क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

फिलिपिन्स।अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र संयुक्त रूपमा उत्पादन गर्न जापानमा संयन्त्र स्थापना गर्ने सहमति गरेका छन्। दुवै देशले क्षेत्रीय सुरक्षा सहकार्य र प्रतिरक्षा क्षमता सुदृढ बनाउने उद्देश्यले यो कदम चालेका हुन्। जापानका रक्षामन्त्री सिन्जिरो कोइजुमीले बुधबार अमेरिकी रक्षामन्त्री पीट हेग्सेथसँगको भेटपछि उक्त जानकारी दिएका हुन्। ‘अपरेसन सुपरचार्ज’ अन्तर्गत उत्पादन हुने क्षेप्यास्त्र एफ–३५ लडाकू विमानका लागि आवश्यक रहेको उनले बताए। यद्यपि, सम्झौताका विस्तृत विवरण सार्वजनिक गरिएको छैन। कोइजुमीले क्षेत्रीय सुरक्षा अवस्था जटिल बन्दै गएको उल्लेख गर्दै जापान–अमेरिका गठबन्धनको प्रतिरोध तथा प्रतिक्रिया क्षमता थप बलियो बनाउन सहमति भएको बताए। उनले अन्तर्राष्ट्रिय कानूनमा आधारित स्वतन्त्र र खुला व्यवस्थाको महत्त्वमा पनि दुवै देशले जोड दिएको जानकारी दिए। अमेरिकी रक्षामन्त्री हेग्सेथले आसियानका रक्षामन्त्रीहरूसँगको बैठकमा एसियामा शान्ति र स्थिरता कायम राख्न सहयोग गर्ने ट्रम्प प्रशासनको प्रतिबद्धता दोहोर्याए । उनले अमेरिकाले आफ्ना सहयोगी र साझेदारको सुरक्षा तथा हितको रक्षा गर्ने बताए। अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले पनि अमेरिकालगायत सहयोगी राष्ट्रसँग मिलेर दक्षिण चीन सागरमा अन्तर्राष्ट्रिय कानून र समुद्री आवागमनको स्वतन्त्रता कायम राख्ने प्रयास जारी राख्ने बताए। गत वर्ष चिनियाँ जे–१६ लडाकू विमान अस्ट्रेलियाको पी–८ पोसाइडन निगरानी विमानको नजिक आएर फ्लेयर छोडेको घटनापछि अस्ट्रेलियाले चासो व्यक्त गरेको थियो। दक्षिण चीन सागरमा फिलिपिन्स, भियतनाम, मलेसिया, ब्रुनाई र ताइवानका पनि क्षेत्रगत दाबी छन्। चीन र फिलिपिन्सका तटरक्षक तथा नौसेनाका जहाजबीच विवादित समुद्री क्षेत्रमा विभिन्न विषयलाई लिएर तनाव उत्पन्न हुँदै आएको छ। अमेरिकाले फिलिपिन्सका सैनिक, जहाज वा विमानमाथि सशस्त्र आक्रमण भएमा आफ्नो सन्धिगत प्रतिबद्धताअनुसार सहयोग गर्ने बताउँदै आएको छ। यसैगरी, जापान र चीनबीच पूर्वी चीन सागरका केही टापुलाई लिएर पनि विवाद छ। दुवै देशले समुद्री क्षेत्रमा आफ्नो अधिकार र गतिविधिसम्बन्धी विषयमा फरक धारणा राख्दै आएका छन्। –रासस / एपी
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

कांग्रेस देउवा समूहको महाधिवेशन पनि खुलामञ्चमै
काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको समानान्तर महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । महाधिवेशनका लागि काठमाडौँ महानगरपालिकासँग राष्ट्रिय सभा गृह र भृकुटीमण्डप पनि मागेर पत्राचार गरिएको महाधिवेशन... ...
.jpg)
नेपालगन्ज अन्तर्राष्ट्रिय पौडी च्याम्पियनसिपको तयारी अन्तिम चरणमा
सिराज खाननेपालगन्ज, कात्तिक १३ गते । यही शनिबार र आइतबार (कात्तिक १४ र १५ गते) नेपालगन्जमा आयोजना हुने तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको तयारी पूरा भएको आयोज... ...

ऐतिहासिक सम्पदा र प्राकृतिक सुन्दरता हुँदाहुँदै मकवानपुर किन बनेन आकर्षक पर्यटकीय गन्तव्य ?
प्रकृति र संस्कृतिका साथै ऐतिहासिकताका दृष्टिले सम्पन्न जिल्ला हो मकवानपुर । प्रकृति, संस्कृति र इतिहासलाई पर्यटकीय सम्पदाका रुपमा जोड्नका लागि निरन्तर प्रयासहरू भइरहे पनि यहाँका ...

सरकारको निर्देशन अटेर गरेपछि एन प्याब्सन निलम्बित
काठमाडौं । सरकारी निर्देशन पटक–पटक अवज्ञा गरेको आरोपमा सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) लाई निलम्बन गरेको छ । गृह मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सूचनामार्फत राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम संस्थालाई निलम्बन गरिएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार एन प्याब्सनले सरकारबाट जारी विभिन्न निर्देशनको […] ...


