Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/क्यानडाबाट अलग हुने प्रस्ताव अल्बर्टाका ७६ प्रतिशत मतदाताद्वारा अस्वीकृत

क्यानडाबाट अलग हुने प्रस्ताव अल्बर्टाका ७६ प्रतिशत मतदाताद्वारा अस्वीकृत

10/21/2026, 2:56:42 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
क्यानडाबाट अलग हुने प्रस्ताव अल्बर्टाका ७६ प्रतिशत मतदाताद्वारा अस्वीकृत

काठमाडौँ । क्यानडाको तेलसम्पन्न प्रान्त अल्बर्टाका ७६ प्रतिशत मतदाताले क्यानडासँगै रहने पक्षमा मत दिएका छन् । प्रान्तलाई क्यानडाबाट अलग गर्ने प्रक्रियातर्फ अघि बढाउने प्रस्तावलाई उनीहरूले अस्वीकार गरेका हुन् । १० लाखभन्दा बढी मत गणना हुँदा करिब ७६ प्रतिशतले क्यानडासँगै रहने पक्षमा र २३ प्रतिशतले अलग हुने विषयमा बाध्यकारी जनमतसङ्ग्रह गराउने प्रक्रिया सुरु गर्ने पक्षमा मत दिएका थिए । यो मतदान क्यानडाबाट स्वतन्त्र हुने विषयमा प्रत्यक्ष जनमतसङ्ग्रह भने थिएन । प्रस्ताव पारित भएको भए भविष्यमा अलग हुने वा नहुने विषयमा जनमतसङ्ग्रह गराउने प्रक्रिया अघि बढ्न सक्थ्यो । अल्बर्टामा विश्वको चौथो ठूलो तेल भण्डार रहेको छ। यो प्रान्त क्यानडाको सङ्घीय सरकारप्रति असन्तुष्टि राख्ने र परम्परागत रूपमा रूढिवादी राजनीतिक प्रभाव भएको क्षेत्रका रूपमा चिनिन्छ । तर, विगतमा त्यस्तो असन्तुष्टि स्वतन्त्रताका लागि व्यापक समर्थनमा परिणत भएको थिएन । मतदानमा आप्रवासन र संवैधानिक परिवर्तनसम्बन्धी अन्य नौ प्रश्न पनि समावेश थिए । क्यानडाको सार्वजनिक प्रसारण संस्था सीबीसीका अनुसार मतदानका सबै १० प्रश्न गैरबाध्यकारी थिए । त्यसैले प्राप्त नतिजाअनुसार प्रान्तीय सरकारले कानुनी रूपमा निर्णय कार्यान्वयन गर्नुपर्ने बाध्यता छैन ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

यस वर्ष दसैँकाे उत्तम साइत १०:२६ बजे
ताजा खबरJust now

यस वर्ष दसैँकाे उत्तम साइत १०:२६ बजे

काठमाडौँ । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान ०८ः४९ बजे देवी विसर्जन... ...

रातोपाटी
आज विजयादशमी : कुन दिशा फर्केर लगाउने टीका ? यस्तो छ शुभ साइत र धार्मिक विधि
ताजा खबरJust now

आज विजयादशमी : कुन दिशा फर्केर लगाउने टीका ? यस्तो छ शुभ साइत र धार्मिक विधि

काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका र समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरी हर्षोल्लासका साथ मनाइँदै छ ।... ...

रातोपाटी
दसैँले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ : सभामुख अर्याल
ताजा खबरJust now

दसैँले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ : सभामुख अर्याल

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले दसैँ जस्ता चाडपर्वले नेपालीहरूबिच पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत र सशक्त बनाई विविधताबिचको सौहार्द एकतालाई मूर्त रूप प्रदान गर्ने बताएका... ...

रातोपाटी
फिल फोडेनको ह्याट्रिकमा म्यानचेस्टर सिटीको ५-१ को फराकिलो जित
ताजा खबरJust now

फिल फोडेनको ह्याट्रिकमा म्यानचेस्टर सिटीको ५-१ को फराकिलो जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा इङ्लिस क्लब म्यानचेस्टर सिटीले ग्रिक क्लब एईकेमाथि ५-१ गोलको फराकिलो जित निकालेको छ । सिटीको प्रभावशाली जितमा फिल फोडेनले शानदार ह्याट्रिक प्रहार... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play