यसलाई समाधान गर्न आवश्यक कदम चाल्नुपर्ने आवश्यकता छ। • हेटौंडाको ट्राफिक व्यवस्थापन सुधार गर्न बुद्धचोक, सीमाचोक र बाइपास क्षेत्रको सवारी चाप अध्ययन गरी दीर्घकालीन योजना बनाउनुपर्ने सुझाव दिइएको ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play