Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/क्यालिफोर्नियामा अर्बपतिमाथि पाँच प्रतिशत सम्पत्ति कर लगाउने प्रस्तावमा मतदान हुने

क्यालिफोर्नियामा अर्बपतिमाथि पाँच प्रतिशत सम्पत्ति कर लगाउने प्रस्तावमा मतदान हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
क्यालिफोर्नियामा अर्बपतिमाथि पाँच प्रतिशत सम्पत्ति कर लगाउने प्रस्तावमा मतदान हुने

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा अर्बपतिहरूको कुल सम्पत्तिमा एकपटक पाँच प्रतिशत कर लगाउने प्रस्तावमाथि मतदाताले निर्णय गर्ने भएका छन् । प्रस्ताव पारित भएमा सङ्कलित रकम स्वास्थ्य सेवामा सुधार गर्न र सरकारी बजेटको अभाव पूर्ति गर्न प्रयोग गरिनेछ । नोभेम्बर ३ मा मतदान भएपछि सो प्रस्ताव पारित भएमा आगामी जनवरी १ मा क्यालिफोर्नियाका बासिन्दा रहेका र कम्तीमा एक अर्ब अमेरिकी डलर सम्पत्ति भएका व्यक्तिमाथि कर लगाइनेछ । यसबाट करिब एक खर्ब अमेरिकी डलर उठाउने लक्ष्य राखिएको छ । सङ्घीय सरकारबाट स्वास्थ्य सेवामा हुने आर्थिक सहयोग कटौती भएपछि त्यसको असर कम गर्न यो प्रस्ताव ल्याइएको समर्थकहरूको भनाइ छ । प्रस्तावको समर्थन गर्नेहरूले अर्बपतिहरूले पनि आफ्नो क्षमताअनुसार कर तिर्नुपर्ने र बढ्दो आर्थिक असमानता घटाउन यसले सहयोग गर्ने बताएका छन् । बर्नी स्यान्डर्स र प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले पनि प्रस्तावप्रति समर्थन जनाएका छन् । तर, प्रस्तावको विरोध गर्नेहरूले यसले धनी व्यवसायी तथा लगानीकर्तालाई अन्य राज्यमा पलायन हुन प्रोत्साहित गर्ने र त्यसबाट राज्यको आम्दानी तथा रोजगारीमा असर पर्ने बताएका छन् । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसम पनि प्रस्तावको विपक्षमा छन् । सम्पत्ति करको प्रस्तावपछि गुगलका सहसंस्थापक ल्यारी पेज र सर्गेई ब्रिनसहित केही अर्बपतिले क्यालिफोर्निया छाडेको विवरण सार्वजनिक भएको छ । मेटाका प्रमुख मार्क जुकरबर्गले पनि आफ्नो मुख्य निवास अन्यत्र सार्ने विषयमा विचार गरेको बताइएको छ । लस एन्जलस टाइम्स र बर्कले इन्स्टिच्युट अफ गभर्मेन्टल स्टडिजले सार्वजनिक गरेको सर्वेक्षणअनुसार सेप्टेम्बरमा ४५ प्रतिशत सम्भावित मतदाता प्रस्तावको पक्षमा, ४२ प्रतिशत विपक्षमा र १३ प्रतिशत अनिर्णीत थिए । प्रस्ताव पारित हुन राज्यका बहुमत मतदाताको समर्थन आवश्यक पर्नेछ । The post क्यालिफोर्नियामा अर्बपतिमाथि पाँच प्रतिशत सम्पत्ति कर लगाउने प्रस्तावमा मतदान हुने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

नेपालभर बुधबारदेखि वर्षा हुने, दुई सय मिलिमिटरसम्म पानी पर्न सक्ने
ताजा खबरJust now

नेपालभर बुधबारदेखि वर्षा हुने, दुई सय मिलिमिटरसम्म पानी पर्न सक्ने

चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद्हरूले चेतावनी दिएका छन् । ...

हाम्राकुरा
म्याग्दीका पशुगोठ बेँसी झर्न थाले
ताजा खबरJust now

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी । म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन् । शरद्यामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खायाममा हिमालको फेदीमा पुगेका गाईभैँसी, भेँडाबाख्राका गोठ गाउँ नजिकैका खर्कमा झार्न थालेका हुन् । पशुका लागि पोषिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईवस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ । धौलागिरि गाउँपालिका–१ गुर्जाका हर्कवीर विकले फागुनेको बुकीमा तीन महिना घाँस खुवाएपछि गाउँ नजिकै ...

केन्द्रबिन्दु
तिर्पामा विद्यालयको लाइब्रेरी स्थापनाका लागि सांगीतिक कार्यक्रम
ताजा खबरJust now

तिर्पामा विद्यालयको लाइब्रेरी स्थापनाका लागि सांगीतिक कार्यक्रम

दसैंको अवसरमा जुटेको समुदायले पुस्तक, कम्प्युटर र सहयोग संकलन गर्दै विद्यालयमा लाइब्रेरी स्थापना अभियानलाई थप बल दिएको छ। ...

कान्तिपुर
कांग्रेसमा महिला प्रतिनिधित्व ३० प्रतिशत पनि पुगेन, एक तिहाइ पुर्‍याउन ३० जना मनोनीत गर्नुपर्ने
ताजा खबरJust now

कांग्रेसमा महिला प्रतिनिधित्व ३० प्रतिशत पनि पुगेन, एक तिहाइ पुर्‍याउन ३० जना मनोनीत गर्नुपर्ने

तीन पदाधिकारी र ६६ जना केन्द्रीय सदस्यमा निर्वाचित भए पनि आरक्षित सिटबाहेकका पदमा भने महिलाले जित्न सकेनन् । २ सय ३१ पदका लागि भएको निर्वाचनमा निर्वाचित महिलाको संख्या २९ दशमलव ८७ प्रतिशत मात्रै छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play