Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/खुकुरी प्रहारबाट श्रीमतीसहित चार जना घाइते, तीनको अवस्था गम्भीर

खुकुरी प्रहारबाट श्रीमतीसहित चार जना घाइते, तीनको अवस्था गम्भीर

10/26/2026, 11:15:30 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
खुकुरी प्रहारबाट श्रीमतीसहित चार जना घाइते, तीनको अवस्था गम्भीर

काठमाडौं – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै परिवारका चार जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । च्यास्मीटारस्थित जारबुङका ४३ वर्षीय नइन्द्रकुमार राईले ससुराली घर आहालेमा गएराति खुकुरी प्रहार गर्दा उनकी ४० वर्षीया श्रीमती अञ्जना राई, ६२ वर्षीया सासु सेवन्ता राई, २५ वर्षीया साली टेमिना राई र सालो नरेन्द्र राई घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार घाइते चारै जनाको हलेसी तुवाचुङ नगर आधारभूत अस्पताल दुर्छिममा उपचार भइरहेको छ । घाइतेमध्ये अञ्जना, सेवन्ता र टेमिनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए । नरेन्द्रको अवस्था भने सामान्य रहेको जनाइएको छ । खुकुरी प्रहारबाट अञ्जना, सेवन्ता र टेमिनाको टाउकोको पछाडिपट्टि तथा हातमा चोट लागेको छ । नरेन्द्रको दाहिने हातमा गहिरो चोट लागेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । पीडित परिवारले सबैको सामूहिक हत्या गर्ने उद्देश्यले खुकुरी प्रहार गरिएको आरोप लगाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । घरायसी विवादपछि खुकुरी प्रहार स्थानीयका अनुसार श्रीमतीसँग घरायसी विषयमा सामान्य विवाद भएपछि नइन्द्रकुमारले ससुराली घरमा खुकुरी प्रहार गरेका थिए । नेपाली सेनामा कार्यरत उनी दसैँ मनाउन घर आएको जनाइएको छ । रातिको समयमा घरभित्र सुतिरहेका अवस्थामा अन्धाधुन्ध खुकुरी प्रहार भएपछि गाउँमा त्रास फैलिएको स्थानीयले बताएका छन् । घटनाबारे करिब १५ मिनेटपछि जानकारी पाएलगत्तै प्रहरी चौकी च्यास्मीटारको टोली घटनास्थल पुगेको थियो । प्रहरी पुग्दा आरोपित फरार रहे पनि खोजतलासका क्रममा उनलाई राति नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

एक्स्ट्रीम इनर्जी ड्रिङ्कले सार्वजनिक गर्‍यो ‘एक्स्ट्रीम एन्थम’
ताजा खबरJust now

एक्स्ट्रीम इनर्जी ड्रिङ्कले सार्वजनिक गर्‍यो ‘एक्स्ट्रीम एन्थम’

काठमाडौं । एक्स्ट्रीम इनर्जी ड्रिङ्कले क्रिकेटप्रेमीलाई लक्षित गर्दै ‘एक्स्ट्रीम एन्थम’ सार्वजनिक गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि सार्वजनिक गरिएको यस गीतले क्रिकेटको उत्साह र समर्थकहरूको जोशलाई संगीतमार्फत प्रस्तुत गरेको छ । गीतमा क्रिकेट मैदानमा खेलाडीले देखाउने प्रतिस्पर्धात्मक भावना, चौका–छक्कामा दर्शकको खुसी र आफ्नो टोलीले जित्दा समर्थकमा देखिने उत्साहलाई समेटिएको […] ...

लोकपथ
अझै दैनिक उपभोग्य वस्तुमा राहत दिन नसक्ने हो भने यो सरकारको औचित्यमाथि प्रश्न उठ्छः नेता केसी
ताजा खबरJust now

अझै दैनिक उपभोग्य वस्तुमा राहत दिन नसक्ने हो भने यो सरकारको औचित्यमाथि प्रश्न उठ्छः नेता केसी

• नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले दशैंको चाडमा सरकारले महंगीको मारमा आम जनतालाई पारेको र उत्सवको उल्लासभन्दा महँगी र राजनीतिक उदासीनता अनुभव गरिरहेको बताएका छन्। • उनले सरकार गठन भएको सात महिना बितिसक्दा पनि नेतृत्व परिवर्तनले नागरिकको जीवनमा कुनै सकारात्मक परिवर्तन ल्याउन नसकेको र बजार अनुगमनमा असफल भएको टिप्पणी गरे। • केसीले सरकारलाई जनताप्रति उत्तरदायी हुन र युवा पलायन रोक्न ...

नेपालबहस
ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
ताजा खबरJust now

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

• ग्लोबल आइएमई बैंक लिमिटेडले लगातार तेस्रो वर्ष 'बेष्ट बैंक अवार्ड' २०२६ प्राप्त गरेको छ, जसलाई ग्लोबल फाइनान्सले प्रदान गरेको हो। • बैंकले वित्तीय श्रोत परिचालन, ग्राहक सेवा र आधुनिक प्रविधिको सफल प्रयोगका आधारमा यो सम्मान प्राप्त गरेको छ। • ग्लोबल आइएमई बैंक पहिलो नेपाली बैंक हो जसले यो प्रतिष्ठित अवार्ड जितेको छ र यसले ७७ जिल्लामा सञ्जाल विस्तार गर्दै ...

नेपालबहस
दशैँमा न्यूरोड र पाटनका व्यवसायीलाई निराशा, आधा घट्यो व्यापार [भिडियो]
ताजा खबरJust now

दशैँमा न्यूरोड र पाटनका व्यवसायीलाई निराशा, आधा घट्यो व्यापार [भिडियो]

यस वर्षको दशैँमा फेन्सी, कपडा तथा सुनचाँदीको व्यापार सोचेजस्तो नभएको व्यवसायीहरूले गुनासो गरेका छन्। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play